Connect with us
Advertisement

सुन्दरहरैंचाका १० वटा वडामा एमालेले टुङ्ग्यायो उम्मेद्वार

Published

on

विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एमालेले १० वटा वडामा उम्मेद्वारको टुङ्गो लगाएको छ । वडा नम्बर १ र ७ मा भने विवादका कारण उम्मेद्वारको टुङ्गो लाग्न सकेको छैन ।

नेकपा एमाले पार्टी स्रोतका अनुसार वडा नम्बर ६, ८, ११ र १२ मा अहिलेकै वडाध्यक्षलाई उम्मेद्वारको रुपमा खडा गरिएको छ । वडा नम्बर २, ५ र १० मा वडा सदस्यलाई वडाध्यक्ष पदमा उठाइएको छ । बाँकी वटा वडामा नयाँ अनुहार वडाध्यक्षको रुपमा चुनावमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

यस्तो छ विभिन्न वडाका लागि सिफारिश भएका उम्मेद्वारको नामावलीः
वडा नम्बर २
अध्यक्षः झरिलाल सरदार
दलित महिला सदस्यः लक्ष्मी परियार (दर्जी)
महिला सदस्यः देवीमाया चौधरी
खुला सदस्यः गोविन्द उराँउ र हरिप्रसाद आचार्य

वडा नम्बर ३
अध्यक्षः विदुरप्रसाद ढुङ्गाना
महिला सदस्यः पूर्णमाया लिम्बू
दलित महिला सदस्यः पवित्रा दमाई
खुला सदस्यः नारायणप्रसाद भट्टराई र नीलम अधिकारी

वडा नम्बर ४
अध्यक्षः नारायणप्रसाद श्रेष्ठ
महिला सदस्यः शान्ति चौधरी
दलित महिला सदस्यः राजकुमारी बि.क
खुला सदस्यः दुर्गा पोखरेल र गणेशप्रसाद गुरागाई

वडा नम्बर ५
अध्यक्षः गणेश चौधरी
महिला सदस्यः इन्दिरा चापागाई (घिमिरे)
दलित महिला सदस्यः रोशनी परियार
खुला सदस्यः घनश्याम घले गुरुङ र श्याम खनाल

वडा नम्बर ६
अध्यक्षः.जीवनकुमार राई
महिला सदस्यः गीता मिश्र
दलित महिला सदस्यः टुनाकुमारी बि.क.
खुला सदस्यः तेजबहादुर प्रधान र शिवराज चौधरी

वडा नं ८
अध्यक्षः खेम न्यौपाने
दलित महिला सदस्यः तुलसा दर्जी
महिला सदस्यः कुमा दाहाल लुइँटेल
खुला सदस्यः रोशननाथ उप्रेती र भोजबहादुर राई

वडा नम्बर ९
अध्यक्षः पुष्प भुजेल
महिला सदस्यः रुकमणी घिमिरे
दलित महिला सदस्यः शारदा बि.क
खुला सदस्य: कयेस मियाँ र राजनारायण खवास

वडा नम्बर १०
अध्यक्षः राजकुमार राई
दलित महिला सदस्यः गंगामाया बि.क
महिला सदस्यः बबिता खापुङ
खुला सदस्यः रमेश चौहान र ओमप्रसाद थपलिया

वडा नम्बर ११
अध्यक्षः विसनलाल चौधरी
महिला सदस्यः सुषमा चौधरी दनुवार
दलित महिला सदस्यः ज्ञानुकुमारी सार्की
खुला सदस्यः जीवनाथ ढकाल र खगेन्द्रबहादुर गिरी

वडा नम्बर १२
अध्यक्षः रोशनप्रसाद ढकाल
दलित महिला सदस्यः प्रमिला आछामी सार्की
महिला सदस्यः नीलम थापा
खल्ला सदस्यः दिलिप दाहाल र कमला मास्के

एमालेले टुङ्गो लगायो सुन्दरहरैंचामा मेयर र उपमेयरका उम्मेद्वार

सुन्दरहरैंचा–५ मा गणेश चौधरीको नेतृत्वमा नेकपा एमालेले घोषणा गर्याे उम्मेद्वार

नेकपा एमाले सुन्दरहरैचा ९ द्वारा स्थानीय तह निर्वाचनका लागि सम्पर्क कार्यालय स्थापना

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending