खेलकुद
बुढासुब्बा प्रमोसन कपमा धरान फुटबल क्लब र धरान उपमहानगर फाइनलमा भिड्ने
धरानः अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको प्रबद्र्धनको लागि आयोजना गरिँदै आएको बुढासुब्बा प्रमोसन कप चौथो संस्करणको फाइनलमा धरान फुटबल क्लब र धरान उपमहानगरपालिका भिड्ने भएका छन् ।
बिहीबार धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा धरान फुटबल क्लबले उद्योग वाणिज्य सङ्घ सुनसरीलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यसअघि नै धरान उमपहानगरपालिका वराह ज्वेलरी धरानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको थियो ।
बिहीबार भएको खेलमा धरान फुटबल क्लबका तर्फबाट जनक सुनुवार एक्लैले ४ गोल गरे भने लक्ष्मण राईले थप एक गोल गरेका थिए । उद्योग वाणिज्य सङ्घको तर्फबाट सन्तोष लिम्बूले २ गोल गरे भने अमर राईले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच उद्योग वाणिज्य सङ्घका सन्तोष लिम्बू घोषित हुँदै मेडल र नगद ५ सय पुरस्कार जिते ।
प्रबद्र्धन कप विजेता टिमले ३० हजार नगद र उपविजेता टिमले १५ हजार नगद पुरस्कार जित्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए । उनका अनुसार प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार र विधागत उत्कृट खेलाडीलाई जनही २ हजारका दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा बेष्ट स्ट्राइकर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट मिडफिल्डलाई पुरस्कृत गरिनेछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यस वर्षदेखि मोफसलमा आयोजना हुने प्रतियोगिताको लागि नियमावली बनाएर प्रतियोगिता अयोजना गर्ने मिति तोकिदिएपछि बुढासुब्बा गोल्डकप मंसिर १९ गतेदेखि हुन लागेको छ । एन्फाले क्यालेण्डर सार्वजनिक गरेसँगै गोल्डकपको आयोजनाको तयारीमा धरान फुटबल क्लब लागिसकेको क्लबका महासचिव प्रताप तामाङले बताएका छन् ।
Facebook Comment
Banner
सुन्दरहरैँचा मेयर कपको उपधी आयोजक सुन्दरहरैँचा नगरपालिकाले जित्यो

सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुमेको छ । शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं.१ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाको फुटबल टिमलाई हराउँदै सुन्दरहरैँचाले उपाधि हात पारेको हो ।
सुन्दरहरैँचाले पथरीशनिश्चरेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको ११ मिनेटमा पथरीशनिश्चरेका जर्सी नं.१० का नीरज परियारले गोल गरे । तर सुन्दरहरैँचाका जर्सी नं.१२ का खेलाडी आसिस वनले ३१ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुराए । लगतै पहिलो गोल गरेको ३ मिनेट नपुग्दै जर्सी नं.१३ का खेलाडी पूजन चौधरीले गोल गोल गरे ।
चौधरीको गोल नै निर्णायक बन्न पुग्यो । र सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले नै हात पार्न सफल भयो । विजेता टिमले रु.४ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले रु.२ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । साथमा दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको मेन अफ द म्याच सुन्दरहरैँचाका खेलाडी पूजन चौधरी घोषित भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् । वेस्ट फरवाड पथरीशनिश्चरेका खेलाडी सौर्य रावत, सुन्दरहरैँचाका विवश गुरुङ वेस्ट मीड फिलडर, वेस्ट गोल किपर रोशन कार्की, सर्वाधिक गोलकर्ता पूजन चौधरी, वेस्ट डिफेन्डर विजय राई घोषित भएका छन् । उनीहरूले जनही रु.५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
मेन अफ द सिरिज सुन्दरहरैँचाका खेलाडी सुजन चौधरी घोषित भएका छन् । उनले रु.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता सुन्दरहरैँचा खेलकुद विकास समितिका सदस्य सचिव खड्क बहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको हो ।
कोशी न्युजबाट साभार
Banner
अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल
आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भएको हो ।
मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर बिहानैदेखि वर्षा भएपछि खेल हुन सकेन । वर्षा रोकिए पनि मैदान चिसो भएका कारण खेल रद्द गरिएको हो ।
खेल रद्द भएसँगै नेपालले यू-१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ । आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्न नेपाललाई अवसर थियो ।
पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो । आईसीसी यू-१९ विश्वकप आगामी वर्ष जिम्बावेमा हुँदै छ ।
Banner
तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।
सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login