Connect with us
Advertisement

मेयरलाई ध्यानाकर्षणपत्र बुझाउँदै विद्यालय सञ्चालकले भने, ‘जोर बिजोर वा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनको वातावरण मिलाइयोस्’

Published

on

विराटचोकः आफ्ना माग सम्बोधन नभएको भन्दै सुन्दरहरैंचाका संस्थागत विद्यालयले ८ बुँदे माग राखी नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । संस्थागत विद्यालयका सञ्चालकहरुका संगठन प्याब्सन र एन प्याब्सनले आज देशभरका स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाउने क्रममा सुन्दरहरैंचामा पनि ज्ञापनपत्र बुझाइएको हो ।

नयाँ विद्यार्थी भर्ना गर्न, पाठ्यपुस्तक तथा शिक्षण सामग्रीको व्यवस्थापन गर्न, जोरबिजोर वा आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न पाउनुपर्ने ती संगठनको माग छ । क्वारेन्टिनका रुपमा कुनै शिक्षण संस्थाको प्रयोग भएको भए क्वारेन्टिन सार्न पनि माग गरिएको छ ।

यो शैक्षिक सत्रका लागि सबै बिदाहरु कटौती गरी नयाँ शैक्षिक क्यालेण्डर निर्माण गर्न माग गरिएको छ । १ महिनाको शुल्क अभिभावकलाई छुट दिन विद्यालय सञ्चालक तयार भएको र बाँकी ११ महिनाको शुल्क उठाउन पाउनुपर्ने व्यवस्था गर्न पनि माग गरिएको छ । घरबहाल कर छुट दिन पनि माग गरिएको छ । यी सबै माग केन्द्रीय समितिका माग भएको बताइएको छ ।

सुन्दरहरैंचामा भने थप एउटा माग राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७७ लाई पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पूर्ण रुपमा कार्यान्वयन गराउने एवम् अनुगमन गर्ने व्यवस्था गरिनुपर्ने माग थप गरिएको प्याब्सन सुन्दरहरैंचाका सचिव दीपक केसीले बताए ।

सो मागपत्र प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष हरिश्चन्द्र ढकाल र एन प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष महेन्द्र राईले संयुक्त रुपमा सुन्दरहरैंचाका मेयर शिव ढकाललाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै मेयर ढकालले संस्थागत तथा सामुदायिक विद्यालयका प्रतिनिधि र नगरपालिका बसेर समस्याको समाधानको लागि छलफल गर्न सकिने बताए । विद्यालय सञ्चालकको माग आफूले पनि महसुस गरेको भन्दै उनले जति सक्दो चाँडो नगरको तर्फबाट गर्न सकिने माग पूरा गरी विद्यालय सञ्चालनको लागि वार्ता गर्न तयार भएको बताए ।

नगरका कार्यकारी अधिकृत तथा शिक्षा शाखा प्रमुख दामोदर चापागाईंले कतिपय माग नगरले सम्बोधन गर्न सक्ने भए पनि कतिपय माग केन्द्रले सम्बोधन गर्ने माग भएका हुनाले विद्यालय सञ्चालकले त्यसै अनुसार नगरपालिकाको समस्या बुझिदिन आग्रह गरे ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य हेमन्त कार्की , प्रदेश न‌‍‌‍ १ का वरिष्ठ उपाध्यक्ष टीकाराम ढकाल,  जिल्ला अध्यक्ष अर्जुन बस्नेतका साथै प्याब्सन तथा एन प्याब्सन सुन्दरहरैंचा कार्यसमितिका पदाधिकारी र विद्यालय सञ्चालकको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending