Connect with us
Advertisement

एथलेटिक्समा भारतलाई ५ स्वर्ण

Published

on

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको दोस्रो दिन ७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलंकाको नाममा समान १ स्वर्ण रह्यो ।

पुरुषतर्फ लङजम्प, डिस्कस थ्रो र १० हजार मिटर दौड तथा महिलातर्फ २ सय मिटर र डिस्कस थ्रोमा भारतले स्वर्ण जितेको हो । पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कमारले निर्धारित दुरी २९ दशमलव ३३ दशमलव ६१ सेकेण्डमा पूरा गरे । श्रीलंकाका सानमुगेश्वरनले निर्धारित दूरी ३० दशमलव ४९ दशमलव ३० सेकेण्डमा पूरा गरी रजत तथा नेपालका दीपक अधिकारीले कास्य जिते ।

महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दूरी २३ दशमलव ६६ सकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् । ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित कास्य जितिन् । सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए ।

लङ जम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७ दशमलव ८७ मिटरको दूरीका साथ स्वर्ण पदक जित्दा भारतकै स्वामीनाथन यादवले ७ दशमलव ७७ मिटरको दुरीका साथ रजत र बंगलादेशका अलअमिनले ७ दशमलव ६० मिटरको दूरीका साथ कास्य जिते ।

महिला लङ जम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६ दशमलव ३८ मिटरको दूरीका साथ स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६ दशमलव ११ मिटरको दूरीका साथ रजत र भारतकी सान्द्रा बाबुले ६ दशमलव ०२ मिटर को दूरीका साथ कास्य पदक जिते ।

यता डिस्कस थ्रो महिलामा नबजित कौरले ४९ दशमलव ८५ मिटर फ्याँक्दै स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४७ दशमलव ३१ मिटर फ्याँक्दै रजत र श्रीलंंकाकी इशारा मधुरंगले ४१ दशमलव २९ मिटर फ्याक्दै कास्य जितिन् । नेपालकी अमृता महतोले ४० दशमलव १९ मिटर फ्याक्दै कास्य जितिन् ।

पुरुष डिस्कस थ्रोमा भारतका कृष्ण सिंहले स्वर्ण र गगनदीप सिंहले रजत जिते । पाकिस्तानका साम्स उलहकले कास्य जिते ।

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा मेयर कपको उपधी आयोजक सुन्दरहरैँचा नगरपालिकाले जित्यो

Published

on

By

सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुमेको छ । शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं.१ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाको फुटबल टिमलाई हराउँदै सुन्दरहरैँचाले उपाधि हात पारेको हो ।

सुन्दरहरैँचाले पथरीशनिश्चरेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको ११ मिनेटमा पथरीशनिश्चरेका जर्सी नं.१० का नीरज परियारले गोल गरे । तर सुन्दरहरैँचाका जर्सी नं.१२ का खेलाडी आसिस वनले ३१ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुराए । लगतै पहिलो गोल गरेको ३ मिनेट नपुग्दै जर्सी नं.१३ का खेलाडी पूजन चौधरीले गोल गोल गरे ।

चौधरीको गोल नै निर्णायक बन्न पुग्यो । र सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले नै हात पार्न सफल भयो । विजेता टिमले रु.४ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले रु.२ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । साथमा दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलको मेन अफ द म्याच सुन्दरहरैँचाका खेलाडी पूजन चौधरी घोषित भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् । वेस्ट फरवाड पथरीशनिश्चरेका खेलाडी सौर्य रावत, सुन्दरहरैँचाका विवश गुरुङ वेस्ट मीड फिलडर, वेस्ट गोल किपर रोशन कार्की, सर्वाधिक गोलकर्ता पूजन चौधरी, वेस्ट डिफेन्डर विजय राई घोषित भएका छन् । उनीहरूले जनही रु.५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मेन अफ द सिरिज सुन्दरहरैँचाका खेलाडी सुजन चौधरी घोषित भएका छन् । उनले रु.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता सुन्दरहरैँचा खेलकुद विकास समितिका सदस्य सचिव खड्क बहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको हो ।

कोशी न्युजबाट साभार

Continue Reading

Banner

अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

Published

on

By

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भएको हो ।

मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर बिहानैदेखि वर्षा भएपछि खेल हुन सकेन । वर्षा रोकिए पनि मैदान चिसो भएका कारण खेल रद्द गरिएको हो ।

खेल रद्द भएसँगै नेपालले यू-१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ । आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्न नेपाललाई अवसर थियो ।

पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो । आईसीसी यू-१९ विश्वकप आगामी वर्ष जिम्बावेमा हुँदै छ ।

Continue Reading

Banner

तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

Published

on

By

मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

 

प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending