Connect with us
Advertisement

खोला छेउमा रहेको अस्थायी शौचालयमा शौच गर्ने धेरै, सार्वजनिक शौचालयमा न्यून

Published

on

विराटचोकः पूर्वपश्चिम राजमार्गमा पर्ने मोरङको सुन्दरहरैंचाको मालती पुलको पश्चिम दक्षिणमा सिमलको रुख छ । त्यस ठाउँमा दैनिक सयौँ गाडी रोकिने गर्दछन् । खासगरी त्यहाँ रोकिनेमा मोटरसाइकलहरु बढी हुने गर्छन् । सो ठाउँमा टिनको पाताले रुखलाई घेरा लगाएर ‘विशेष ठाउँ’ बनाइएको छ । त्यहाँ रोकिने मानिस टिनको पाताले रुखलाई बेरेर बनाइएको शौचालयमा शौच गरेर गन्तव्यतिर लाग्ने गर्छन् ।

सो ठाउँको उत्तरतर्फ ‘सान्त्वना खाजा घर’ रहेको छ । परिवारसहित बसेका धनबहादुर श्रेष्ठले सो खाजाघर सञ्चालन गरेका हुन् । उनलाई ‘यहाँ कसले अस्थायी शौचालय बनाएछ’ भनेर सोध्दा आफूले नै सो शौचालय बनाएको बताए । ‘तपाईलाई सुन्दरहरैंचामा करोडौ लगानी गरेर अत्याधुननिक शौचालय बनाएको थाहा छ भनेर उनलाई प्रश्न गर्दा आफूलाई थाहा नभएको बताए ।

उनी भन्छन्, ‘मलाई थाहा छैन । यहाँ त खुला ठाउँमा आफ्नै पसलतिर फर्केर मानिसले पिसाब गर्न थालेकाले तथा घरमा र पसलमा महिला आमा दिदीबहिनी पाहुनाहरुलाई असहज लागेकाले टिनले बारेर शौचालय बनाइदिएँ ।’ आफू र परिवारलाई लाजै लाग्न थालेकाले बाटो हिँड्नेको पनि उद्दारै होस् भनेर अस्थायी शौचालय बनाएको उनले सुनाए ।

‘आफ्नो लाज ढाक्न पनि यस्तो सेवा गर्नुपर्यो,’ हाँस्दै उनी सुनाउँछन्, ‘अहिले यहाँ करीब ५ सयको हाराहारीमा मानिसले पिसाब गर्छन् । यहाँ उज्यालो भएदेखि रातिसम्म नै मानिसले पिसाब फेरिरहेका हुन्छन् ।’

न्यून संख्यामा छन् सार्वजनिक शौचालयमा जाने

यता ५ महिना पहिले सुन्दरहरैंचा र सलकपुरमा सञ्चालनमा आएका अत्याधुनीक सुविधासम्पन्न शौचालयमा भने दैनिक १० देखि १२ जना मात्र जाने गरेको पाइएको छ । करोडौ खर्च गरेर बनाइएको शौचालयमा भन्दा खुला ठाउँमा शौच गर्न जानेको संख्या धेरै छ । सलकपुरमा रहेको शौचालयको रेखदेख गर्ने सुनिता मल्लिकका अनुसार दिनमा ९० देखि १ सय रुपैयाँ संकलन हुन्छ । शनिबार बजारको दिन भएको हुनाले अलि धेरै मानिसहरु शौचालयमा आउने उनले बताइन् ।

उनका अनुसार शौचालय सञ्चालन भएपछि ३ महिना सम्म निःशुल्क शौच गर्न पाइने समयमा भने बजारका प्रायः सिटी सफारी चालक, अटो चालक सधैँ शौच गर्न त्यहाँ जाने गरेका थिए । अहिले शौच गरेको शुल्क लाग्न थालेपछि उनीहरु कोही पनि नआएको उनले सुनाइन् । यस्तै, कतिपय मानिस शौच गर्न आउने तर आफूले चन्दा दिएको पैसाले बनाएको शौचालय भएको हुनाले किन पैसा तिर्ने भन्दै हिँड्ने गरेको पनि उनले सुनाइन् ।

सो अत्याधुनिक शौचालयमा साबुनपानी, टिस्यु पेपर, टावल, बस्ने सोफा, पत्रपत्रिका पढ्ने कक्ष, धूमपान गर्ने कक्षका साथै सैलुन पनि रहेको छ । तर पनि मोटरसाइकल चालकहरु भने खुला क्षेत्रमा नै शौच गरिरहेका भेटिन्छन् । सार्वजनिक शौचालयमा पिसाब फेरेको ५ रुपैयाँ, दिसा गरेको १० रुपैयाँ र रिफ्रेस भएको १५ रुपैयाँ शुल्क राखिएको छ । गत माघ १० गतेदेखि शुल्क लिन थालिएको उनले जनाइन् ।

सम्बन्धित समाचार

युरोपियन मापदण्डमा बनेका अत्याधुनिक शौचालय भोलि उद्घाटन हुँदै, यस्ता छन् विशेषता

सुन्दरहरैंचाको विराटचोक र सलकपुरका सार्वजनिक शौचालयको उद्घाटन

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending