Connect with us
Advertisement

सुन्दरहरैंचा वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच अन्तरक्रिया होस् भनेर सार्वजनिक सुनुवाइ गरिएको वडा कार्यालयले जनाएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीले उठाएका प्रश्नको वडाध्यक्ष रोशनप्रसाद ढकाल, वडा सचिव अनिल पोखरेल तथा नगरपालिकाका इञ्जिनियरलगायतले जवाफ दिएका थिए । सहभागीले वडामा पानीको निकासको समस्या रहेको बताएका थिए । कोरोनाका कारण ढिलो सम्झौता भएका योजनाको काम यो आर्थिक वर्षमा नसकिने भएकाले ती समस्या कसरी समाधान गर्ने भन्ने समस्या आएको सहभागीको भनाइ थियो । त्यस्तै, वडा कार्यालयमा हेल्प डेस्कको स्थापना गर्न लागत साझेदारीमा पटकपटक उपभोक्ता सामेल हुनुपर्दा समस्या परेको सहभागीको भनाइ थियो ।

सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै वडाध्यक्ष ढकालले पहिल्यै घर निर्माण भइसकेका कारण पानीको निकासको समस्या भएको बताए । त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर वडा र नगरले चासो दिइरहेको उनले बताए । स्थानीय सरकारसँग सम्झौता भई काम भइरहेका विकास निर्माणका योजनालाई क्रमागत योजनामा राख्न सकिने पनि उनले वडावासीलाई जानकारी दिएका थिए । आवश्यक परेमा हेल्प डेस्क राखिने जानकारी दिँदै लागत साझेदारीको रकम वर्षैपिच्छे घटिरहेको उनले वडावासीलाई जानकारी दिएका थिए । सामाजिक संस्था, पाटी, पौवा, सुकुम्बासी बस्तीमा लागत साझेदारी नलाग्ने पनि उनले जानकारी दिए ।

विराटचोक–घिनाघाट सडकमा जग्गा परेका वडावासीले सो सडकको पनि राजस्व तिर्नुपरेको विषयमा पनि सहभागीले प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै वडाध्यक्ष ढकालले विराटचोक– घिनाघाट ४ लेन सडकको भर्खरै मापदण्ड बनेकाले अब लगत कट्टा हुने हुनाले वडावासीले सडकको राजस्व तिर्नु नपर्ने बताए ।
विराट मिडिया एण्ड एडभरटाइजिङ प्रालिको सहजीकरण तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तहमा सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवा प्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरु, उपभोक्ता समिति गठन प्रक्रिया, विकास निर्माण तथा हरहिसाब फरफारक लगायतका विषयमा सेवाग्राहीले राखेका जिज्ञासको जवाफ दिइएको थियो ।

जनगुनासोलाई सार्वजनिक स्थलमै दोहोरो संवादबाट स्पष्टता गर्ने, सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै वडाबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार बनाउने प्रतिबद्धता गर्ने कार्यमा सार्वजनिक सुनुवाइले सहयोग गरेको वडा नम्बर १२ का अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा वडा सदस्यहरु देवीकुमारी ढकाल, दिलिप दाहाल, गणेश फुयाल, प्रमिला अछामी, वडा सचिव अनिल पोख्रेल, इन्द्रपुर स्वास्थ्य चौकीका इञ्चार्ज लीलामणि दाहाल, इञ्जिनियर राकेश रोशन, सब इञ्जिनियर प्रदीप राई अतिथि रहेका थिए ।

सुकुना टोल विकास संस्थाका अध्यक्ष ओम खतिवडा, सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष डिल्लीरमण घिमिरे, संगम टोल विकास संस्थाका अध्यक्ष माधव दाहाल, शुक्रबारे टोल विकास संस्थाका अध्यक्ष टीका सुवेदी, खोर्साने टोल विकास संस्थाका अध्यक्ष केदार लुइँटेल लगायत कार्यक्रममा उपस्थित थिए ।

इलाका प्रहरी कार्यालयका प्रतिनिधि डिकबहादुर बिक, वडावासी तथा सञ्चारकर्मी सहभागी भएको कार्यक्रममा उपस्थित सहभागीलाई मास्क पनि वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिका सचिव ज्ञाननाथ ढकालले कार्यक्रमको सहजीकरण गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

कोशीको लगानी सम्मेलन : ७१ परियोजना तयार,

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ ।

सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ ।

विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले बताए ।

कृषि तर्फ ४ सय ७० करोड, ऊर्जा क्षेत्रमा २ सय ७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधार तर्फ ३१ अर्ब १ करोड, आइटी तर्फ ४७ करोड, पर्यटन तर्फ ३५ अर्ब ९७ करोडलगानी भित्र्याउने लक्ष्य राखिएको छ । प्रदेशले लोकल रक्सी ब्राण्डिङदेखि होटल निर्माण, पोडवे सञ्चालन लगायत योजना अघि सारेको छ ।

सम्मेलनमा कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।

विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।

सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।

उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।

धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।

सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

Continue Reading

Banner

नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी

Published

on

By

नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशनबाट अध्यक्षमा डिल्लि प्रसाद ढकाल विजयी भएका छन्। हिजो विराटचोकमा शुरु भएको दोश्रो अधिवेशनमा सहमतिको अन्तिम प्रयास गर्दा पनि सर्बसम्मत हुन नसकेपछि आज अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीका लागि निर्वाचन भएको हो। अध्यक्षमा विजयी ढकालले १५७ मत प्राप्त गरेभने अर्का अध्यक्षका प्रत्याशी हेमराज सुबेदीले ११५ मत प्राप्त गरे त्यस्तै उपाध्यक्षमा दुर्गा निरौलाले १६४ मत प्राप्त गर्दै विजय भैंइन प्रत्याशी अम्बिका दाहालले १०० मत प्राप्त गरिन ,त्यस्तै सचिवमा दावा तामांग १४९ मत सहित बिजयी भए भने प्रत्याशी बिशाल गुरागाईंले १२१ मत प्राप्त गरे , सहसचिवमा खगेन्द्र पन्धाक १६५ मत र राजेन्द्र धमला १२६ मत सहित बिजयी भएका छन् ।


Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending