Connect with us
Advertisement

प्रधानमन्त्रीले गरे सागमा पदक विजेतलाई पुरस्कारको घोषणा

Published

on

तस्बिरः राष्ट्रिय खेलकुद परिषद
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एशियाली खेलकुद (साग) समापन भएको भोलिपल्ट प्रधानमन्त्री निवास बालुवाटारको सभाहलमा पदक विजेता खेलाडीलाई बोलाई सरकारले दिने पुरस्कारको घोषणा गरेका छन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ सहभागी थिए । कास्य जित्नेले ३ लाख, रजत जित्नेले ६ लाख र स्वर्ण जित्नेले ९ लाख रुपैयाँ पाउने ओलीले जानकारी दिए । १ भन्दा बढी स्वर्ण जित्नेले ११ लाख रुपैयाँ पाउने उनको भनाइ थियो । टिम इभेन्टमा स्वर्ण जित्नेले जनही ५ लाख रुपैयाँ पाउने उनले जानकारी दिए ।

नेपाली खेलकुदमा राज्यको तर्फबाट घोषणा भएको सर्वाधिक पुरस्कार राशी सुनेर खेलाडी खुशी भए । तर, टिम इभेन्टमा स्वर्ण जित्नेलाई मात्रै पुरस्कार रकम तोकिँदा र रजत तथा कास्य जित्नेलाई दिइने रकम नतोकिँदा खेलाडी असन्तुष्ट बने ।

Continue Reading

Facebook Comment

13 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा मेयर कपको उपधी आयोजक सुन्दरहरैँचा नगरपालिकाले जित्यो

Published

on

By

सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुमेको छ । शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं.१ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाको फुटबल टिमलाई हराउँदै सुन्दरहरैँचाले उपाधि हात पारेको हो ।

सुन्दरहरैँचाले पथरीशनिश्चरेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको ११ मिनेटमा पथरीशनिश्चरेका जर्सी नं.१० का नीरज परियारले गोल गरे । तर सुन्दरहरैँचाका जर्सी नं.१२ का खेलाडी आसिस वनले ३१ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुराए । लगतै पहिलो गोल गरेको ३ मिनेट नपुग्दै जर्सी नं.१३ का खेलाडी पूजन चौधरीले गोल गोल गरे ।

चौधरीको गोल नै निर्णायक बन्न पुग्यो । र सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले नै हात पार्न सफल भयो । विजेता टिमले रु.४ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले रु.२ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । साथमा दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खेलको मेन अफ द म्याच सुन्दरहरैँचाका खेलाडी पूजन चौधरी घोषित भएका छन् । उनले नगद पुरस्कार रु.२ हजार ५ सय प्राप्त गरेका छन् । वेस्ट फरवाड पथरीशनिश्चरेका खेलाडी सौर्य रावत, सुन्दरहरैँचाका विवश गुरुङ वेस्ट मीड फिलडर, वेस्ट गोल किपर रोशन कार्की, सर्वाधिक गोलकर्ता पूजन चौधरी, वेस्ट डिफेन्डर विजय राई घोषित भएका छन् । उनीहरूले जनही रु.५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मेन अफ द सिरिज सुन्दरहरैँचाका खेलाडी सुजन चौधरी घोषित भएका छन् । उनले रु.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता सुन्दरहरैँचा खेलकुद विकास समितिका सदस्य सचिव खड्क बहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको हो ।

कोशी न्युजबाट साभार

Continue Reading

Banner

अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

Published

on

By

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भएको हो ।

मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर बिहानैदेखि वर्षा भएपछि खेल हुन सकेन । वर्षा रोकिए पनि मैदान चिसो भएका कारण खेल रद्द गरिएको हो ।

खेल रद्द भएसँगै नेपालले यू-१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ । आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्न नेपाललाई अवसर थियो ।

पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो । आईसीसी यू-१९ विश्वकप आगामी वर्ष जिम्बावेमा हुँदै छ ।

Continue Reading

Banner

तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

Published

on

By

मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।

सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

 

प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending