Connect with us
Advertisement

जनप्रतिनिधिकै घरमा श्रीमान्बाट मरणसन्न हुने गरी कुटिइन् महिला

Published

on

विराटचोकः मोरङको केराबारी गाउँपालिका वडा नंं.३ स्थित जनप्रतिनीधिकै घरमा श्रीमानको कुटपिट्बाट पिडित भएकी छन् ।

श्रीमान भरत श्रेष्ठले शरिरको सम्बेदनशिल अंग सहित शरिरका विभिन्न भागमा निलडाम र मरणासन्न हुनेगरी विना कारण कुटपिट गरेका हुन् । यसरी दैनिक जसो कुटपीट गर्दा समेत  वडा अध्यक्ष आफना ससुराले कुनै प्रतिक्रिया नदिएको भन्दै पिडित वुहारी नरमाया निरौला श्रेष्ठले न्यायको लागि आफनो आवाज उठाई दिन संञ्चारकर्मी महिला अधिकारकर्मीहरुलाई पत्रकार सम्मेलन गरी आग्रह गरेकी छिन् ।

२०६२ सालमा एकै गाउँमा श्रेष्ठ युवक संग प्रेम विवाह गरेकि थिइन् । बैवाहिक सम्बन्ध पश्चात १५ वर्षका एक छोरा र ९ वर्षकी एक छोरीका साथ केराबारी ३ मा स्थाई बसोबाँस गर्दै आएका श्रीमान भरतले आफूलाई दर्जनौं पटक कुटपिट गरेको भन्दै उनले बुधबार इलाका प्रहरी कार्यालय बेलबारीमा घरेलु हिंसा सम्बन्धि उजुरी दिएकी छिन् ।

घट्ना अनुसार श्रीमान श्रेष्ठले कयौं पटक कुटपिट गर्दापनि आफनो माइती तथा घरपरिवारको इज्जवत प्रतिष्ठाका लागि सहेर बसेको तर वैशाख १ गतेको घट्नाले आफु मृत्युको मूखबाट फर्किएपछि कुटपिट र हिंसा सहेर बस्न नसक्ने भन्दै श्रीमान विरुद्ध उजुरी दर्ता गरेकी छिन् ।

पटक पटक इलाका प्रहरी कार्यालय केराबारीमा कुटपिट सम्बन्धि छलफल र मिलापत्र गरीएको भएपनि मदिरा सेवन गरी आउँने अनि मरणासन्न हुने गरी कुटपिट गर्ने कार्य नरोकिएपछि आफु वर्षैदेखि पिडित बन्नु परेको नरमाया निरौला (श्रेष्ठ) ले बताइन् ।  आफूले प्रेम विवाह गरेकै कारण सासु ससुराले राम्रो नजरले नहेरेको र माइती पक्षमा कसैलाई खवर नगरी सहेर बसेको उनले वताइन् । विवाह गरेकै वर्षबाट यसरी वारम्बार पिटीदैअाएकाे उनी बताउछीन्

उनका ससुरा भक्त श्रेष्ठ वडा नं.३ का वडाध्यक्ष हुन् । तर पटक पटक छोराले कुटपिट गर्दापनि आज सम्म एक शव्द कुनैप्रतिक्रिया दिएका छन् । के कसो छ ? समेत सोधीखोजी नगरेको भन्दै स्थानीयले समेत चिन्ता व्यक्त गरेका छन् ।

घट्नाअनुसार ट्याक्टर चालक रहेका श्रीमानले वैशाख १ गतेका दिन विना कारण मरणासन्न हुने गरी कुटपिट गरे कुटपिट पछि उपचारका लागि लान्छु भन्दै भाई संग मध्यरात घोपा क्याम्प हिडेका श्रीमान् खाजा खान्छु भनेर अस्पताल बाटै फरार भएको पिडित महिलाले बताइन् । उपचार गराउन अस्पताल हिडेका श्रीमान नै फरार भएपछि उपचार गराउन नपाई अस्पतालबाट मध्यरात घर फर्किएको उनले बताइन् ।

यता घट्नाको सम्बन्धमा ओरेक नेपालकी प्रतिनीधि निर्मला लिम्बूले भनिन्, कुटपिटवाट अति सम्बेदनशिल अंगहरुको बाह्य तथा भित्री भागमा पनि चोटपटक र नील डाम देखिएको बताएकी छिन् । उनले न्याय पाउनुपर्छ, लिम्बूले बताइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending