Connect with us
Advertisement

कोभिड-१९ संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्श बिना सेवन नगर्नुस्

Published

on

सञ्जोग शिवाकोटी/साउथ एसिया चेक

काठमाडौँको मनमैजुस्थित संयुक्त फार्मेसीका सञ्चालक रमेश लामिछानेका अनुसार त्यस्तो सूची लिएर औषधि खरिद गर्न मानिसहरु उनकाे पसलमा आउने गरेका छन्। “३-४ दिनमा करिब ६-७ जना व्यक्ति एकै किसिमको औषधिको सूची लिएर आए। पहिले त मैले कुनै डाक्टरले नै सिफारिस गरेको औषधि होला भन्ने सोचेँ तर पछि मेरै एक आफन्तले मलाई फोटो पठाई यो औषधि फेसबुकमा देखेको सही हो कि हैन भनेपछि  पो थाहा पाएँ,”  लामिछानेले भने। लामिछानेले त्यसपछि त्यस्तो सूची लिएर आउनेलाई औषधि नदिएको साउथ एसिया चेकलाई बताए।

उक्त सूचीमा ७ किसिमका औषधिहरु छन्।

ती औषधिको नाम र तिनको प्रयोग यस प्रकार छन्:

यी औषधिमध्ये जिङ्कोभिट, लिम्सी र सेलकाल भिटामिन र पाेषण पुरक औषधिहरु हुन्। डोक्सी र एजीथ्रल एन्टिबायोटिक (औषधि जसले शरीरमा रहेका हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्दछ वा तिनीहरूको विकास सीमित गर्दछ) हुन् भने डोलो ज्वराेको र इभरमेक्टीन जुकाको औषधि हो।

भिटामिन र पाेषणदायक औषधिहरु कोभिड-१९ का बिरामीका लागि उपयोगी हुनसक्ने भएतापनि त्यसको पुष्टि हुन सकेको छैन। त्यसैले यी औषधि चिकित्सकको सल्लाह र सुझाव अनुसार प्रयोग गर्नु उपयुक्त हुने हार्वर्ड मेडिकल स्कुलले प्रकाशित गरेको एक लेखमा जनाइएको छ। यसैगरी साइन्सन्युजमा प्रकाशित एक लेखमा भिटामिन सि, डि र जिन्कको कमी भएका कोभिड संक्रमितलाई मात्र यी दबाइले सहयोग गर्ने उल्लेख गरिएको छ। पुरक औषधि साधारणतया सुरक्षित भएतापनि इन्फेक्सनबाट बच्न चिकित्सकको सल्लाह अनुरुप प्रयोग गर्नु पर्ने उल्लेख गरिएको छ।

यसैगरी उक्त सूचीमा दुइवटा एन्टिबायोटिक पनि छन्। अमेरिकी स्वास्थ्य सम्बन्धी वेबसाइट हेल्थलाइनका अनुसार एन्टिबायोटिक गलत तरिकाले प्रयोग गरेमा फाइदा भन्दा हानि बढी गर्दछ। एन्टिबायोटिकले ब्याक्टेरियालाई उपचारको लागि प्रतिरोधात्मक बनाउन सक्छ भने यसले प्रतिरक्षा कोशिकालाई क्षति पुर्‍याउँछ र हाम्रो शरीरका सेतो रक्त कोशहरूको क्षमतामा ह्रास ल्याउन सक्छ। यसैगरी अमेरिकाकाे सेन्टर्स फर डिजिज कन्ट्राेल एण्ड प्रिभेन्सन (सिडिसि) का अनुसार जरुरी नभई एन्टिबायोटिक प्रयोग गर्नाले हानि गर्दछ। अनियन्त्रित एन्टिबायोटिकले झन् बढी बिरामी बनाउन सक्ने वा अन्य असर गर्न सक्ने सिडिसिले उल्लेख गरेको छ। यसै कारण सिडिसिले चिकित्सकको सल्लाह अनुसार मात्र एन्टिबायोटिक प्रयोग गर्न र अरुलाई सिफारिस गरिएको एन्टिबायोटिक प्रयोग नगर्न सुझाएको छ।

“यी औषधिहरु डाक्टरको सल्लाह बिना आफै सेवन गर्दा धेरै नराम्रो असर गर्नसक्छ,” काठमाडौँस्थित शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर अरुण उप्रेतीले साउथ एसिया चेकलाई बताए। “यसरी जथाभावी ‍औषधि सेवन गर्दा ती दबाइ चाहिने बिरामीलाई मार पर्ने र बजारमा सर्टेज हुन सक्छ।” डा. उप्रेतीका अनुसार अस्पतालमा चिकित्सकको निगरानीमा कोभिड-१९ संक्रमितलाई यस्ता केही ‍औषधि चलाउनु स्वभाविक भएता पनि बिना परामर्श सेवन गर्नु उचित हुँदैन।  त्यस्तै डा. कल्याण सुवेदीले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै डाक्टरले ‘प्रिस्क्राइब’ गरेको बाहेक अन्य औषधि नखान सुझाएका छन्। उनले भनेका छन्, “त्यो औषधिको लिस्टको पछि नलाग्नु होला। ज्वरो आउँदा जुनसुकै ज्वरो घटाउने औषधि र खोकी लाग्दा खोकी कम गर्ने औषधि भन्दा अरु केही खानु पर्दैन।”

यसरी चिकित्सकको परामर्श बिना कुनै पनि औषधि लिनु अनुपयुक्त वा हानिकारक हुनाले सामाजिक सञ्जालमा फैलिएको कोभिड औषधिको सूची भ्रामक भएको ठहर हुन्छ।

– स्वास्थ्य खबर डट कमबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending