Connect with us
Advertisement

कोरोनामुक्त हुन होम आइसोलेसनमा मैले अपनाएको विधि

Published

on

धेरै जना साथीको अनुरोधमा मैले आफ्नो उपचारको अनुभवको सार यहाँ लेखेको छु । उपचारको लागि प्रमाणित केही मापदण्डहरु पनि होलान् । कतिपय स्थानीय तहहरुबाट सिफारिश गरिएको आइसोलेसनमा रहँदाको खानपान र दैनिक व्यवहारको तालिका सामाजिक सञ्जालहरुमा पनि आइरहेका छन् । तिनैको आधार लिएर र साथी तथा शुभचिन्तकहरुको सुझावअनुसार २३ दिनको बसाइमा मैले बुझेको र अपनाएको मापदण्ड सार्वजनिक गरेको हुँ ।

यो रोगको प्रकृति र लक्षण व्यक्तिअनुसार फरकफरक हुने गरेको पाइएको (अन्य संक्रमित व्यक्तिसँगको अनुभव आदानप्रदानबाट थाहा भएअनुसार) ले सबैलाई यही ठीक हुन्छ भन्न सकिन्नँ । बिरामको प्रकृतिअनुसार आफ्नो नजिकको स्वास्थ्यकर्मीको सल्लाहबमोजिम गर्नहुन अनुरोध छ ।

एकान्तवासमा पूर्णतः एक्लो बसाइ, खुला हावादार कोठामा आफ्नो सामान, भाँडा, कपडा, बाथरूम बिरामीले मात्र प्रयोग गर्ने अरुले प्रयोग नगर्ने गर्नुपर्छ ।

(क) मैले बिहान तातो कागतीपानी र पसिना निस्कुञ्जेल जुम्बा डान्स गरेँ । केहीबेर तातोपानीको बाफबाट उपचार लिएँ । सास लिने र छोड्ने अभ्यास गरेँ । अदुवा, मरिचसहितको कागती चियाको सेवन गरेँ । गुर्जोको डाँठ, मरिच, तेजपात, दालचिनी, अदुवा, बेसार, सख्खर, ज्वानो, टिमुर, तुलसी नीम र पारिजातको पात, अश्वगन्धाको पाउडर, जेठीमधुको पाउडर मिसाएर पकाएको तातो सुप पटकपटक पिउने गरेँ । आफूलाई रुच्ने तातो खाना (मैले शाकाहार खाना) खाने गरेँ । शुरुको १० दिन जति त दैनिक ६ लिटरसम्म तातोपानी सेवन गरेँ ।

(ख) दिउँसो ३ पटक कागती र अदुवा मरिच कागती चिया वा माथि लेखिएको तातो सुप सेवन गरेँ । शुरुको ८\१० दिनसम्म दिनको १ दाना अमला खाएँ । परिवार, साथी शुभचिन्तकहरुसँगको सकारात्मक फोनवार्ता नियमित भइरह्यो ।

(ग) साँझमा पसिना निस्कुञ्जेल जुम्बा डान्स, केहीबेर तातोपानीको बाफको उपचार गर्ने गरेँ । सास लिने र छोड्ने अभ्यास अनि रुचिअनुसारको खाना कहिल्यै छुटाइनँ । माथि लेखिएको तातो सुप एकैपटक ठूलो भाँडामा पकाइराख्ने र समयसमयमा निकालेर पिउने गरेँ ।

(घ) बिहान र राती सुत्ने बेलामा एक चिम्टी धुलो बेसार राखेर एक गिलास तात्तातो दूध पिएँ । शरीरलाई पूर्ण आराम पुग्नेगरी निदाउने गरेँ ।

(ङ) इच्छानुसारको गीतसङ्गीत र भजन श्रवण गरेँ । आफ्नो कोठा, बाथरूम, प्यासेजलाई स्यानिटाइजर झोल स्प्रे गरी साँझबिहान डिसन्फेक्सन सफाइ गर्ने काम गरेँ ।

(च) शुरुको २ दिनसम्म ज्वरो आउँदा र शरीरको ढाड जोर्नीहरु दुख्दा बिहानबेलुकी फ्लेक्सन १\१ चक्की, करीब ७\८ दिनसम्म खोकी लाग्दा पोलेको बोझोको जरा, टुक्रा र जेठीमधुको डाँठको टुक्रा मुखमा राखी रस चुसँे । मह पनि उपयोगी हुने, परिवारमा अरुले खाए पनि एलर्जीको कारण मैले मह खाइनँ । खोकी लाग्न सक्ने हुनाले दही, मही र चिसो पानी वर्जित गरियो ।

(छ) कोरोना संक्रमण भएको २ दिनपछिदेखि करिब १ साता नाकमा गन्ध र जिब्रोमा स्वाद हराउँदो रहेछ । शून्य बराबर, केही नै थाहा नहुने हुँदो रहेछ । यतिसम्म कि मैले सन्चोको बिर्को खोलेर नाकैमा पसाउँदा समेत कत्ति पनि गन्ध थाहा पाइनँ । खानाको त स्वादै नहुने हुँदो रहेछ । अलिअलि नुनिलो मात्रै महसुस हुँदो रहेछ । त्यतिबेला अलिअलि नुन, बिरेनुन, कागती र अकबरे खुर्सानी अचारको रुपमा चाट्ने गरँे । अनि बल्ल केही स्वाद मससुस हुन्थ्यो । पछि सन्चो हुँदै गएपछि गन्ध र स्वाद फिर्ता आयो ।

(ज) बीचमा १ दिन पखाला लागेको थियो, तर औषधी नखाई सन्चो भयो ।

(झ) ज्वरो, खोकी र पखलाले गर्दा होला, करीब ४ दिनसम्म शरीर एकदम कमजोर हुनाले आलस्य भएको महसुस गरँे । कमजोरीले गर्दा होला, केही नगरी बस्दा पनि पसिना आइरहने । हुन त त्यसबेला शरीरमा तातोपानीको आपूर्ति पनि धेरै थियो । पछि संक्रमणले छोड्दै गएपछि यो सबै सामान्य हुँदै गयो ।

(ञ) यस अवधिभर म, श्रीमती अन्जुजी (यसबीचमा टेस्ट नगराए पनि संक्रमणको लक्षणहरु देखिएर करिब १२ दिन बिरामी परेको) र कर्मचारी अच्युतम्जी (संक्रमित हुनुभएको) ले सबैले यसै अनुसार सँगै उपचार गरेको ।

(ट) बजारको थप औषधीः बिहान बेलुकी एक एक चम्चा च्यावनप्रास, भिटामिन सी (बअभतष्अ बअष्म) ट्याब्लेट र जिन्क ट्याब्लेट एक एक चक्की बिहान बेलुकी खाएँ । आयुर्वेदिक पसलबाट अश्वगन्धा र जेठी मधुको पाउडर तथा खोकी सन्चो गर्न आयुर्वेदिक कस्तुरीभूषण र कासामृत सिरप तथा जडिबुटी कम्पनीको सन्चो प्रयोग गरेँ ।

(ठ) आफूसँग शरीरमा अन्य रोग छैन भने धेरै डराउनुपर्ने रहेनछ । मैले आफूलाई अन्य कुनै रोग भएको महसुस गरेको छैन । मैले ओक्सिमिटर र थर्मोमिटरबाट आफ्नो मापन नियमित गरिरहेको थिएँ ।

(ड) यो मेरो व्यक्तिगत अनुभव हो । सबैमा यो उपचार, विशेष गरी बजारको औषधीको प्रकार र मात्रा, लागू नहुन सक्छ । आफ्नो समस्याको प्रकृति एवम् डाक्टरको सल्लाह अनुसार गर्नुहुन अनुरोध गर्दछु ।

(जिल्ला वन कार्यालय मोरङका प्रमुख घिमिरेको फेसबुक वालबाट साभार गरी सम्पादन गरिएको ।)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending