Connect with us
Advertisement

श्यामबहादुर कार्कीको संयोजकत्वमा साझा युवा संगठन सुन्दरहरैचा नगर समिति गठन

Published

on

विराटचोकः साझा पार्टीले मोरङको सुन्दरहरैंचामा साझा युवा संगठन नगर समिति गठन गरेको छ । समितिको संयोजकमा वडा नं ५ का श्यामबहादुर कार्की रहेका छन् भने सहसंयोजकमा वडा नं २ का रुद्रबहादुर मगर रहेका छन् । त्यस्तै, सचिवमा वडा नं ४ का सफल बास्कोटा, सहसचिवमा वडा नम्बर ७ का सरोज खतिवडा र कोषाध्यक्षमा वडा नं ५ की पूजा गौतम चयन भएका छन् । संगठन विभाग प्रमुखमा वडा नं ४ का सुरेन्द्र बस्नेत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा वडा नं २ का प्रेम खवास, वडा नम्बर ३ का ममता मण्डल, गंगा लिम्बू, जमुना लिम्बू, लक्ष्मण दाहाल, निर्मल लुइँटेल, राम दाहाल, पङ्कज खतिवडा र उद्दव कटुवाल छानिएका छन् । वडा नम्बर ४ का पूजा सिग्देल, सरिता काफ्ले, र दिनेश घिमिरे, वडा नम्बर ७ का सुमन श्रेष्ठ र विनोद गिरी तथा वडा नम्बर १० का सुदीप भण्डारी चुनिएका छन् ।

वडा नं ५ का विकास न्यौपाने, शिशिर पौडेल, कुशल घिमिरे, यम घले, किशोर थापा, चेतन तिवारी, उद्धव घिमिरे र वसन्त दाहाल सदस्य चयन भएका छन् ।

वडा नं ६ का विनोद निरौला, राकेश कार्की र प्रकाश श्रेष्ठ, वडा नं ८ की ट्वीङ्कल चौधरी, वडा नं ११ का सुदीप भट्टराई र अञ्जन घिमिरे सदस्यमा चयन भएका छन् । समितिको सल्लाहकारमा वडा नम्बर ४ का निरोज भट्टराई रहेका छन् ।

साझा युवा संगठनले कटहरीमा गठन गर्याे गाउँ समिति

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रेशमलाई छाड्न सर्वोच्चले पठायो अर्को पत्र

Published

on

By

सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न अर्को पत्र पठाएको छ ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएका हुन् ।

पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ ।

आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको प्रवक्ता कुइँकेलले बताए ।पत्रको व्यहोरामा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२/१/१७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

Continue Reading

Banner

राप्रपा प्रदर्शन : लिङ्देनसहित ७ जना नियन्त्रणमा

Published

on

By

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहनेको संख्या सात पुगेको छ ।

युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पनि नियन्त्रणमा लिएसँगै संख्या सात पुगेको हो । उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो । उनी अध्यक्ष राजेन्द्र लिङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।

अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

नियन्त्रणमा लिइएकाहरू सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

Continue Reading

Banner

सिंहदरबारबाट पक्राउ परेका लिङ्देनसहितका नेताहरू भद्रकालीमा

Published

on

By

सिंहदरबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काअध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।

सिंहदबारमा केहीबेर अघि अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी अपिल राज बोहराले जानकारी दिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending