Connect with us
Advertisement

‘भूत बङ्गला’ मा परिणत भएको कृषि विकास बैंकको इन्द्रपुर शाखा

Published

on

विराटचोकः कृषि विकास बैंक लिमिटेड इन्द्रपुर शाखाको भवन अलपत्र परेको छ । २०४५ सालतिर निर्माण भएको सो भवनमा तत्कालीन विद्रोही नेकपा माओवादीले २०५९ सालमा बम आक्रमण तथा आगजनी गरी कागजपत्र जलाएको थियो । त्यसपछि अहिलेसम्म सो भवन सञ्चालनमा आएको छैन ।

सो भवन सञ्चालन नहुँदा अहिले ‘भूत बङ्गला’ बनेको छ । यसका कारण नजिकै रहेको बस्तीमा समेत असर पुगेको स्थानीयले बताए । भवन वरिपरि झाडी र फोहोरमात्रै छ । यसले बजार विस्तारलाई असर पुर्याउनुका साथै यो ठाउँको वातावरणलाई नै दूषित बनाउन थालेको स्थानीय रामप्रसाद गजुुरेल बताउँछन् । सो भवन मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । पूूर्वपश्चिम राजमार्गमै जोडिएको सो भवनको मर्मत नहुँदा तथा त्यहाँको घाँसपात नकाटिँदा भवन वरपरको बस्ती नै कुरुप देखिने गरेको उनले बताए ।

अहिले कृषि विकास इन्द्रपुर शाखाले विराटचोकमा रहेको भाडाको घरबाट सेवा दिइरहेको छ । भाडामा बस्दै आएको घरसमेत चुहिन थालेको छ । घरको मर्मत गर्ने दायित्व घरधनीको भए पनि घरधनी विदेशमा बस्ने हुनाले समस्या भएको शाखा प्रबन्धक विष्णु पाल बोहोराले बताए । अघिल्लो आर्थिक वर्षमा पनि भवन निर्माणका लागि रकम छुट्याइए पनि भवन बन्न भने नसकेको उनले बताए । भवन निर्माणको काम केन्द्रीय कार्यालयमार्फत् हुने उनले जानकारी दिए ।

बैंकका पूर्व उपमहाप्रबन्धक चुडामणि तिम्सिना प्राविधिक जनशक्तिको अभावका कारण भवन निर्माणमा ढिलाइ भएको बताउँछन् । आफू उपमहाप्रबन्धक हुँदा विभिन्न स्थानका भवन निर्माणका लागि बजेट विनियोजन गरे पनि इन्द्रपुर शाखाको भवन बन्न नसक्नुमा प्राविधिक जनशक्तिको अभाव नै मुख्य समस्या रहेको उनको भनाइ छ । इन्द्रपुर शाखाको लागि भवन आवश्यक रहेको हुनाले चाँडै भवन बन्ने आश गर्न सकिने उनले बताए । २ वर्ष अघि लिइएको परीक्षाको नतिजा आएपछि बैंकमा आवश्यक जनशक्ति थपिने र त्यसपछि केही वर्षदेखि थाँती रहँदै आएका भवन बन्ने तिम्सिनाले बताए ।

बैंकको इन्द्रपुर शाखामा २०६७ सालदेखि २०७० सालसम्म प्रबन्धक रहेका गोपालप्रसाद पौड्यालले बैंकको नाममा रहेको जग्गाको चारैतिरको साँध सिमाना २०७० सालमा छुट्याएका थिए । जग्गाको साँधको विषयमा विवाद हुन थालेपछि सिमाना छुट्याइएपछि भवन निर्माणको आवाज उठ्न थालेको थियो । त्यसको ५ वर्षपछि आर्थिक वर्ष २०७५\०७६ देखि भवन निर्माणको लागि बजेट छुट्याउन थालिएको थियो ।

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending