Banner
मलको अभावः सरकार भन्छ, मल आउँछ, वितरक भन्छन्, धानको सिजनमा पर्याप्त मल आउँदैन

विराटचोकः कृषिप्रधान देशमा अहिले मलको हाहाकार छ । यो समस्याबाट मोरङको सुन्दरहरैंचा नगरपालिका पनि अछुतो छैन ।
किसानले असारमा लगाएको धानबालीमा मल हाल्ने बेला बित्नै लाग्दा पनि अझै मल पाउने अवस्था छैन । समयमा मल नआउँदा उत्पादनमा कमी आउने चिन्ता किसानमा थपिँदै गएको छ ।
सुन्दरहरैंचा नगरपालिकामा अहिले करिब २ हजार १ सय हेक्टर खेतीयोग्य जमिनमा धान खेती गरिएको छ । सो धान बालीका लागि लगभग २ हजार ४ सय ६० बोर युरिया मलको आवश्यकता पर्दछ । सुन्दरहरैंचामा अघिल्लो सातासम्म ४ सय बोरा मल मात्र उपलब्ध भएको पाइएको छ । धानबालीको १ हजार बोरा युरिया मल ल्याउन सकिने नगरपालिकाले अनुमान गरेको छ । मल आपूर्तिको लागि पहल गरे पनि कृषि सामग्री कम्पनीसँग मल नभएको र साल्ट ट्रेडिङसँग भएको मल पर्याप्त नभएका कारण समस्या उत्पन्न भएको हो ।
सुन्दरहरैंचामा रासायनिक मल बिक्रीका लागि जिम्मा पाएका साल्ट ट्रेडिङका ५ वटा र कृषि सामग्रीका १२ वटा गरी १७ डिलर रहे पनि साल्ट ट्रेडिङका ३ वटा डिलर मात्र सक्रिय रहेका छन् । मलको आपूर्ति नहुने हो भने सुन्दरहरैंचामा लगाइएको धान उत्पादनमा गिरावट आउने देखिन्छ ।
नेपाल सरकारले कृषि सामग्री कम्पनीलाई ७० प्रतिशत र साल्ट ट्रेडिङलाई ३० प्रतिशत मल वितरणको जिम्मा दिएको छ । सबैभन्दा बढी मल बिक्रीको स्वामित्व पाएको कृषि सामग्री कम्पनीसँग यस बारेमा जिज्ञासा राख्दा कृषि सामग्रीको मल धान खेतीको लागि नआउने बताएको छ । ३० प्रतिशत मल बिक्रीको जिम्मा पाएको साल्ट ट्रेडिङले अहिलेको मागलाई धान्नै नसक्ने अवस्था रहेको बताएको छ ।
साल्ट ट्रेडिङका प्रमुख राधेश्याम चौधरीका अनुसार वर्षभरको माग ७ लाख मेट्रिक टन हो । जसमध्ये सरकारले साढे ३ देखि ४ लाख मेट्रिक टन मात्र मल ल्याउने गरेको छ । त्यसको ३० प्रतिशत साल्ट ट्रेडिङलाई दिएकाले सबै किसानले भने जति मल नपाउने तर आएको मल तुरुन्तै बिक्रीको लागि पठाइहाल्ने गरेको उनको भनाइ छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग जिज्ञासा राख्दा साल्ट ट्रेडिङ मार्फत् सुन्दरहरैचामा १ हजार ८ सय बोरा मल १५÷२० दिनभित्रमा आउने बताएको छ । कलकत्ताको २ वटा रुटबाट आएको मल सिधै विराटनगर आउने गरेको छ । प्रदेश १ का १४ जिल्ला लागि ७ हजार २ सय टन जति मल आउने र केही दिनमा मलको आपूर्ति भइसक्नुका साथै डीएपी र पोटास भने पर्याप्त रहेको वितरकको भनाइ छ ।
पहिले युरिया मलको अभाव हुँदा भारतीय बजारबाट भए पनि किसानहरुले मलको आपूर्ति गर्दै आएका थिए । तर यस वर्ष कोरोना भाइरसका कारण लकडाउन भई नाका सिल भएकाले किसानसँग सो विकल्प पनि बाँकी नरहेको हो ।
लकडाउनका कारण सहज रुपमा किसानले कृषि कर्म गर्न पाएका छैनन् भने अर्कातिर मल र बीउको अभावका कारण झन् समस्या उत्पन्न भएको छ ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login