Connect with us
Advertisement

राखेपका १२ जना पदाधिकारीको यसरी गरियो सामुहिक बिदाइ

Published

on

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद्का १२ जना कर्मचारीले विभिन्न पदबाट दिएको राजीनामा स्वीकृत गर्दै सामुहिक बिदाइ गरिएको छ ।
नेपाल तेक्वान्दो संघद्वारा ललितपुरको सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारीलाई बिदाइ गरिएको हो ।

बिदाइ गरिएका सबै पदाधिकारीहरु राष्ट्रिय खेलकुद परिषदमा कार्यरत् कर्मचारी हुन् । सरकारद्वारा जारी गरिएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भएबमोजिम राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी खेल संघका कुनै पनि पदमा नरहने प्रावधान रहेकाले उनीहरुको बिदाइ गरिएको बताइएको छ । उनीहरुले उक्त ऐनको पालना गर्दै आ–आफ्नो पदबाट दिएको राजीनामा स्वीकृती गरी बिदाइ गरिएको बताइएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पुर्याएको भूमिका र योगदानका लागि धन्यवाद व्यक्त गरे । सबै प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने उनको भनाइ थियो ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सभाध्यक्षको आसनबाट बोल्दै सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको लागि धन्यवाद दिएका थिए ।

कार्यक्रममा सचिव नवीनकुमार श्रेष्ठ, सचिव तथा प्रवक्ता दीपक बिष्ट र सह कोषाध्यक्ष सुमनकुमार घलेलाई बिदाइ गरिएको थियो ।

त्यस्तै, सदस्यहरु टीकाप्रसाद लिम्बू, संगीना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान् थापा मगर, पूर्ण योञ्जन, कविराज खड्गी, हीराबहादुर थापा र मीन न्यौपानेलाई बिदाइ गरिएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा मेयर कपको उपधी आयोजक सुन्दरहरैँचा नगरपालिकाले जित्यो

Published

on

By

सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुमेको छ । शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं.१ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाको फुटबल टिमलाई हराउँदै सुन्दरहरैँचाले उपाधि हात पारेको हो ।

सुन्दरहरैँचाले पथरीशनिश्चरेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको ११ मिनेटमा पथरीशनिश्चरेका जर्सी नं.१० का नीरज परियारले गोल गरे । तर सुन्दरहरैँचाका जर्सी नं.१२ का खेलाडी आसिस वनले ३१ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुराए । लगतै पहिलो गोल गरेको ३ मिनेट नपुग्दै जर्सी नं.१३ का खेलाडी पूजन चौधरीले गोल गोल गरे ।

चौधरीको गोल नै निर्णायक बन्न पुग्यो । र सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले नै हात पार्न सफल भयो । विजेता टिमले रु.४ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले रु.२ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । साथमा दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलको मेन अफ द म्याच सुन्दरहरैँचाका खेलाडी पूजन चौधरी घोषित भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् । वेस्ट फरवाड पथरीशनिश्चरेका खेलाडी सौर्य रावत, सुन्दरहरैँचाका विवश गुरुङ वेस्ट मीड फिलडर, वेस्ट गोल किपर रोशन कार्की, सर्वाधिक गोलकर्ता पूजन चौधरी, वेस्ट डिफेन्डर विजय राई घोषित भएका छन् । उनीहरूले जनही रु.५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मेन अफ द सिरिज सुन्दरहरैँचाका खेलाडी सुजन चौधरी घोषित भएका छन् । उनले रु.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता सुन्दरहरैँचा खेलकुद विकास समितिका सदस्य सचिव खड्क बहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको हो ।

कोशी न्युजबाट साभार

Continue Reading

Banner

अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

Published

on

By

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भएको हो ।

मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर बिहानैदेखि वर्षा भएपछि खेल हुन सकेन । वर्षा रोकिए पनि मैदान चिसो भएका कारण खेल रद्द गरिएको हो ।

खेल रद्द भएसँगै नेपालले यू-१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ । आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्न नेपाललाई अवसर थियो ।

पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो । आईसीसी यू-१९ विश्वकप आगामी वर्ष जिम्बावेमा हुँदै छ ।

Continue Reading

Banner

तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

Published

on

By

मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

 

प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending