Connect with us
Advertisement

बजेटले समेटेको प्रदेश नम्बर १

Published

on

विराटचोकः सरकारले आगामी आर्थिक वर्षका लागि हिजो शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ को हवाई र सडक पूर्वाधार प्राथमिकतामा परेको छ ।

यस्ता छन् बजेटले समेटेको प्रदेश नम्बर १ का महत्वपूर्ण योजनाः

ताप्लेजुङः
सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरण गरी धावनमार्ग बिस्तार गरिने,
ताप्लेजुङ लगायत १३ हिमाली जिल्लामा माध्यमिक तहका आवासीय विद्यालय संचालन गरिने,
सहलगानीमा निर्माणाधीन पाथीभरा बजारको खानेपानी आयोजना सम्पन्न गर्ने
ओलाङचुङगोलामा सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने,

पाँचथरः ट्रान्समिटर थप गरी रेडियो नेपालको पहुँच बिस्तार गरिने,

इलामः सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिने,
वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सन्दकपुरमा पर्यटन पूर्वाधार निर्माण गरिने,
माइपोखरीको संरक्षण एवं सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने,

झापाः
बिर्तामोड–चन्द्रगढीलाई मेघा सिटीमा विकास गरिने,
चन्द्रगढी विमानस्थलको स्तरोन्नति गरिने,
काँकरभिट्टा–इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी सम्पन्न गरी निर्माण कार्य थालिने,
समृद्ध तराई मधेस सिँचाइ कार्यक्रम अन्तर्गत ट्युवेल जडान गरिने,
कन्काई नदी नियन्त्रण गरिने,
भद्रपुर बजारलाई कटानबाट बचाइने र जनताको तटबन्ध अन्तर्गत मावा र बिरिङ खोलामा बायोइन्जिनियरिङ प्रविधिबाट नदी नियन्त्रण गरिने,
दमकको औद्योगिक क्षेत्रको पूर्वाधार तयार गरिने,
रतुवा, बिरिङ र कन्काईमा पुल निर्माण गरिने,
चन्द्रगढीमा कृषिमा आधुनिक प्रविधिको विकास गर्न कृषि फार्मलाई सेन्टर फर एक्सिलेन्स स्थापना हुने,
दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रङ्गशाला दुई वर्ष भित्र सञ्चालनमा ल्याउने गरी निर्माण गरिने,
मेची नाकामा कन्टेनर स्क्यानर मेसिन जडान गरिने,
दमकमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने,

तेह्रथुमः
चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरी निमार्णकार्य अघि बढाइने,

संखुवासभाः
तुम्लिङटार विमानस्थलको स्तरोन्नति गरिने,
माथिल्लो अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा यकिन गरी पूर्वतयारीको काम पूरा गरिने,
कोशी कोरिडोर अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक निर्माण कार्यलाई तीव्रता दिइने,
सहलगानीमा निर्माणाधीन चैनपुर बजारको खानेपानी आयोजना सम्पन्न गर्ने,
किमाथाङ्कामा सुक्खा बन्दरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गरिने,

भोजपुरः
ट्रान्समिटर थप गरी रेडियो नेपालको पहुँच बिस्तार गरिने,
भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने,

सुनसरीः
धरान–इटहरीलाई मेघा सिटीमा विकास गरिने,
धरान–धनकुटा सडक खण्ड अन्तर्गत धरान–लेउती सुरुङ मार्ग निर्माण कार्य शुरु गरिने,
इटहरी– विराटनगरमा विद्युतीय बस सञ्चालनमा अनुदान दिइने,
तमोर करिडोर अन्तर्गत चतरादेखि ओलङचुङगोला सडक निर्माण कार्यलाई तीव्रता दिइने,
बर्जुतालको संरक्षण एवं सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने,
इटहरी प्रादेशिक रङ्गशालाको काम अघि बढाइने,

मोरङः
विराटनगर महानगरपालिकाको विद्युतीय तार भूमिगत गरिने,
विराटनगर–जोगबनी खण्डमा रेल सेवा सञ्चालन गरिने,
रतुवा नदी नियन्त्रण गरिने,
बक्राहा खोलामा बायोइन्जिनियरीङ प्रविधिबाट नदी नियन्त्रण गरिने,
विराटनरमा दूध बजार सुनिश्चित गर्न दूध सङ्कलन केन्द्र तथा चिस्यानकेन्द्र र आधुनिक पशु बधशाला स्थापना हुने,
विराटनगरको सरकारी अस्पतालमा दम्पत्तिको लागि आइभीएफ सेवा शुरु हुने,
बाल सुधार गृह सञ्चालन गरिने,
बैजनाथपुरमा क्रिकेट मैदान स्थापना गरिने,
सहलगानीमा निर्माणाधीन मानगढ बजारको खानेपानी आयोजना सम्पन्न गर्ने,
विराटनगर नाकामा कन्टेनर स्क्यानर मेसिन जडान गरिने,

सोलुखुम्बुः
हाई अल्टिच्युड स्पोर्टस सेन्टर स्थापना गरिने,

उदयपुरः
समृद्ध तराई मधेस सिँचाइ कार्यक्रमअन्तर्गत ट्युवेल जडान गरिने,
त्रियुगा नदीको कटान नियन्त्रण गर्न ८४ किलोमिटर तटबन्ध गरिने,

ओखलढुंगाः
सहलगानीमा निर्माणाधीन ओखलढुङ्गा बजारको खानेपानी आयोजना सम्पन्न गर्ने,

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending