Connect with us
Advertisement

पुराना कांग्रेस कार्यकर्ता डाँगी भन्छन्, ‘नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद लागू गराउन मेरो उम्मेद्वारी’

Published

on

विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा, पालिका र निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । मोरङमा भोलि मंसिर ७ गते महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुँदैछ । महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका नेपाली कांग्रेसका पुराना र सक्रिय कार्यकर्ता देवीप्रसाद डाँगीसँग गरिएको कुराकानी डाँगीकै शब्दमाः
म २०२६ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएको हुँ । नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद सिद्धान्त मन परेर कांग्रेसमा लागेको हुँ । तत्कालीन अवस्थामा चीनमा जनताको जनजीविका कम्युनिष्ट पार्टीले पूरा गर्छ भनेर भनिएको थियो । बीपीको प्रजातान्त्रिक समाजवादमा भने कम्युनिष्टहरुले भनेको साम्यवादको पनि ग्यारेन्टी गरिएको थियो । त्यसैले मलाई साम्यवाद भन्दा प्रजातान्त्रिक समाजवाद मन पर्याे र कांग्रेसमा आबद्ध भएँ ।

२०३५÷ ३६ सालको आन्दोलनको समयमा म शिक्षक भएर पनि सक्रिय रुपमा संयोजक भएर कांग्रेसको तर्फबाट बहुदलको वकालत गर्दै आन्दोलनमा सहभागी भएँ ।

प्रतिबन्धको समयमा २०३७ सालमा भोजपुरमा भएको प्रशिक्षण कार्यक्रममा सहभागी भएर थप प्रशिक्षित हुने मौका पाएँ । २०४६ भएको जनआन्दोलनसहित प्रतिबन्धित कालमा कांग्रेसको नाममा म ७ पटक जेल बसेँ । २०५८ सालमा पनि प्रजातन्त्रको पुनस्र्थापनाको लागि ४ पटक गरेर मेरो जीवनकालमा ११ पटक जेल बसिसकेको छु ।

कांग्रेसले २०४८ सालदेखि २०७२ सालसम्ममा गाउँ सदस्यदेखि संसदसम्मको टिकट बाँड्यो, विभिन्न राजनीतिक नियुक्ति भए तर मैले कहिल्यै टिकट पनि पाइनँ र राजनीतिक नियुक्ति पनि पाइनँ । तर पनि म नेपाली कांग्रेसमा निरन्तर लाग्नुको कारण सरकारले जताको जनजीविका (गाँस, बास, कपासको उचित व्यवस्था) गर्नुपर्छ भनेर खबरदारी गर्नु नै हो ।

०४८ सालमा गिरिजाबाबुको सरकार बन्दा नेपाली जनताले न्यूनतम सुविधा पाउँछन् भन्नेमा म ढुक्क थिएँ । पछि गिरिजाबाबुले समाजवाद भनेको भोको मान्छेलाई फुको चिउरा दिने हो भन्नुभयो । मलाई अब कांग्रेसले केही कार्यक्रम ल्याउँछ भन्ने आश लाग्यो । त्यसपछि पनि नेपाली जनता आशैआशमा बसेका छन् । जीविकाको लागि अर्थात् बाँच्नको लागि मानिसहरु खाडी मुलुकलगायत अन्य मुलुकमा श्रम गर्न जान्छन् र मर्नको लागि वा मरेपछि मात्रै नेपाल आउँछन् । त्यसको अन्त्य हुनुपर्छ र त्यो कांग्रेसले नै गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

आगामी दिनमा नेपाली कांग्रेसको सरकार बन्दा म सरकारमा सामेल भएँ भने नेपाली जनताको गाँस, बास र कपासको लागि लड्छु र त्यसलाई स्थापित गराएरै छाड्छु भन्ने मेरो प्रण छ । यदि म सरकारमा पुगिनँ भने पनि महाधिवेशन प्रतिनिधिबाट महासमिति सदस्यमा म गएँ भने कांग्रेसको नेतृत्वलाई समाजवादी कार्यक्रम लागू गराउनको लागि बाध्य बनाउनको लागि म महाधिवेशनको प्रतिनिधिको लागि दाबेदार भएको हुँ । त्यसको लागि मलाई मतदान गरी महाधिवेशन प्रतिनिधिमा विजयी बनाउनुहुन अनुरोध गर्दछु । (कुराकानीमा आधारित)

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/4760040014081485

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending