मुख्य
कपिलवस्तुमा ४ जनामा कोरोना संक्रमण, चारै जना भारतको मुम्बईबाट आएका थिए
बुटवलः कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का १ जना पुरुषमा कोरोना संक्रमण पाइएको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बसेका थिए ।
क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।
Facebook Comment
Banner
अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर
विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।
एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।
एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Banner
कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने
नेपाली कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ। १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिइसकेका छन्। न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै आज उम्मेदवारी फिर्ता लिएका हुन्। अब शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ। कांग्रेसले कागजकै मतपत्र बनाएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ। कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ। मत खसाल्ने ठाउँ २९ वटा छ। करिब १० घन्टामा मत खसालेर सक्ने अनुमान छ।
कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताए।
‘
Banner
उद्योग वाणिज्य, जेसीज र लायन्सद्वारा शुभकामना आदानप्रदान
विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेका सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज र लायन्स क्लब अफ इन्द्रपुरले शुभ दीपावली तथा छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले राजनीतिक पार्टीका अधिवेशन सकिएर चलयमान र सक्रियता बढ्न थालेकाले यसले समाज निर्माणमा टेवा पुग्ने बताए । यस क्षेत्रको राजनीति संस्कारयुक्त रहेको बताउँदै उनले फरक आस्था भए पनि विकास निर्माण, सामाजिक कार्य, विपद व्यवस्थापनमा राजनीतिक शक्ति एक हुनाले स्थानीय सरकार सञ्चालनमा सहयोग पुगेको बताए ।
आफ्नो कार्यकाल छोटिँदै गएकाले सोचेजति काम गर्न नसकिए पनि भए गरेका काम ईमानदारीका साथ हुने उनले बताए । बेमौसमी वर्षाका कारण आएको बाढीले धान खेतीसँगै विकास निर्माणमा ठूलो क्षति पुर्याएकाले यस विषयमा प्रारम्भिक चरणको क्षतिको विवरण लिइसकिएको र केही दिन पछि बस्ने कार्यपालिकाले सो विषयमा निर्णय गर्ने बताए ।
कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरदुलारी उद्योग वाणिज्य संघ र कोशीहरुैंचा उद्योग वाणिज्य संघलाई समायोजन गरी एउटै वाणिज्य संघ बनाउन नवनिर्वाचित पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउँदै आफूले पनि यस विषयमा घनीभूत तयारी गरिरहेको बताए । कोभिड १९ व्यवस्थापनमा वाणिज्य संघ, जेसीज र लायन्स क्लब लगायतका संस्थाले खेलेको भूमिका प्रति ढकालले प्रशंसा व्यक्त गरे ।
नेकपा एमाले सुन्दरहरैंचाका नवनिर्वाचित अध्यक्ष मातृकाप्रसाद ढकालले पार्टीले साझा धारणा बनाएर अघि बढ्ने बताए । एमालेले हातमा हात मिलाएर सुन्दरहरैंचाको सामाजिक, आर्थिक र विकास निर्माणको श्रीवृद्धिका लागि मिलेर जाने बताए ।
यस्तै, नेपाली काङ्ग्रेस सुन्दरहरैंचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले जिल्लाकै ऐतिहासिक बजारमा कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदैै राजनीतिक दललाई एकै ठाउँमा राखेर भव्य कार्यक्रम हुनाले पछिल्लो समय बिग्रँदो राजनीतिलाई यसले एकताको सन्देश दिएको बताए ।
शुक्रबार वडा नम्बर १ हरैंचामा रहेको हात्तीसार खेलमैदानमा आयोजित कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, नेकपा एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुशान्त भट्टराई, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्यसहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नगर सचिव दिलीप थापाले हरैचा ऐतिहासिक क्षेत्र भएकाले यस ठाउँलाई चिनाउन यस क्षेत्रको खोज अनुसन्धानमा लाग्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा आयोजक संस्था वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, लायन्स क्लबका अध्यक्ष रोहित शाह लगायत उपस्थित रहेका थिए ।
यसैबीच नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले सञ्चालन गरेका थिए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने







You must be logged in to post a comment Login