Connect with us
Advertisement

विराटनगरका औषधी व्यवसायीको हत्यामा पत्नी र पत्नीका प्रेमीसहित ३ जना संलग्न

Published

on

विराटनगरः विराटनगरका औषधी व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या उनकै पत्नी र पत्नीका प्रेमीको संलग्नतामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

आज जिल्ला प्रहरी कार्यालय मोरङले भर्चुअल प्रेस मिट आयोजना गरी श्रीमती मीना श्रेष्ठ दुलालकै योजनाअनुसार दुलालको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानले श्रीमती श्रेष्ठले अरु २ जना युवकको साथ लिएर श्रीमान्को हत्या गरेको पाइएको बताए ।

घटनामा संलग्न श्रेष्ठसहित सिरहाको लहान नगरपालिका वडा नम्बर १० घर भई विराटनगर ४ को बुढाथोकी फार्मेसीमा कार्यरत २१ वर्षीय ब्रह्मदेव साह र इटहरी नगरपालिका वडा नम्बर १२ बस्ने २० वर्षीय सोनु साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतक दुलालले ३ गते राति आफ्नो दुई २ जना साथीलाई खानपिनका लागि घरमै बोलाएका थिए । खानपिन सकिएपछि दुलाल बेडरुममा सुत्न गएपछि पत्नी मीनाले २ युवालाई बोलाई हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । त्यसपछि सर्जिकल पञ्जा लगाई डोरीले घाँटी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

२ जना सहयोगी गएपछि बेलुका खानपिनका लागि आएकामध्ये १ जनालाई मीनाले नै टेलिफोन गरी श्रीमान् एक्कासी अचेत भएको भन्दै एम्बुलेन्स बोलाउन अनुरोध गरेकी थिइन्् । उनलाई गोल्डेन अस्पताल लगिए पनि शंकास्पद अवस्था देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

हत्यामा संलग्न ब्रम्हदेव पहिले मृतक दुलालले सञ्चालन गरेको पाथीभरा फर्मामा काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पछि मृतक दुलालले उनलाई कामबाट निकालेको बताइएको छ ।

मीना र देवीप्रसादबीच १० वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।

इटहरीका औषधी व्यवसायीको विराटनगरमा शंकास्पद मृत्यु

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

Published

on

By

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

Continue Reading

Banner

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति

Published

on

By

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा  प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडाैंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।

Continue Reading

Banner

त्रिविमा प्राध्यापक कुटपिटमा संलग्न रावल पक्राउ

Published

on

By

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।

तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको थियो ।

 

काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन्

ज्यान मार्ने उद्योगको कसुरमा अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

त्यसबेला अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।

रावल पनि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका हुन् । उनी आफूलाई त्रिवि नेविसंघको विद्यार्थी नेताका रुपमा चिनाउँथे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending