Connect with us
Advertisement

३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

Published

on

विराटचोकः फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छिन् । उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने भएका छन् ।

बीबीसीले उल्लेख गरेअनुसार प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले यही साता पदभार ग्रहण गर्ने अनुमान गरिएको छ ।

गत अप्रिल महिनामा गरिएको निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी ठूलो दल बनेको थियो ।

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

रोचक

‘ड्युन २’ बन्यो आईएमडीबीमा अहिलेसम्मकै उच्च रेटिङ पाउने फिल्म

Published

on

By

तिमोथी चालमेट र जेन्डाया स्टारर ‘ड्युन : पार्ट २’ विश्व फिल्मको तथ्यांक राख्ने आईएमडीबीमा अहिलेसम्म सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने फिल्म बनेको छ । यो लोकप्रिय रिभ्यु वेबसाइटमा उक्त साइन्स फिक्सन फिल्मले १० मध्ये ९.४ रेटिङ प्राप्त गरेको छ ।

‘एभेन्जर्स : एण्डगेम’को ८.४ र ‘अवतार’को ७.८ रेटिङलाई उछिन्दै ‘ड्युन २’ शीर्षस्थानमा उक्लिएको हो । यसअघि ९.१ र ९.३ रेटिङको बीचमा अंक प्राप्त गरेका महान् फिल्महरु ‘द गडफादर’, ‘द सशांक रिडेम्पसन’ र ‘द डार्क नाइट’को रेटिङलाई पनि यो फिल्मले उछिनेको छ । ‘ड्युन’को पहिलो भागले ८.१ रेटिङ प्राप्त गरेका थियो भने ६ विधामा ओस्कार जितेको थियो ।

Continue Reading

Banner

प्रियंकारानी जोशीसहित मिस वर्ल्डका सुन्दरी ‘बाघ बचाऔं’ अभियानका दूत नियुक्त

Published

on

By

भारतमा जारी मिस वर्ल्डमा प्रतिस्पर्धा गरिरहेकी प्रियंकारानी जोशी बाघ संरक्षणका लागि ग्लोबल एम्बासडर घोषित भएकी छन् । मिस वर्ल्डको एक विधा मल्टिमिडिया च्यालेन्ज अन्तर्गत अब उनले ‘बाघ बचाऔं’ भन्ने अभियान पनि चलाउनुपर्नेछ ।

नयाँ दिल्लीमा आयोजित समारोहमा प्रियंकासहित मिस वर्ल्डका सुन्दरीलाई ‘सेभ द टाइगर’को सद्भावना दूतको रुपमा घोषणा गरियो । प्रियंकाले ‘सेभ द टाइगर’ लेखिएको टिसर्ट पनि पहिरिएकी थिइन् ।

Continue Reading

Banner

अभिनेत्री नन्दिता केसीले गरिन् इन्गेजमेन्ट, आउँदो शनिबार विवाह

Published

on

By

अभिनेत्री नन्दिता केसीले प्रेमी अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी छन् । केही दिनअघि क्यानडामा यी दुईबीच इन्गेजमेन्ट भएको बताइएको छ ।

मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौंमा रहेको जनाइएको छ । सामाजिक संजालमा प्रेमीसँगको तस्वीर सेयर गर्दै आफूले उनको प्रेम स्वीकारेको उल्लेख गरेकी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending