Connect with us
Advertisement

दारी ग्याङ सुन्दरहरैंचाद्वारा बुढी खोलाको सरसफाइ, फ्रेस हाउसले फोहोर फाल्दा खोला प्रदूषित

Published

on

विराटचोकः विभिन्न सामाजिक सेवाका काम गर्दै आएको दारी ग्याङ सुन्दरहरैंचाले बुढी खोलाको सरसफाइ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रही देशभर विभिन्न सामाजिक काममा संलग्न हुँदै आएको दारी ग्याङले शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिका बीचमा पर्ने बुढी खोलमा सरसफाइ गरेको हो । दारी ग्याङमा आबद्ध युवाले बुढी खोलामा पर्ने पूर्वपश्चिम राजमार्गको पुलमुनिको क्षेत्रका साथै बुढीगंगा मुक्तिघाट क्षेत्र आसपासमा खोला सरसफाइ गरेका थिए ।

खासगरी खोलामा गत छठ पर्वको समयमा भएको फोहोरका साथै विभिन्न व्यक्तिले फोहोर फाल्ने गरेकाले प्रदूषण बढ्दै गएकाले सरसफाइमा जुटेको दारी ग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव बास्तोलाले बताए । खोलामा खासै फोहोर उत्सर्जन नभई बाहिरबाट फोहोर ल्याएर पुलमाथिबाट फ्याँक्ने गरेकाले प्रदूषण बढेको उनको भनाइ छ ।

कुखुराको मासु बेच्ने (फ्रेस हाउस)ले फोहोर फाल्ने गरेकाले उनीहरूलाई सचेत गराउन आवश्यक रहेको बास्तोलाले बताए । ‘कुखुराका पखेटा लगायतका फोहोर एकदम धेरै भेटियो, कुखुराको मासु बेच्नेहरूले पुलमाथिबाट फोहोर फाल्ने गरेकाले पुलमुनि धेरै नै फोहोर देखिएको छ,’ अध्यक्ष बास्तोलाले भने, ‘यसपटक त हामीले सफा ग¥यौं, फाल्ने काम नरोकिए जति नै सफा गरे पनि उस्तै हुन्छ । उनीहरूलाई यस विषयमा सचेत गराउन आवश्यक देखिएको छ ।’

उनले सुन्दरहरैंचा र इटहरी दुवै नगरपालिका र उद्योग वणिज्य सङ्घहरूलाई फ्रेस हाउसहरूलाई खोलामा लगेर फोहोर नफाल्न सचेत गराउने विषयमा आग्रह गर्ने निर्णय समेत गरिएको जानकारी दिए । सरसफाइ कार्यक्रममा दारी ग्याङका करीब २ दर्जन सदस्य सहभागी भएका थिए ।

सोही दिन बसेको दारी ग्याङ सुन्दरहरैंचाको बैठकले यसै महिनाभित्र इटहरी र सुन्दरहरैंचाका विभिन्न विद्यालयमा क्यान्सर रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम समेत गर्ने निर्णय गरेको सचिव उमेश सेञ्चुरीले जनाए ।

Continue Reading

Facebook Comment

46 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत

Published

on

By

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।

‘मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।

‘मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।

Continue Reading

Banner

सरकार-शिक्षक वार्ता जारी,

Published

on

By

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।

शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।

वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।

वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्

आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।

Continue Reading

Banner

शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

Published

on

By

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।

वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।

आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’,  वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।

शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।

शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending