Connect with us
Advertisement

प्रदेश १ मा ८ लाख २१ हजारले गरे स्वास्थ्य बीमा

Published

on

 विराटचाेक : नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रमले देशका प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारमा गुणस्तरीय, सरल र सहज पहँुच पु¥याउने उदेश्यले ल्याएको हो । यो कार्यक्रम योगदान र सामाजिक साझेदारीमा आधारीत छ ।
यसले हाल स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइहेको व्यक्तिगत तथा पारिवारिक खर्चलाई घटाउने लक्ष्यका साथ पहिलो पटक २०७२ चैत्र २५गते कैलाली जिल्लाबाट सुरु भएको हो । त्यस पछि २०७३ असार १५ मा बाग्लुङ, इलाममा सुरुवात भएसंगै हाल ५७ जिल्लामा सञ्चालित छ । यस कार्यक्रममा हाल सम्म देशका २८ लाख ६६ हजार ८८ जना बिमित भएका छन् ।

जस मध्ये प्रदेश नं. १ अन्तर्गत झापामा ३ लाख ३३ हजार ७६ जना, सुनसरीमा २ लाख १४ हजार ८ सय ६२ , मोरङमा १ लाख ६ हजार ७२, इलाममा ८३ हजार ७ सय ५७, खोटाङमा ३१ हजार ९ सय ७४, भोजपुर २३ हजार ७ सय ४१, संखुवासभामा १३ हजार १ सय ४६, ओखलढुंगामा ८ हजार ५ सय ७२, सोलखम्बुमा ६ हजार १ सय ६६ र तेह्रथुममा ४ सय ७६ गरी जम्मा प्रदेश नं. १ का १० जिल्लाका ८ लाख २१ हजार ८ सय ३६ जना सहभागी भएको स्वास्थ्य बीमा १ नं. प्रदेश संयोजक दुर्गाप्रसाद आचार्यले बताएका छन् ।

प्रदेश नं. १ बाट सरकारी तथा गैरसरकारी गरी ८७ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाहरु रहेका छन् । जस मध्ये २५ वटा सरकारी अस्पताल, ३७ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १७ वटा नीजि अस्पताल र ८ वटा आँखा अस्पतालहरु बाट सेवा लिन सकिने संयोजक आचार्यले बताएका छन् ।
यस कार्यक्रममा आबद्ध हुनका लागि प्रत्येक वडामा रहेका दर्ता सहयोगी मार्फत आबद्ध हुन सकिने छ । बिमित हुन चाहने परिवारले आफ्नो घरमूली तथा अन्य सदस्यहरुको नागरिकता वा नेपाल सरकारबाट जारी परिचय पत्र अनिवार्य रुपमा देखाई परिवारका सबै सदस्यहरुको आवश्यक फारम भरी लाभान्वित हुन सकिने छ ।

बीमामा आबद्ध हुन ५ जनासम्मको परिवारले वार्षिक ३ हजार ५सय रुपैया तीर्नुपर्ने छ भने ५ जना भन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यको लागि ७ सय थप्नुपर्ने व्यवस्था रहेको छ । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, अति गरिव, पूर्ण असक्त अपाङ्गता भएका व्यक्ति एवम् कुष्ठरोगी, एम.डी.आर, टी.वी र एच.आइ.भि सक्रमिति बिरामी भएका घर परिवारलाई योगदान रकममा पूर्ण छुटको व्यवस्था गरेको छ ।
यस कार्यक्रममा ५ जना सम्मको परिवारले वार्षिक रु. ३ हजार ५सय योगदान रकम तिरेपछी १ लाख सम्मको तोकिएको स्वास्थ्य संस्थाहरुबाट उपचार लिन सकिने छ । ५ जना भन्दा बढी सदस्य भएको परिवारले प्रति थप सदस्य ७ सय तिरे वापत सुविधाको थैलिमा २० हजार वृद्धि हुदै जाने छ र परिवार संख्या अनुसार बढीमा २ लाख सम्मको उपचार खर्च बीमाले बेहोर्ने छ । ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई एक जना बराबर एक परिवार एकाई मानी वार्षिक रु. १ लाख सम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् र जेष्ठ नागरिकको योगदान रकम भने सरकारले नै व्यहोर्ने स्वास्थ्य बीमा नियमावलिमा समेत उल्लेख गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा जुनसुकै समयमा सदस्य बन्न सकिने भएता पनि सेवा प्राप्त गर्न तोकिएको समय सम्म कुर्नुपर्ने व्यवस्था रहेको छ । कार्यक्रमको सदस्यता दर्ता चक्र, बैशाख, जष्ेठ र असार भित्र बिमित भएका सदस्यहरुको सेवा क्रियाशील भदौ १ गते, साउन, भदौ र असोजमा बिमित भएका सदस्यहरुको सेवा क्रियाशील मंसिर १ गते, कात्तिक , मंसिर र पौष भित्र बिमित भएका सदस्यहरुको सेवा क्रियाशील फागुुन १ गते र माघ फागुन चैत्र महिनामा बिमित भएका सदस्यहरुको सेवा क्रियाशील जेष्ठ १ गते बाट सेवा पाउन सकिने व्यवस्था रहेको छ । यसको समय १ वर्षको मात्र हुनाले सुविधा लिन हरेक वर्ष अनिवार्य रुपमा नवीकरण गर्नुपर्ने हुन्छ । यस कार्यक्रमको सदस्यता क्रियाशील अवधि कार्यक्रमको सदस्य बनेको मितिबाट नभइ सेवा क्रियाशील भएको मितिबाट १ वर्षको हुने समेत व्यवस्था रहेको संयोजक आचार्यले बताएका छन् । यस कार्यक्रममा आबद्ध हुने बिमित सदस्यहरुले बहिरंग, अन्तरंग आकस्मिक तथा अन्य कक्षहरुबाट प्रदान गरिने बीमा बोर्डले तोकेका उपचार सेवाहरु प्राप्त गर्ने बोर्डले जनाकारी दिएको छ ।

यो पनि पढ्नुहाेस्

तेह्रथुम जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

धनकुटामा स्वास्थ्य बीमा कार्यक्रम शुरु, स्वास्थ्य बीमा ५७ जिल्लामा

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending