Banner
सुन्दरहरैंचाले गर्याे ५ वर्षमा भएका महत्वपूर्ण उपलब्धि सार्वजनिक, मेयर भन्छन्, ‘सबै दलको सहयोग पाएँ, कुनै जनप्रतिनिधिले नोट अफ डिसेन्ट लेख्नुपरेन’

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले २०७४ सालमा जनप्रतिनिधि आएपछि नगरमा भएका कामहरुको विवरण आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । ५ वर्षमा भएका काममध्ये नगर प्रमुख शिवप्रसाद ढकालले मुख्य ४९ वटा काम सार्वजनिक गरेका हुन् । त्यसका साथै भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरु उनले सार्वजनिक गरेका हुन् ।
५ वर्षे कार्यकालमा कुनै नगरसभा सदस्य तथा कार्यपालिका सदस्यले असहमति जनाई नोट अफ डिसेन्ट लेख्ने वातावरण बन्न आफूले नदिएको उनको भनाइ थियो । नगर प्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह– पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई कुनै दलबाट पनि बाधा नभएको हुनाले आफ्नो कार्यकाल स्मरणीय रहेको उनले उल्लेख गरे । चुनावमा गरिएका घोषणापत्रका ६४ बुँदामध्ये ४९ बुँदा कार्यान्वयनमा आएको र केही बुँदा प्राविधिक कारणले कार्यान्वयनमा समस्या भएको उनले जानकारी दिए ।
जनप्रतिनिधि आएपछि ३५ बेड क्षमताको नगर अस्पताल सञ्चालन हुनु, ४ वटा वडा कार्यालयको भवन निर्माण हुनु, ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनु, प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुनु, १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रलाई ५० बिघा जग्गा उपलब्ध गराई तालीम केन्द्र निर्माणका लागि पहल गर्नु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउन समन्वय गर्नु, सुविधा सम्पन्न कृषि बजार भवन निर्माणका लागि शिलान्यास हुनु, कोल्ड स्टोर भवन निर्माणका लागि शिलान्यास हुनु, इन्द्रपुर रंगशाला निर्माणका लागि डीपीआर निर्माण भई पूर्वाधार निर्माण हुँदै गर्नु, सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउनुजस्ता महत्वपूर्ण काम गत ५ वर्षमा भएको नगरप्रमुख ढकालले जानकारी दिए ।
कोभिड संक्रमणको महामारीको समयमा संक्रमितलाई घरमै औषधी पुर्याउन सक्नु, अक्सिजनको अभाव हुन नदिनु, अस्पताल भर्नामा समन्वय गरी औषधोपचारमा कमी हुन नदिनु महत्वपूर्ण काम रहेको उनले बताए । हालसम्म नगरमा १ लाख ७७ हजार २ सय ४२ डोज कोभिडविरुद्धको खोप आएको र सो खोप नगरवासीलाई लगाइसकिएको पनि उनले जानकारी दिए ।
पछिल्लो ५ वर्षको अवधिमा १७७ किलोमिटर बाटोमा पेवल्स बिछ्याउने वा कालोपत्रे गर्ने काम भएको, १५३ किलोमिटर सडक एजिङ भएको तथा १३ किलोमिटर पक्की ड्रेन निर्माण भएको उनले जानकारी दिए ।
१८ प्रकारका कर छुट दिएको नगरले विभिन्न २४ शीर्षकमा कर उठाउने गरेको नगर प्रमुख ढकालको भनाइ छ । आर्थिक वर्ष ०७४\०७५ मा ९ करोड ८७ लाख ९ हजार २ सय ४४ रुपैयाँ कर संकलन गरेको नगरले आर्थिक वर्ष ०७५\०७६ मा १५ करोड ८५ लाख, आर्थिक वर्ष ०७६\०७७ मा ७ करोड ७१ लाख, आर्थिक वर्ष ०७७\०७८ मा ९ करोड ६५ लाख र चालु आर्थिक वर्षमा हालसम्म १० करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।
न्यायिक समितिमा परेका २ सय ५० वटा उजुरीमध्ये २ सय ७ वटा फछ्र्याेट भएको, ४० वटा फछ्र्योट हुन बाँकी रहेका र ३ वटा यथास्थितिमा रहेको उनले जानकारी दिए ।
पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका विषयमा भएका उपलब्धि उनले सो अवसरमा सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, लेखा शाखा प्रमुख शेखर ढकाल, पशुपंक्षी शाखा प्रमुख जीवन चापागाईँलगायत उपस्थित थिए ।
यी हुन् नगरप्रमुख ढकालले बुँदागत रुपमा प्रस्तुत गरेका महत्वपूर्ण उपलब्धिहरुः
३५ बेड क्षमता सहित HDU लेबलको सुन्दरहरैँचा नगर अस्पताल सञ्चालनमा आएको ।
वडा नं. ३, ५, ९, ११ को वडा कार्यालय निर्माण गरिएको ।
वडा नं. ११, १०, ९, ८, ७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भई सञ्चालनमा आएको ।
वडा नं. ४ र ६ मा स्वास्थ्य संस्था निर्माणाधिन अवस्थामा रहेको ।
वडा नं. २, ३, ५ र १२ मा सुविधा सम्पन्न ल्याब सहितको स्वास्थ्य सेवामा पूर्ण सूधार गरि सञ्चालनमा ल्याईएको ।
दीगो विकासको लक्ष्य र १५ औँ योजना अनुरुप आधारभूत स्वास्थ्य सेवा जनताको पहुँचयोग्य बनाउन सफल ।
सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा प्रादेशिक सरुवा रोग अस्पतालको शिलन्यास ।
पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय सहित विशेषज्ञ डाक्टरहरुको सेवा सञ्चालनमा ल्याउन समन्वय गरेको । साथै नगरपालिकाले अनुदान सहयोगमा एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको ।
१ नं. प्रदेश प्रहरी तालिम केन्द्रलाई ५० विगाह जग्गा उपलब्ध गराई तालिम केन्द्र निर्माणका लागि पहल गरि हाल तालिम सञ्चालनमा ल्याईएको ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि सलकपुरमा ४ विगाह ८ कठ्ठा जग्गा प्राप्त भई भवनको शिलन्यास कार्य सम्पन्न गरिएको र निर्माण कार्य समेत थालनीका लागि टेण्डर प्रकृयामा लगिएको ।
सुन्दरहरैँचा नगरपालिका वडा नंं ९ मा करिब १५ करोडको लगानिमा सुविधा सम्पन्न बुधबारे कृषि बजार भवन निर्माण शिलन्यास गरिएको ।
सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ मा कृषकहरुको उत्पादनलाई सुरक्षित साथ राख्नका लागि कोल्ड स्टोर निर्माणका लागि भवनको शिलन्यास ।
कोभिड संक्रमण तथा लकडाउन अवधिमा नागरिकका घर घरमा औषधी तथा अक्सिजन शिलिण्डर सहित स्वास्थ्यकर्मी परिचालन गरिएको ।
सुन्दरहरैँचामा खेल पूर्वाधार निर्माणका लागि करिब २७ करोडको लगानीमा इन्द्रपुर रंगशालाको DPR निर्माणको कार्य सम्पन्न भई भौतिक पूर्वाधार निर्माण हुदैँ ।
२१ औँ शताब्दिमा शिक्षालाई प्रविधिसँग जोड्दै सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँच पुगाईएको साथै आवश्यकताका आधारमा ICT ल्याब समेत स्थापना गरिएको ।
सुकुना माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारको गुणस्तर चेकजाँच गर्ने कार्यका लागि ल्याब सेवा सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले आवश्यक सहयोग एवम् समन्वय गरेको ।
यस क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै १ नं. प्रदेशमा नै माटो परीक्षण ल्याब नगर कार्यपालिकाको कार्यालयबाटै गर्ने कार्यको थालनी गरिएको ।
करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालयलाई जग्गा प्राप्ती गरी आन्तरिक राजश्व कार्यालयको स्थापनाका लागि पहल थालिएको ।
हसिना पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नका लागि ७ करोडको योजना कार्यान्वयनको अवस्थामा रहेको ।
शेषनारायण दिव्य धाम, बाघझोडा पर्यटकीय स्थल, नयाँ वृन्द्रावन गौशाला लगायतका पर्यटकीय पूर्वाधार निर्माणको कार्य चालु अवस्थामा रहेको ।
साजिलाल माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयमा प्राविधिक धारको अध्ययापनका लागि आवश्यक सहयोग एवम् समन्वय गरिएको ।
सुकुना बहुमुखी क्याम्पसलाई शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकास गराईएको । भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको उल्लेखनीय सहयोग एवम् सहभागिता रहेको ।
वडा नं. १० मा DPR निर्माण गरि बौद्ध विहार निर्माण गरिएको साथै नगरका अन्य वडाहरुमा करिब ७ वटा बौद्ध विहार निर्माणका लागि नगरपालिकाले सहयोग गरेको ।
नगरपालिका क्षेत्र भित्र आदिवासी जनजातीहरुको सांस्कृतिक सम्पदाको रुपमा आदिवासी जनजाती भवन निर्माण सम्पन्न गरिएको ।
सतकविर तथा थारु समुदायको सामुदायिक भवन तथा सतकविर स्थल निर्माण गरिएको ।
इसाई धर्मालम्बीहरुको लागि चर्च निर्माणका लागि आवश्यक सहयोग तथा समाधीस्थल निर्माणका लागि समेत नगरपालिकाले सहयोग गरेको ।
नेवा समुदायको सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरी निर्माण कार्य अगाडी बढाईएको ।
नगरका विभिन्न स्थानमा २३ वटा भन्दा बढी जेष्ठ नागरिक चौतारी निर्माण गरिएको ।
ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै ज्येष्ठ नागरिकको विभिन्न कार्यक्रमहरु गर्नका लागि ३ वटा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको ।
दलित समुदायको नगर कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरि शिलन्यास सम्पन्न गरिएको ।
दलित समुदायका व्यक्तिहरुलाई प्रविधी हस्तान्तरण तथा विभिन्न किसिमका सिलाई कटाई मेसिन हस्तान्तरण गरिएको ।
नगर क्षेत्र भित्र रहेका करिब १०० भन्दा बढी भजनकीर्तन समूहलाई माग गरे बमोजिमका भजनकीर्तन सामाग्री (बाजा, गाजा) निशुल्क रुपमा हस्तान्तरण गरिएको ।
न्यायिक समितिमा आउने उजुरी तथा न्याय निरुपण कार्यका लागि सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा नमुना न्यायिक ईजलास निर्माण गरिएको ।
नगरक्षेत्र भित्र रहेका सुरक्षा निकायहरुलाई इन्धन, सवारी साधन मर्मत तथा कार्यालय भवन निर्माणका लागि सहयोग गरेको ।
बाल विकास केन्द्र, महिला स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरुप थप तलब भत्ता तथा अनुदानको व्यवस्था मिलाईएको ।
नगरपालिका क्षेत्र भित्रका ४ ठाउँमा खुल्ला व्यायमशाला राखिएको तथा थप ५ स्थानमा राख्ने अन्तिम तयारीमा रहेको ।
विभिन्न धर्म, संस्कृति, गोत्र, प्रतिष्ठानहरुको करिब ५० भन्दा बढी सामुदायिक सभाहल निर्माणका लागि सहयोग गरिएको ।
मदन भण्डारी स्मृति प्रतिष्ठानमा नगरबाट छात्रवृद्धिमा वर्षेनि विद्यार्थीहरु अध्ययन÷अध्यापन गर्ने गरेको ।
सुन्दरहरैँचाकै विकट बस्तीको रुपमा वडा नं. ५ मा चारैतिरबाट नदीले घरेको स्थानमा रहेको फोकलैण्ड टापुमा नगरपालिका आफैले लगानी गरेर फाईबर नेट मार्फत फ्रि–वाईफाई सेवा प्रदान गरिएको ।
सुन्दरहरैँचा र ईटहरी उपमहानगरपालिकाको सिमानाको रुपमा रहेको बुढीखोला वारीपट्टि ईलेक्ट्रिक शवदाह गृह निर्माण कार्य भईरहेको ।
नगरपालिका क्षेत्रभित्र रहेका सबे खानेपानी उपभोक्ता समितिहरुलाई पानीको शुद्धता कायम गर्न र पाईप लाईन विस्तारका लागि आर्थिक सहयोग उपलब्ध गराईएको ।
करुणा फाउण्डेसन र नगरपालिकाको आवश्यक सहयोग र समन्वयमा फरक क्षमता भएका व्यतिmहरुको विवरण संकलन, परिचयपत्र वितरण तथा आवश्यक सामाग्री वितरण गरिएको ।
९० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप थप रु १०००।– मासिक रुपमा सामाजिक सुरक्षा भत्तामा थप गरि उपलब्ध गराउने गरिएको ।
प्रतेक वर्ष नगर माता र नगर पिता घोषणा गर्ने गरिएको र जेष्ठ नागरिक सम्मान कार्यक्रम वार्षिक रुपमा आयोजना गर्ने गरिएको ।
सुकुना बहुमुखी क्याम्पस, सुकुना माध्यमिक विद्यालय, साजिलाल माध्यमिक विद्यालय, शिक्षा निकेतन माध्यमिक विद्यालय र हरैँचा माध्यमिक विद्यालयलाई १\१ थान स्कुल बस खरिद गरि वितरण गरिएको ।
नगरक्षेत्र भित्रका कृषकहरुलाई २०० भन्दा बढी बयर बोका र पाठी वितरण गरिएको ।
नेपाल विद्युत प्राधिकरण र नगरपालिकाको संयुक्त लगानीमा नगरक्षेत्र भित्र रहेको करिब १०६ किलोमिटर सडकमा सडक बत्ती जडान गर्ने कार्यको थालनी यसै वर्षबाट गरिनेछ ।
सुकुम्वासी तथा भूमिहिन समस्या समाधानका लागि भूमि आयोगसँग देशभरीबाट सम्झौता गर्ने पहिलो नगरपालिका बनेसँगै हाल भूमिहीन व्यक्तिहरुलाई निस्सा वितरणको कार्य अगाडि बढाईएको ।
करिब ३००० अति विपन्न, गरिब परिवारहरुलाई नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम गरिएको ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login