Connect with us
Advertisement

बेलबारी साना शहरी खानेपानीको चुनावका लागि ३ दलको गठबन्धन

Published

on

विराटचोकः बेलबारी साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि ३ दलीय गठबन्धनले पत्रकार सम्मेलन गरी आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।

चैत ७ गते शनिबार हुने निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन गरी ४ पदमा उम्मे्दवारी दिएका छन् । बाँकी ५ पदमा भने सर्वसम्मत रुपमा सञ्चालक चयन भएका छन् । निर्वाचनमा अध्यक्ष, कोषाध्यक्ष र खुला सदस्य २ जनाका लागि मतदान हुँदैछ ।

गठबन्धन अन्तर्गत अध्यक्षमा कांग्रेसकी रुक्मिणी धिमाल, उपाध्यक्षमा जनता समाजवादीका केशव घले, सचिवमा माओवादी केन्द्रका जगतबहादुर क्षेत्री र कोषाध्यक्षमा डिल्लीराज गिरी (उत्तम)ले उमेद्वारी दिएका छन् । खुला सदस्यमा कांग्रेसका प्रेमबहादुर गुरुङ र गणेश बस्नेतले उम्मेद्वारी दिएका छन् ।

पत्रकार सम्मेलनमा गठबन्धनबाट अध्यक्षकी उमेद्वार रुक्मिणी धिमालले आफ्नो प्राथमिकता सहितको प्रतिबद्धता प्रस्तुत गरिन् । आफू वर्तमान कार्यसमितिमा रहेकी हुनाले सोही अनुभवलाई संस्थाको हितमा कार्यन्वयन गर्ने उनको भनाइ थियो ।

आफूले पहिलो प्राथमिकता वडा नम्बर ३ मा रहेको खानेपानीको समस्यालाई लिएको उनले बताइन् । संस्थालाई सक्रिय बनाउन र सदस्यलाई जागरुक बनाउन तालीम, गोष्ठी, अन्तरक्रियालगायतका कार्यक्रमलाई जोड दिने उनले बताइन् ।

चुनाव प्रचार प्रसार समितिका सहसंयोजक पर्शुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य नगेन्द्रप्रसाद जमरकट्टेल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष तिलक राई, माओवादी केन्द्रका तिलकप्रसाद राईलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा निर्विरोध सबै पदाधिकारी उपस्थित भएर यही गठबन्धनलाई आफूहरुको समर्थन रहेको जनाएका थिए ।

संस्थाका सञ्चालक समितिको महिला सदस्यमा माओवादी केन्द्रकी शर्मिला लुङ्गेली, जनता समाजवादीकी बबिता राई र कांग्रेसकी सीतादेवी बास्तोला निर्विरोध चयन भइसकेका छन् । त्यस्तै, उपाध्यक्ष पदमा केशव घले र जगतबहादुर क्षेत्री पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

अध्यक्ष पदका लागि रुक्मिणी धिमाल र खेमप्रसाद गौतम, कोषाध्यक्ष पदका लागि तोषित सुवेदी र डिल्लीराज गिरी तथा २ जना छानिने सदस्य पदका लागि प्रेमबहादुर गुरुङ, प्रकाशकुमार भण्डारी र गणेश बस्नेतले उम्मेद्वारी दिएका छन् ।

Continue Reading

Facebook Comment

1 Comment

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending