Connect with us
Advertisement

लब्धप्रतिष्ठित व्यक्तिलाई अध्यक्ष बनाउँदा सुन्दरहरैंचाका दुवै उद्योग वाणिज्य संघ मर्ज हुन्छन् भन्ने लागेको छ

Published

on

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अधिवेशन आगामी शुक्रबार हुँदैछ । यसअघि २०७३ सालमा तत्कालीन कोशीहरैंचा उद्योग वाणिज्य संघको अधिवेशनबाट नवराज चापागाई २ वर्षे कार्यकालको लागि अध्यक्षमा चयन भए । २ वर्षका लागि चयन भएका उनले झण्डै ४ वर्ष संघको नेतृत्व गर्ने मौका मिल्यो । साबिक कोशीहरैंचा उद्योग वाणिज्य संघ र सुन्दरदुलारी उद्योग वाणिज्य संघबीच एकीकरण गर्न चापागाईं नेतृत्वको कार्यकाल १ वर्षका लागि थपिएको थियो । त्यसपछि कोरोना संक्रमणको त्रासलगायतका अन्य विविध कारणले अधिवेशन पछि सर्दै आगामी शुक्रबार हुन लागेको हो । त्यो बीचमा दुई संघबीच एकीकरण हुन सकेन । यसैबीचमा तत्कालीन कोशीहरैंचा उद्योग वाणिज्य संघको नाम भने हाल सुन्दरहरैंचा उद्योग वाणिज्य संघ भएको छ ।

तत्कालीन नेकपा माओवादीको तर्फबाट नेपाली कांग्रेससहितको समर्थनमा उनी उम्मेद्वार भएका थिए । उच्च व्यक्तित्व र संघको लागि काम गर्न सक्ने आँकलन गर्दै ७ सय ३४ मतदातामध्ये ५ सय ३० जनाले मत दिएर उनलाई जिताएका थिए । हाल नेकपाको जिल्ला सचिवालय सदस्यसमेत रहेका चापागाईंले संघको अध्यक्षमा निर्वाचित भएपछि सोचेअनुसार काम गर्न नसकेको उद्योगी व्यवसायी बताउँछन् । यसै सन्दर्भमा चापागाईंको कार्यकाल कस्तो रह्यो भनेर बुझ्ने क्रममा उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

आफ्नो कार्यकालमा सुन्दरहरैंचा उद्योग वाणिज्य संघलाई कस्तो बनाउने उद्देश्य राख्नुभएको थियो ?
म २०७३ सालमा तत्कालीन कोशीहरैंचा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी दिँदा मेरा केही प्रतिबद्धताहरु थिए । एउटा विधिमा, एउटा थितिमा रहेर काम गर्छु, संस्थाका सबै सदस्यलाई अनुशासित र जिम्मेवार बनाउँछु भन्ने मेरो सोच थियो । यस संस्थालाई मोरङको तेस्रो ठूलो स्थापित व्यापारिक संस्था बनाउँछु भन्ने उद्देश्य थियो । मोरङ व्यापार संघ र उद्योग संगठनपछिको संस्था बनाउँछु भन्ने मेरो ध्यान थियो । अहिले मोरङमा तेस्रो संस्थाको रुपमा यो संस्था स्थापित भइसकेको छ । संस्थाको गतिविधि, अनुशासन र सम्पत्तिको हिसाबले हेर्दा जिल्लाको तेस्रो ठूलो संस्थाको रुपमा यो संस्था स्थापित हुन सफल भएको छ ।

कस्ता योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ?
धेरै प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको प्रतिबद्धता थियो । त्यो प्रतिबद्धताचाहिँ बढी महत्वाकांक्षी प्रतिबद्धता थियो । यो चाहिँ पूरा गर्न नसकिने हो कि भन्ने डर पनि थियो । तर निर्वाचित भएपछि सबैको साथ र सहयोग लिएर अत्याधुनिक शौचालय निर्माणको काम शुरु गरियो । जग्गा नपाइएको ठाउँमा बनाउन सकिएन भने अन्य ठाउँमा निर्माणाधीन अवस्थामा छन् र केही निर्माण सम्पन्न पनि भइसकेका छन् ।

मुख्य बजार क्षेत्रमा सडक बत्तीको र सीसी क्यामेराको व्यवस्था गराउँछु भनेको थिएँ । प्लास्टिक झोला निषेध शहर बनाउँछु भनी उद्घोष गरेको थिएँ, सफा शहर बनाउने मेरो उद्देश्य थियो । घरभाडालाई व्यवस्थित बनाउने प्रतिबद्धता मेरो थियो साथै उद्योग वाणिज्य संघको गरिमालाई खस्कन दिन्नँ भन्ने मेरो उद्घोष थियो । प्लास्टिक झोला निषेधित शहर बनाउन पूर्ण रुपमा सकिएको छैन । उपभोक्ता र व्यापारी सबैलाई प्लास्टिकको झोला प्रयोग गर्न सजिलो लाग्ने, सस्तो तथा नन ओभन ब्याग र जुटको ब्याग प्रयोगमा तुरुन्तै अभ्यस्त नभएकाले यो अभियान चाहिँ ८० प्रतिशतमात्रै सफल भयो । मेरा प्रतिबद्धता सबै पूरा भएका छन् । त्यसैले मेरो कार्यकाल सफल भयो भन्ने मलाई लाग्छ ।

अत्याधुनिक शौचालय कहिले उद्घाटन हुन्छ ?
संस्थाका पूर्व अध्यक्ष भोलेश्वर दुलालको संयोजकत्वमा यो महाअभियान हामीले शुरु गरेका हौँ । अहिलेकै जस्तो अवस्था रहिरह्यो भने असोज २१ गते विराटचोक र सलकपुरको गरी २ वटा शौचालय उद्घाटन गर्ने योजना छ । निर्माणाधीन अवस्थामा रहेका हरैंचा र खोर्सानेका शौचालय पनि चाँडै उद्घाटन हुनेछन् ।

अत्याधुनिक भनिएका यी शौचालयका के विशेषता रहेका छन् ?

सूर्तिजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक हो । यसको सेवन गर्न हुँदैन तर कसैको नखाई नहुने बानी छ भने उनीहरुका लागि ‘स्मोकिङ जोन’ को व्यवस्था गरेका छाँै । राम्रो पुस्तकालय तथा बाथरुमको पनि व्यवस्था गरेका छाँै । अत्याधुनिक ढोकाको व्यवस्था गरिएको हुनाले ५ रुपैयाँको ढ्याक खसाएपछि मात्रै शौचालयको ढोका खुल्नेछ । बायोग्यास उत्पादन गर्ने योजना पनि छ । शौचालय सफाइ कर्मचारीका लागि सार्वजनिक शौचालयमै आवासगृह निर्माण गरिने छ ।

उद्योग वाणिज्य संघले धनी व्यापारीलाई मात्रै हेर्छ, साना व्यवसायीको पक्षमा बोल्दैन भन्ने आवाज पनि उठ्ने गरेको छ नि ?
समस्यामा परेका सबै व्यवसायीलाई संघले सहयोग गर्ने गरेको छ । ठूलो, सानो वा धनी गरीब भनेर छुट्याउने काम नै हुँदैन । हालैमात्रै आगलागीपीडित साना व्यवसायीलाई हामीले १५ हजार रुपैयाँका दरले राहत दियाँै । राहतको लागि निवेदन नदिएका व्यवसायीलाई पनि हामीले राहत दियौँ । प्रदेश सरकारले १० हजार रुपैयाँ दिने भनेको थियो, हाम्रै पहलमा ३० हजार रुपैयाँ दिने व्यवस्था मिलायौँ । नगरपालिकाले २० हजार रुपैयाँ राहत दिने भनेकोमा ९० हजार रुपैयाँसम्म राहत दिलाउने व्यवस्था गर्याैँ ।

व्यवसायीले सामान ल्याउने क्रममा अप्ठ्यारो पर्दा काँकरभिट्टासम्म गएर समस्या समाधान गर्ने गरेका छौँ । वैचारिक हिसाबले पनि म गरीबको पक्षमा आवाज उठाउने मान्छे हुँ । धनी र गरीबबीचको खाडल पुर्न सकियो भने मात्रै देश समृद्ध हुन्छ भन्ने मान्यता बोकेर काम गर्ने मान्छे भएकाले साना व्यवसायीलाई नहेरेको भन्ने प्रश्न नै हुँदैन । म अध्यक्ष नहुँदा पनि विपन्न वर्गका सबैलाई सधैँ सहयोग गर्नेछु ।

व्यवसायीको पक्षमा गरेका अन्य राम्रा कामहरु केही छन् कि ?
एक जना व्यवसायीको घरजग्गा लिलाम भइसकेको अवस्थामा संघले पहल गरेर व्यवसायीलाई आवश्यक पर्ने रकम उपलब्ध गराएर घर उकासेर त्यो घर बेच्न पहल गर्ने काम भयो । यस्तो काम सम्भवतः नेपालमै पहिलो पटक भएको हो । त्यसपछि व्यवसायीको सो घर बेचेर बैंकको ऋण चुक्ता गराउने र व्यवसायीले स्थानीयलाई दिनुपर्ने सापटी रकम र ऋण फिर्ता गराउने काम गरियो । ऋणमा डुबिसकेका व्यवसायी पनि अहिले शिर ठाडो पारेर हिँड्न सक्ने अवस्था सिर्जना भयो । यो सबै काम उद्योग वाणिज्य संघको पहलमा नै भएको हो । बैंकको ऋण १ करोड र स्थानीयको ऋण ३ करोड हाराहारीमा रहेको थियो । उनको घर बेचेर लगभग ३ करोड रुपैयाँ आएपछि बैंकको ऋण तिरेर बाँकी रहेको रकम भने उनलाई ऋण दिनेलाई ऋण रकमको प्रतिशतको आधारमा दिएर ती व्यवसायीलाई ऋणमुक्त बनाउने काम गरिएको थियो ।

बजारमा जोडिएका सोलारबत्ती र सीसी क्यामेराले काम गर्न छाडेको र त्यसको रेखदेखमा संघले चासो नलिएको भन्ने भनाइ साँचो हो ?
व्यवस्थापनमा समस्या देखिएको छ । यो उद्योग वाणिज्य संघले जोडेको भन्ने भएपछि मलाई पनि धेरै फोन आउँछ । म त्यतिखेर तत्कालीन कोशीहरैंचा उद्योग वाणिज्य संघको अध्यक्ष पनि थिएँ अनि नगरपालिका सञ्चालन संयन्त्रको प्रतिनिधि पनि थिएँ । सो संयन्त्र र संघको पहलमा सीसी क्यामेरा जोड्ने काम भएको थियो । पछि नगरपालिकाले सीसी क्यामेरा थप्यो पनि, तर बिग्रिएका सीसी क्यामेरा मर्मतमा ध्यान दिएको छैन । सडक बत्तीको बारेमा पनि मैले नगरप्रमुख, वडाध्यक्षहरुलाई भनेको छु । जनप्रतिनिधि आइसकेको समयमा हामीले हस्तक्षेप गर्न मिल्दैन । यस बारेमा जनप्रतिनिधिलाई नै झकझक्याउने काम गरिरहेको छु ।

आफूले गरेका प्रतिबद्धताहरु कति पूरा भए, पूरा हुन नसकेका प्रतिबद्धता केके हुन् ?
मैले जाहेर गरेका लगभग सबै प्रतिबद्धता पूरा भए । प्लास्टिक झोलामुक्त शहर बनाउने प्रतिबद्धता पूरा हुन सकेन । औद्योगिक ग्राम बनाउने, पशु बजार लगाउनेजस्ता प्रतिबद्धता पनि पूरा हुन सकेनन् । अब आउने समितिले गर्ने काममा मेरो पूर्ण समर्थन रहनेछ ।

संघको विधान संशोधन हुँदैछ भन्ने पनि सुनिएको छ, केके संशोधन हुँदैछ ?
हामी नेपाल उद्योग वाणिज्य महासंघको सदस्य छैनौँ । हामी महासंघमा जाने तयारीमा छाँै । सबै पक्षको सहमतिमा संशोधन गर्न लागेका छौँ । संशोधन साधारण सभाले गर्नेछ । महासंघको सदस्य हुनको लागि महासंघको विधानअनुरुपको हाम्रो पनि विधान बनाउन खोजेका हौँ ।

कोभिडको महामारीको समयमा संघले कस्तो भूमिका निर्वाह गर्याे ?
कोभिडको समयमा १ लाख रुपैयाँ सुन्दरहरैंचा उद्योग वाणिज्य संघको तर्फबाट र ३५ हजार रुपैयाँ मोरङ व्यापार संघको तर्फबाट संकलन गरी १ लाख ३५ हजार रुपैयाँ हामीले नगरपालिकालाई सहयोग गर्याैँ । सेनिटाइजर र मास्क सिटी सफारी, अटोका चालक र अन्य मजदुरलाई वितरण गर्याँै । हालै मात्रै अपाङ्गता भएका र निम्न आय भएका ६३ परिवारलाई राहत वितरण गर्याैँ ।

लकडाउनको समयमा कम्तीमा १ महिनाको घरभाडा छुटको व्यवस्था गर्याैँ । उद्योग वाणिज्य संघले मात्रै घोषणा गर्दा कार्यक्रम फितलो हुन्छ कि अथवा कार्यान्वयनमा सहज हुँदैन कि भनेर संघले निर्णय गरी कम्तीमा १ महिनाको घरभाडा छुटको व्यवस्था स्थानीय सरकारले गरोस् भनेर हामीले नगरपालिकालाई अनुरोध गर्याँै । त्यही निर्णय नगरपालिकाले पारित गर्याे । व्यवसायीले व्यवसायीलाई सहयोग गर्नुपर्छ भनेर मैले आफूले चाहिँ मेरो घरमा भाडा लिएर व्यवसाय गर्ने व्यवसायीलाई २ महिनाको भाडा छुट दिएँ ।

अधिवेशनलाई लक्षित गरेर असोज २२ गते रक्तदान गर्ने कार्यक्रम पनि तय गरेका छौँ । बजार सरसफाइको तयारीमा पनि लागेका छौँ ।

वर्तमान अध्यक्ष भएको नाताले आगामी नेतृत्वमा उम्मेद्वारी दिने भनी चर्चामा रहेकामध्ये कसलाई समर्थन गर्नुहुन्छ ।
अहिलेसम्म प्रत्यक्ष रुपमा अबको नेतृत्वका लागि २ जनाको नाम अगाडि आएको छ । कृष्ण रिजाल र टीकाप्रसाद कट्टेलको नाम बाहिर आएको छ । सन्तोष वान्तवा र नारायण थापाको नाम पनि आएको थियो । मेरो र नेकपाको समर्थन टीकाप्रसाद कट्टेललाई हुनेछ ।

नेकपाले गैरराजनीतिक र गैर व्यावसायिक व्यक्तिलाई समर्थन गर्दैछ भनेर पनि हल्ला चल्न थालेको छ नि ?
टीकाप्रसाद कट्टेल गैर राजनीतिक व्यक्ति भएको साँचो हो तर उहाँ गैरव्यावसायिक व्यक्ति हो भन्ने सत्य होइन । उहाँ स्वतन्त्र व्यक्ति हो, कुनै राजनीतिक दलको उहाँले टिकट लिनुभएको छैन । तर उहाँ पुरानो व्यवसायी हो । म क्याम्पस पढ्दा नै उहाँहरुको यहाँ होलसेल किराना पसल थियो । अहिले उहाँको फेबिकोल फ्याक्ट्री सञ्चालनमा छ । उहाँ तत्कालीन इन्द्रपुर व्यापार संघको संस्थापक सदस्य हो । २०५४ सालदेखि हालसम्म उहाँ संघको कार्यसमितिमा रहनुभएको व्यक्ति हो । उहाँले ‘मेरो उमेर लगभग ६० वर्ष भयो, एक पटक अध्यक्ष हुने रहर छ , मलाई कांग्रेसले समर्थन गरे पनि हुन्छ, नेकपाले समर्थन गरे पनि हुन्छ, सर्वसम्मत नेतृत्व दिए पनि हुन्छ । अध्यक्षमार्फत् यो छलफल चलाइदिनुपर्याे’ भनेपछि त्यसले मलाई छोयो ।

एक जना लब्धप्रतिष्ठित व्यक्तिलाई अध्यक्ष बनाउँदा सुन्दरहरैंचाका दुवै संघ मर्ज हुन्छन् कि भन्ने पनि लागेकाले उहाँलाई समर्थन गरिएको हो । सुन्दरहरैंचामा रहेका २ वटा संघ मर्ज हुनु आवश्यक छ तर मेरो पालामा मर्ज हुन सकेन । मर्जको जस मैले लिन्छु भनेर मर्ज नभएको भन्ने कुरा बाहिर आयो । स्वतन्त्र व्यक्ति अध्यक्ष हुँदा कुनै दलविशेषले जस लिएको नठहर्ला भनेर पनि उहाँलाई समर्थन गरिएको हो । दुवै संघ जसरी भए पनि मर्ज हुनैपर्छ भन्ने पक्षमा म छु । यत्तिको शालीन र भद्र तथा सामाजिक व्यक्तित्वलाई सर्वसम्मत नेतृत्व दिआँै, अहिलेको कोभिडको महामारीको समयमा निर्वाचन नगरौँ भन्ने मनसायले उहाँलाई समर्थन गरिएको हो । तर बजारमा आएजस्तो नेकपासँग उम्मेद्वार छैन भन्ने भनाइ हावादारी भनाइ हो । नेकपमा संघलाई हाँक्ने उम्मेद्वार धेरै छन् । नेकपाले जसलाई समर्थन गर्यो त्यही मानिसले नेतृत्व आफ्नो हातमा लिन्छ । म त चुनाव लडेर राम्रो मत पाएर विजयी भएको हुँ मलाई थाहा छ नि सबै कुरा ।

मैले कांग्रेसको समर्थनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट चुनाव जितेको हुँ । त्यसबेला कांग्रेसका १ जना सदस्यले मात्रै चुनाव जित्नुभएको थियो, तत्कालीन नेकपा माओवादी र कांग्रेस मिल्दा पनि । तत्कालीन एमाले समर्थित धेरै जनाले सदस्य पदमा जित्नुभएको थियो । २ वर्ष पर्खिँदा जितिन्छ भने अहिले किन हार्न तयार हुने भन्ने मेरो भनाइ हो । सर्वसम्मतमै नयाँ नेतृत्व चयन होस् भनेर पूर्व अध्यक्ष भोलेश्वर दुलालको अध्यक्षतामा हामीले समन्वय समिति पनि निर्माण गरेका छाँै । समन्वय समितिमा ४ जना पूर्व अध्यक्षहरु, ३ जना सल्लाहकार तथा पार्टी सभापति र संघको अध्यक्षसहितको ९ जनाको समन्वय समिति निर्माण भएको छ । सर्वसम्मत भएन भने निर्वाचन गराउनका लागि निर्वाचन समिति पनि गठन गरेका छौँ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending