Connect with us
Advertisement

दाङको प्रदेशसभा सदस्यमा नेकपा विजयी, कांग्रेस दोस्रो, साझा पार्टी तेस्रो

Published

on

विराटचोकः दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव शर्मालाई ५ हजार बढी मत अन्तरले उनले पछि पारेकी हुन् । खत्रीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याउँदा कांग्रेस उम्मेदवार शर्माले १९ हजार १ सय ८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेको साझा पार्टीका शिवराज चौधरीले २ सय ६६ मत ल्याएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

उपचुनाव २०७६

१ मतको फरकले धरानको ७ नम्बर वडामा नेकपा विजयी

Published

on

By

धरानः धरान उपमहानगरपालिकाको वडा नम्बर ७ मा १ मतको अन्तरमा नेकपाका जीवराज सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ६ सय २२ मत ल्याउँदा कांग्रेसका सुवर्णमोहन पलिखेले ६ सय २१ मत ल्याएका छन् ।

त्यस्तै, राप्रपाका दिनेश शाक्यले २० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी निता राईले ७ मत ल्याएकी छिन् । यो वडामा जम्मा ४ जनाले उम्मेद्वारी दिएका थिए । २ हजार २५ मतदातामध्ये १ हजार ३ सय ३१ मत खसेको थियो । जसमा ६१ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

यद्यपि १ मतको फरकले नतिजा आएपछि नेपाली कांग्रेसले पुनः मतगणनाको लिखित माग गरेको छ ।

Continue Reading

उपचुनाव २०७६

कम्युनिष्टको लालकिल्ला तोड्दै धरानको प्रमुख पदमा काङ्ग्रेसका तिलक राइको ऐतिहासिक जित

Published

on

By

 बिराटचोक   कम्युनिष्टको लालकिल्ला भनेर चिनिने धरानको प्रमुख पदमा नेपाली काङ्ग्रेसका तिलक राइले ऐतिहासिक जित दर्ता गरेका छन्।

२०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्‍थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख पदमा काङ्ग्रेसले ऐतिहासिक बाजी मारेको हो।

मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन्। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो। मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले यो पटक भने बढी मत ल्याएका हुन् ।

मतगणना भएको सुरुवाती चरणमा मात्र झिनो मतले लिड गरेका प्रकाश राई त्यसपछि निरन्तर तिलक राईको पछि नै परेका थिए। साविक चुनावमा वामपन्‍थी समूहले जितेका ९ वटा वडामा कांग्रेसले बढी मत पाएको छ।

Continue Reading

उपचुनाव २०७६

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वार, वडा नम्बर १ मा नेकपा विजयी

Published

on

By

विराटचोकः प्युठानको ऐरावती गाउँपालिकामा नेकपाको समर्थनमा उठेका स्वतन्त्र उम्मेद्वार भिमेशकुमार घर्ती निर्वाचित भएका छन् ।

लठ्ठी चुनाव चिह्न लिएर वडा नम्बर २ को अध्यक्षमा चुनावमा उठेका उनले ८ सय ५५ मत पाउँदा राष्टिय जनमोर्चाका भक्तबहादुर विश्वकर्माले ५ सय ४ र नेपाली कांग्रेसका भुपाल जिसीले ३ सय ५६ मत पाए ।

सोही गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपाका उम्मेद्वार दोर्णप्रसाद पाण्डे ६ सय ९६ मत ल्याएर विजयी हुँदा कांग्रेसका अमरबहादुर रेश्मीले ६ सय ८७ मत ल्याएका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending