शिक्षा / स्वास्थ्य
प्याब्सन सुन्दरहरैंचाको अधिवेशनमा विद्यार्थी पुरस्कृत

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैँचा नगर कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनमा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने नगरभित्रका संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
सिद्धार्थ सेकेण्डरी स्कुल खोर्सानेमा भएको कार्यक्रममा ५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो । आयोजकका अनुसार गत वर्षको एसईईमा छात्रातर्फ जुपिटर बोर्डिङ स्कुल गछियाकी रेबिका पराजुली, माउण्ट मकालु बोर्डिङ गछियाकी रेस्मिना थापा र ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुल गोठगाउँकी सदीक्षा भट्टराई पुरस्कृत भएका हुन् । उनीहरुले समान ३ दशमलव ८५ जीपीए ल्याएका थिए ।
त्यस्तै, छात्रतर्फ ब्राइट फ्युचर सेकेण्डरी स्कुल सलकपुरका दिवस बस्नेत र सिद्धार्थ सेकेण्डरी स्कुल खोर्सानेका कपिल शर्मा पुरस्कृत भएका हुन् । उनीहरुले समान ३ दशमलव ९० जीपीए ल्याएका थिए । उनीहरुलाई सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरिएको थियो । पुरस्कृत विद्यार्थीलाई कार्यक्रमका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष हरिश्चन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका प्रदेश नम्बर १ का वरिष्ठ उपाध्यक्ष टीकाराम ढकाल, मोरङ अध्यक्ष अर्जुन बस्नेत, केन्द्रीय सदस्य हेमन्त कार्की, बेलबारी अध्यक्ष भुपाल बस्नेत, सुकुना बहुमुखी क्याम्पसका प्रमुख चन्द्रमणि राई, शिक्षक महासङ्घका बलराम पोख्रेललगायत उपस्थित थिए ।
Facebook Comment
Banner
शिक्षकका माग मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार सहमत

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
Banner
सरकार-शिक्षक वार्ता जारी,

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।
वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।
वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्
आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।
Banner
शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।
वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।
शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।
शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।
यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login