शिक्षा / स्वास्थ्य
समुदायसंग बालबालिका | देउसी भैलोको रकम द्धारा उद्घोषण तालिम :सुन्दरहरैंचा

बिराटचोक : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको एकता बाल क्लवले बालबालिकाको चाहाना अनुसार क्षमता अविबृद्धि संगै सिर्जनात्मक क्रियाकलाप गर्दै आएको छ । साथी समूहमा घुलमिल हुने, कम क्षमता भएका साथीलाई हौसला प्रदान गर्ने, हिंसा, शोषण बाट सुरक्षित हुने लगायतका क्षेत्रमा काम गर्दै आएको क्लवका अध्यक्ष सुगम पाठकले बताए ।
एकता बाल क्लवले यस वर्षको तिहारमा देउसी भैलो खोलेर ५२ हजार संकलन गरेको थियो । पछिल्लो समय यस्तो संकलित रकम बाट पिक्नीक जाने, डुल्ने र सबै रकम सक्ने परिपाटिको अन्त्य गर्दै बालबालिकाको हक हित र सिर्जनात्मक कार्यमा सदुपयोग गरेर गाउँ समाजमा उदाहरणीय कार्य गरेको छ । हरेक शुक्रबार भेला भएर छुट्टीको दिन शनिबार के गर्ने भन्ने विषयमा छलफल गर्ने र शनिबार साथीहरु एक ठाउँमा जम्मा भएर प्रत्येक हप्ता छुट्टा छुट्टै कार्यक्रम गर्ने गरेका छन् । उनीहरुले नृत्य गायन, विभिन्न खेलकुद कार्यक्रम, उद्घोषण कला, लगायत समाज संग घुलमिल हुने कला पनि सिग्दै आएका छन् ।
यस्तो कार्यक्रम बाट विभिन्न समुदायको संस्कृति ग्रहण गर्ने, चालचलन, आचरण, रहनसहन, एकले अर्कोलाई आदर गर्ने र समुदायमा घुलमिल हुन सक्छन् भन्ने उदेश्यले बालक्लब गठन गरिएको संस्थाकी संरक्षक शुसिला सुवेदी पाठकले बताइन् ।
यसैबिच क्लवले ३ दिने उद्घोषण तालिम कार्यक्रम बिहिबार समापन गरेको छ । डा. डेविड क्याफेमा भएको उद्घोषण तालिमको सहजिकरण नझरेका फूलहरुका कार्यक्रम प्रस्तोता केपी घिमिरेले एकता बालक्लवका सहयोगका निम्ती आफुले प्राप्त गर्ने पारिश्रमीक नलिइ संस्थाको हितका निम्ती निःशुल्क रुपमा गरेका थिए । घिमिरे पछिल्लो समय साहित्य कला र सङ्गीतको संरक्षण र संवद्र्धन गर्दै गाउँ समाजमा भएका कला र गलालाई हौसला प्रदान गर्न राष्ट्रिय कलाकारलाई स्थानीय गाउँ ठाउँमा ल्याउन सफल भएका छन् ।
तीन दिने उद्घोषण तालिम लिइसकेपछि सहभागिले आफुमा अन्तरनिहीत रहेको कला उजागर भएको र अगाडि सम्म जान डराउने अवस्थालाई अन्त्य गरी समाजमा विद्यालयमा भएका कार्यक्रमको सफल उद्घोषक बन्ने उत्प्रेरणा जागेको बताएका थिए ।
सुविजीमुर, सिदार्थ, इन्द्रपुर नमुना, सकुना, ब्राइट फ्युचर, दराइजिङ, बालप्रतिभा लगायत विद्यालयका करिब १२० जना बालबालिका क्लवमा आबद्ध भएका छन् । यो क्लव २०७० सालमा स्थापना भएको हो ।
Facebook Comment
Banner
शिक्षकका माग मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार सहमत

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
Banner
सरकार-शिक्षक वार्ता जारी,

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।
वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।
वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्
आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।
Banner
शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।
वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।
शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।
शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।
यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login