Connect with us
Advertisement

नेवि सङ्घद्वारा गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

Published

on

काठमाडौंः हिजो आइतबार बाँकेको कोहलपुरमा भएको घटनाको विरोधमा आज काठमाडौंमा प्रदर्शन भएको छ । प्रहरीले विद्यार्थीमाथि दमन गरेको भन्दै नेवि सङ्घले गृहमन्त्रीको राजीनामाको माग राखी काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेवि संघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका थिए । सो घटनामा घाइते भएका सबै प्रदर्शनकारीको पनि सरकारले निःशुल्क उपचार गर्नुपर्ने माग नेवि सङ्घले गरेको छ ।

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता हुने

Published

on

By

नुवाकोटः नेपाल एकायन कराते संघ बेलकोटगढी, पाखुरे शाखाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता सञ्चालन हुने भएको छ । मंसिर २३ गते हुने प्रतियोगिता नुवाकोट बेलकोटगढी, पाखुरे स्थित श्री पञ्चकन्या आधारभूत बिद्यालयमा आयोजना हुने भएको हो ।

विभिन्न १० तौल समूहमा खेलाइने खेलमा बागमती प्रदेशका १३ वटा जिल्लाका महिला र पुरुष गरी ९७ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सम्पन्न गर्न बेलकोटगढी शाखा प्रमुख समसेर लामाको संयोजकत्वमा १२ सदस्यीय व्यवस्थापन समिति र ८ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

 

Continue Reading

Banner

मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युटको भूकम्प

Published

on

By

काठमाडौंः आज बिहान मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान १ बजेर १९ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो ।

 

Continue Reading

Banner

धादिङमा लगातार भूकम्पको धक्का

Published

on

By

तस्बिर : पाेषनाथ अधिकारीकाे फेसबुक

काठमाडौंः आइतबार बिहान डेढ घण्टाको अन्तरालमा धादिङमा चार पटकमा भूकम्पको कम्पन महसुस गरिएको छ ।

धादिङको ज्वालामुखी–५ खरी केन्द्रबिन्दु गरी ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभई २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै पराकम्पको निरन्तरता हो । आइतबारमात्रै धादिङ केन्द्रबिन्दु भई बिहान ७ः३९, ८ः०८, ८ः२८ र ८ः५९ मा ४ परकम्प गएको थियो ।

केन्द्रका अनुसार पहिलो कम्पन ६.१ म्याग्निच्युडको रहेको थियो । त्यसपछिको धक्का ४.२, ४.३ र ४.१ म्याग्निच्युटको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्काबाट मानवीय क्षति नभए पनि गोरखामा घरको छतबाट हाम फाल्दा १ जना महिला घाइते भएकी छिन् । भूकम्पको केन्द्रविन्दु खरी, बूढीगण्डकी तटीय क्षेत्रमा जमिनमा चिरा परेको र केही ठाउँमा पहिरो गएको बताइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending