Connect with us
Advertisement

बाँके दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत

Published

on

नेपालगञ्जः बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउवीर बिक, बुद्धिराम बिक, भीबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् ।

ज्यान गुमाउनेहरु सल्यान, रोल्पा र दाङका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापाले दुर्घटनाको विषयमा छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । दुर्घटनाका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बाँकेमा भएको विस्फोटमा पूर्वपश्चिम राजमार्गमा क्षति

Published

on

By

नेपालगञ्जः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट हुँदा पूर्वपश्चिम राजमार्ग भत्किएको छ ।

आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुन सक्ने अनुमान गरेको थियो । प्रहरीका अनुसार विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो फेला परेको थियो ।

सडकमा पुगेको क्षतिका कारण केही समय एकतर्फी रुपमा सवारी साधन सञ्चालन भएको सो स्थानमा अहिले विस्फोट भएको स्थानको खाडल पुरेर दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

मधेस, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

Published

on

By

विराटचोकः आज मधेस, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरीको सम्भावना पनि रहेको छ ।

भारी वर्षाका कारण ती प्रदेशको जनजीवन प्रभावित हुन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

लुम्बिनीसँग पराजित गण्डकी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली

Published

on

By

काठमाडौंः यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । लुम्बिनी प्रदेशले लगातार दोस्रो जीत हात पार्ने क्रममा गण्डकीलाई ४ विकेटले पराजित गरेको छ ।

मौसमका कारण सोमबार केही ढिलो मूलपानी क्रिकेट मैदानमा भएको खेल ४० ओभरमा घटाइएको थियो । खेलमा गण्डकीले दिएको १ सय ६२ रनको लक्ष्य लुम्बिनीले ४ बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।

लुम्बिनीका लागि विशाल भुषालले अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आकाश त्रिपाठीले ४५ तथा प्रज्वल थापाले २४ रन बनाए । देव खनालले १५ रन जोड्दा सुनिल भण्डारीले १२ रन जोडे ।

गण्डकीका लागि किरण भट्टराई र सुदीप अर्यालले समान २२ विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ३६.३ ओभरमा अलआउट हुदै १ सय ६१ रन बनाएको थियो । गण्डकीका लागि सुदीप अर्यालले २० बलमा ३६ रनको योगदान गरेका थिए ।

दीपक डुम्रेले ४६ बलमा ३० रन जोड्दा करन पंगेनीले ५३ बलमा २९ रन जोडे । शिशिर भुषालले अविजित १२ तथा गोविन्द विकले १० रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ५ तथा निर्मल गुरुङले ३ विकेट लिए ।

लुम्बिनी २ खेलमा १ जीत तथा १ हारका साथ २ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । चार खेलमा खेलमा अंकविहीन गण्डकी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending