Connect with us
Advertisement

बाराका पत्रकारमा पनि कोरोना संक्रमण

Published

on

बाराः बारामा पनि १ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । बारामा आज थपिएका कोरोना संक्रमित युुवा पत्रकार भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेका बारा करैयामाईका संक्रमित पत्रकार भएको खुलेको हो । उनीसहित नेपालमा ५ पत्रकार संक्रमित भएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सप्तरीमा गोदाम घरमा प्रहरीको छापा, २४ क्विन्टल गाँजा बरामद

Published

on

By

सप्तरी प्रहरीले राजविराज नगरपालिका–९ मलेठबाट ठूलो मात्रामा लागूऔषध गाँजा र अन्य अवैध सामान बरामद गरेको छ।

सोमबार प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको हो

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मारेको थियो ।

गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको अवस्थामा गोदामको कम्पाउन्डभित्र दुई ट्रकमा पल्टी गरिएका १४२ कार्टुन स्याउ समेत बरामद भएको छ ।

Continue Reading

Banner

विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

Published

on

By

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्।

मधेश प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिए। केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथोपटक लिन लागेको विश्वासको मत हो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ।

१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ।

Continue Reading

Banner

महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालयको स्थापना

Published

on

By

जलेश्वरः जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमलाई मंसिर ५ गतेबाट सञ्चालनमा ल्याएको छ ।

विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताको बुँदा नम्बर २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव–प्रवर्तनीय कार्य ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् ।

पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुवै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए ।

हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका मल्लले यसअघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा ‘हिरासतमा पुस्तकालय’ अभियान स्थापना गराएका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending