Connect with us
Advertisement

जीवनका भुलहरू नामक सडक नाटक प्रदर्शन

Published

on

विराटचोक ः मोरङको सुन्दरहरैंचा नगरपालिकामा सचेतना मुलक नाटक आइतबार बाट सुरु भएको छ । सुन्दरहरैंचा सांस्कृतिक परिवारको आयोजनामा भएको नाटकको उद्घाटन नगरउपप्रमुख धनमाया तामाङले गर्नुभएको छ । सुन्दरहरैंचाको वडा नम्बर १२ का विभिन्न स्थानमा ‘जीवनका भुलहरू’ नामक सडक नाटक प्रदर्शन गर्न लागिएको हो ।
आज वडा नम्बर १२ को प्राङ्गणमा प्रमुख अतिथि तामाङले रिबन काटेर नाटकको उद्घाटन गरे पछि यो ३ दिन सम्म प्रद्धशन हुने छ ।


आयोजकले खोर्साने, सुन्दरहरैंचा नगरपालिका अगाडि, हरैँचा मोड, सुकुना क्याम्पस अगाडि, शुक्रबारे बजार लगायतका स्थानमा प्रदर्शन गरिने बताइएको छ ।
सिद्धार्थ बोर्डिङ स्कुल खोर्सानेमा अध्ययनरत इराजन राई, आर्य अधिकारी, अनु दास, शमशेर आलम र अनुप बस्नेतले सडक नाटकमा अभिनय गर्ने भएका छन् । सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले लेखेको सो नाटक प्रदर्शनको लागि वडा नम्बर १२ ले आर्थिक सहयोग गर्ने भएको छ ।

लागूपदार्थ दुव्र्यसनबाट बच्न जनचेतना दिने उद्देश्यले नाटक प्रदर्शन गर्न लागिएको सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले बताएका छन् ।
। कार्यक्रममा वडा अध्यक्ष रोशनप्रसाद ढकाल, सुकुना क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वडा सदस्य लगायतको उपस्थिति थियो । कार्यक्रमको स्वागत वडा नम्बर १२ का सचिब अनिल पोख्रेलले गर्नुभएको थियो ।

Continue Reading

Facebook Comment

17 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

Published

on

By

मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

 

प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

Continue Reading

Banner

सुकुना बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

Published

on

By

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा यही बैशाख ६ र ७ गते हुन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ ।

सहायक क्याम्पस प्रमुख तथा सो शैक्षिक सम्मेलनका संयोजक गणेशप्रसाद दहालका अनुसार सम्मेलन सम्पन्न गर्न विभिन्न समिति, उपसमिति तथा सदस्यहरूको जिम्मेवारी तोकिएको छ ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको व्यवस्थापनमा ध्यान दिइएको छ ।

सम्मेलनका विविध विषयमा ७० ओटा कार्यपत्र प्रस्तुत हुने भएका छन् । विभिन्न तीन कि नोट स्पीकर मुख्य हलमा सम्पन्न हुनेछ । त्यसपछि साइन्स टेक्नोलोजी र म्याथ मेटिक्स, ह्युमेनिटिज एण्ड एजुकेसन तथा म्यानेजमेन्ट गरी तीन ठाउँमा कार्यपत्र प्रस्तुत हुने भएको छ । त्यसपछि ५ वटा सेसन सञ्चालन हुने बताइएको छ ।

कन्भेनर सदस्य गुणराज नेपालका अनुसार सम्मेलनमा नेपालका साथै भारत, चीन, अमेरिकासहित ७ देशका प्राध्यापक तथा शिक्षाविद्ले सम्मेलनमा आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ ।

सम्मेलनलाई सफल बनाउने विषयमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीबीच हिजो संयुक्त बैठक बसी छलफल भएको छ ।

बैशाख ६ गते बिहान ९ बजेदेखि ५ बजेसम्म र बैशाख ७ गते बिहान साढे ८ बजेदेखि ४ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । सम्मेलनमा ३०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।

Continue Reading

Banner

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथानका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

Published

on

By

वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ ।

उपाध्यक्ष गुणवतीदेवी थारूले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।सोमबार अध्यक्ष माझीले उपाध्यक्ष गाउँपालिकामै हुँदाहुँदै वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएका थिए । माझी भने चीन भ्रमणमा छन् ।

उपाध्यक्ष अध्यक्षको निर्णयविरुद्ध उच्च अदालत पुगेकी थिइन् ।

उक्त निर्णयबारे बिहीबार सुनुवाइ गर्दै जारी भएको अन्तरिम आदेशमा भनिएको छ, ‘रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा वहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाट देखिँदा सुविधा सन्तुलन एवं कानुनको उचित प्रयोगको दृष्टिकोणबाट निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिन आयो ।’

माझी मंसिरको उपनिर्वाचनमा माओवादीबाट माझी अध्यक्षमा निर्वाचित भएका थिए । उनको उपाध्यक्षसँग सम्बन्ध राम्रो छैन । गत सोमबार आफ्नो बिदाइमा पनि नआएको भन्दै उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।

यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकाको उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending