Connect with us
Advertisement

सुन्दरहरैंचामा रहेका ४ ओटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन

Published

on

सुन्दरहरैंचामा गठन भएको कोभिड १९ जोखिम पत्रकारिता समूहले नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । बुधबार माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा रहेका ४ ओटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेको हो ।
स्वास्थ्य शाखाका प्रमुख मचिन्द्र बस्नेतसहित गएको टोलीले सुन्दरपुर, दुलारी, मृगौलिया, इन्द्रपुर स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र हरैंचाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बिरामीहरु लकडाउनका कारण दैनिक ३० देखि ३५ जनाको हाराहारीमा आउने गरेको पाइएको छ । लकडाउन शुरु हुनुभन्दा अगाडि भने यो संख्या दोब्बर रहेको थियो । अहिले सबै स्वास्थ्य संस्थामा बिदाको दिन पनि सेवा प्रवाह गरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । सरकारले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री पुर्याएको भनिए पनि केही सामग्री भने नभएको पाइएको छ । स्वास्थ्यकर्मीलाई दैनिक चाहिने मास्क, पञ्जा र पीपीई पर्याप्त नभएकाले जटिल खालका बिरामीलाई हेर्दा मात्र पीपीई सेट लगाउने गरेको पाइएको छ । यस्तै केही अत्यावश्यक औषधि समेत नभएको भेटियो ।

प्राथमिक स्वास्थ्य केन्द्र हरैंचा


बर्थिङ सेन्टर, ओपिडी, खोप सेवा, परिवार नियोजनको सेवा सञ्चालन गर्दै आएको प्राथमिक स्वास्थ्य केन्द्र हरंैचामा लकडाउनको समयमा दैनिक ३५ देखि ४५ जनासम्म बिरामी आउने गरेको सीएम अधिकृत देवजी यादवले बताए । यसैगरी धेरै बिरामी मौसमी ज्वरो, रुघाखोकी, छाला रोग र गर्भवती सेवासम्बन्धी सेवा लिन आउने गरेको उनले बताए । कोरोनाको महामारी देखा परेपछि सरकारले यसको रोकथामका लागि लकडाउन गरे यता नागरिकहरुमा सचेतना बढेको, नागरिकहरु पनि आफैँ अतर्क हुन थालेको, साबुनपानीले हात धुने बानीको विकास भएको र यसले गर्दा अन्य रोगको संक्रमण हुने अवस्थामा कमी आएको यादव बताउँछन् ।
२० जना कर्मचारी रहेको स्वास्थ्य संस्थामा पीपीई सेट पर्याप्त नभएकाले जटिल प्रकारका बिरामीलाई हेर्दा मात्र त्यो प्रयोगमा ल्याउने गरको समेत उनी बताउँछन् । यस्तै विदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य संस्थाले निगरानीमा राखिरहेको जनाएका छन् । महिला स्वयम् सेविकाहरुलाई विदेशबाट आउने व्यक्तिको परिवारसँग सम्पर्कमा रहन भनिएको र कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गर्ने उनको भनाइ छ ।
यति भनिरहँदा उनी भन्छन् अहिलेको अवस्थामा झाडापखाला लाग्दा खाने जीवनजल भने पर्याप्त छ ।

इन्द्रपुर स्वास्थ्य चौकी


यस कार्यालयमा हामी पुग्दा स्वास्थ्यकर्मीहरु बाहिर डेक्स राखेर सेवा प्रवाह गरिरहेका थिए । उनीहरु कसैले पनि पीपीई सेट भने प्रयोग गरेको देखिएन । शुरुमा हाम्रो प्रश्न यही रह्यो खै पीपीई सेट लगाउनुभएन ? यति भन्नासाथ स्वास्थ संस्थाका प्रमुख लीला दाहालले यो क्षेत्रमा कसैलाई कोरोना देखा नपरेको र अहिलेभन्दा पछिका दिनमा जटिल अवस्था देखा परे लगाउन चाहिने भएकाले प्रयोग नगरेको बताए । यति भन्दै उनी थप्छन् ‘हामीले बिरामीको अवस्था हेरेर लकडान शुरु भए यता कुनै बिरामीलाई अन्य क्षेत्रमा रेफर गरेका छैनौँ । सबै खालको चेकजाँच गरेर पठाउने गरेका छौँ । पहिलो चरणमा आउने बिरामीलाई साबुन पानीले हात धुन लगाउने र सेनिटाइजर प्रयोग गरेपछि हेड गनले ज्वरो चेक गर्ने गरेको उनले बताए ।

यसैगरी, औषधिको कुनै अभाव नभएको जनाएका छन् । यो समयमा २० देखि २५ जनाको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । लकडाउनभन्दा अघि भने ६० देखि ७० जना सम्म बिरामी आउने गरेको उनी बताउँछन् । लकडाउनमा जटिल प्रकारका औषधीलाई बिरामीको पहुँचमा पुर्याउन टिभीका बिरामीलाई १ महिनाको, गर्भवती महिलालाई २ महिनाको र परिवार नियोजनका साधन ३ महिनालाई पुग्ने गरी दिएर पठाउने गरेकाले बिरामीको चापमा कमी आएको बताए । हाल यस कार्यालयमा १० जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् ।

मृगौलिया स्वास्थ्य चौकी

वडा नम्बर २ मा रहेको यो स्वास्थ्य चौकीमा हामी पुग्दा २ जना महिलाहरुले ल्याएका बच्चाको स्वास्थ्य परीक्षण गरिरहेका थिए । जसमा एक जना महिला स्वास्थ्यकर्मीले पीपीई सेट लगाएर बिरामीलाई केही भनिरहेकी थिइन् ।
त्यसपछि मृगौलिया स्वास्थ्य चौकी प्रमुख माधव रेग्मीसँग हामीले स्वास्थ्य अवस्थाका बारेमा केही प्रश्न गर्यौँ । प्रमुख रेग्मीले लकडाउनको समयभन्दा अगाडि ५० देखि ६० जनाको स्वास्थ्य परीक्षण गर्ने गरेको र हाल भने त्यो संख्या घटेर ३० देखि ३५ मा सीमित रहेको बताए । यसैगरी उनले यो संस्थामा प्रयोगशाला सेवा उपलब्ध नभएको र प्रयोगशालाका लागि सामग्री खरिद गरे पनि सञ्चालन गर्न जनशक्ति नभएकै कारण सुचारु गर्न नसकेको गुनासो गरे ।

प्रयोगशालाका लागि ६ महिनाअघि ल्याइएको केमिकलसमेत प्रयोग नभई नष्ट हुने अवस्था आएको उनले बताए । अन्य सबै सेवाहरु सञ्चालन गरिरहेको समेत बताए । लामो समयसंम्म औषधि सेवन गर्ने खालका बिरामीले भने १ महिना पुग्ने गरी लैजाने गरेको उनी बताउँछन् । स्वास्थ्य सामग्री पर्याप्त नभएको र भएका सामानलाई जतनका साथ दुःखसुख काम चलाइरहेको उनले बताए । बैशाख महिनामा खोप सेवा संचालन गर्न नसकेको र यसलाई जेठ ६ गते देखि सञ्चालन गर्ने तयारी भएको पनि उनले बताए । दूरी कायम गरी दैनिक ३० जनालाई खोप लगाउने उनले बताए ।

दुलारी स्वास्थ्य चौकी

यो कार्यालयमा हामी प्रवेश गर्नासाथ युनिसा दाहाल १ महिनाको नानी काखमा च्यापेर स्वास्थ्य चौकीको गेटभित्र प्रवेश गरिन् । गेट नजिकै राखिएको साबुनपानीले नानी बोक्दा असहज भए पनि हात धुन हिच्किचाइनन् । यसले नागरिक केही सचेत भएको प्रष्ट देख्न सकिन्थ्यो । यसपछि हामीले दुलारी स्वास्थ्य चौकीका प्रमुख बाबुराम आचार्यलाई कसरी सेवा प्रवाह गर्नुभएको छ, लकडाउनको समयमा कति बिरामी आउँछन्जस्ता प्रश्न गर्याँै ।

उनले दैनिक ३० देखि ४० जना जतिको स्वास्थ्य परीक्षण गर्दै आएको बताए । उनीहरु टिबीको औषधी, परिवार नियोजनका साधन लिन आउने सहतिका नागरिक हुन् । यो संस्था पनि अन्यजस्तै शनिबार पनि खुला हुने गरेको छ । यो संस्थामा पीपीई सेट लगाएर स्वास्थ्य परीक्षण गरेको देखिएको छ । स्वास्थ्य संस्थाबाट सम्भव हुने सबै प्रकारका बिरामीको उपचार गर्ने गरेको प्रमुख आचार्यले बताए ।
शुरुका दिनमा पालैपालो बसेर सेवा लिन आउनुहोस् भन्दा अप्ठारो मान्ने अवस्था भए पनि अहिले आएर सबै सचेत भएको र कसैले कसैलाई छुन नहुने भन्ने बुझेकाले यो रोग फैलन नागरिक पनि सचेत देखिएको उनले बताए ।

सुन्दरपुर स्वास्थ्य चौकी
कोभिड १९ जोखिम पत्रकारको टोली यो कार्यालयमा पुग्यो । मकैबारीभित्र लुकेको स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीहरु बिरामी आउलान् कि भनेर परीक्षण गर्न पिपीई सेट लगाएर तयारी अवस्थामा थिए । यहाँबाट पनि सबै सेवा प्रवाह गरिरहेको पाइएको छ ।

स्वास्थ्यकर्मी देवी न्यौपानेका अनुसार अहिले १५ दिनदेखि थर्मल गनबाट ज्वरो चेक गर्न थालिएको छ । अन्य स्वास्थ्य चौकीबाट प्रवाह हुने जस्तै सेवामा कुनै कमी हुन नदिन बिदाको दिनमा समेत काममा खटिएको उनले बताइन् । लकडाउनको समयमा यस संस्थमा पनि बिरामीको चाप कम भएको उनको भनाइ थियो ।

मचिन्द्र बस्नेत, स्वास्थ्य शाखा प्रमुख, सुन्दरहरैंचा

स्वास्थ्य शाखा प्रमुख बस्नेतले अहिले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री वितरण गरेको बताए । यसैगरी लकडाउनको समयमा प्रत्येक दिन सेवा प्रवाह गर्न भनिएको र त्यो भइरहेको बताए । विदेश वा अन्य क्षेत्रबाट आएका व्यक्तिको लगत संकलनका लागि महिला स्वयम्सेविकालाई खटाइएको बताए । अहिलेसम्म विदेशबाट आएका महिला १ सय ३१ जना, पुरुष ३ सय ५१ जना गरी कुल ४ सय ८२ जना रहेको उनले बताए । यसैगरी, नेपालको अन्य क्षेत्रबाट यो नगरपालिकामा आउनेको संख्या २ सय ४२ जना रहेको छ । ४ सय ६३ जनालाई घरमै बस्न अनुरोध गरिएको र उनीहरुलाई स्वास्थ्य परामर्श दिएर स्वास्थ्यकर्मीको निगरानीमा राखेको उनले बताए । यसमध्ये १९ जनालाई क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । २३ गते सम्ममा जम्मा १ सय ४१ जनाको आरडीटी परीक्षण गरिएको र सबैको नेगेटिभ आएको समेत स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए । आरडीटी परीक्षणले मात्र संक्रमणको बारेमा जान्न पर्याप्त नभएकाले पीसीआर गर्नुपर्ने भए पनि पीसीआर परीक्षण गर्ने कीट प्रदेशमा कम भएकाले परीक्षण गर्न असहज भएको उनले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।

सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।

विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।

कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।

सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।

विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।

सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।

उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।

धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।

सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

Continue Reading

Banner

नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी

Published

on

By

नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशनबाट अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी भएका छन्। हिजो विराटचोकमा शुरु भएको दोश्रो अधिवेशनमा सहमतिको अन्तिम प्रयास गर्दा पनि सर्बसम्मत हुन नसकेपछि आज अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि निर्वाचन भएको हो। अध्यक्षमा विजयी ढकालले १५७ मत प्राप्त गरेभने अर्का अध्यक्षका प्रत्याशी हेमराज सुबेदीले ११५ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा दुर्गा निरौलाले १६४ मत प्राप्त गर्दै विजय भैंइन प्रत्याशी अम्बिका दाहालले १०० मत प्राप्त गरिन ,त्यस्तै सचिवमा दावा तामांग १४९ मत सहित बिजयी भए भने प्रत्याशी बिशाल गुरागाईंले १२१ मत प्राप्त गरे , सहसचिवमा खगेन्द्र पन्धाक १६५ मत र राजेन्द्र धमला १२६ मत सहित बिजयी भएका छन् ।


Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending