Connect with us
Advertisement

माओवादी केन्द्रबाट सुन्दरहरैंचा– १ की वडाध्यक्ष उम्मेद्वार गोमा अधिकारी (दीपा) ले सार्वजनिक गरिन् आफ्ना प्रतिबद्धता

Published

on

विराटचोकः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सुन्दरहरैंचाको वडा नम्बर १ मा अध्यक्षको प्रत्यासी रहेकी नेकपा माओवादी केन्द्रकी गोमा अधिकारी (दीपा) ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक प्रतिबद्धताको पहिलो नम्बरमा उनले कृषिलाई अर्थतन्त्रको प्रमुख आधार मानेकी छिन् । दोस्रो नम्बर उद्यमशीलता विकास, तेस्रो नम्बरमा आधारभूत स्वास्थ्य, चौथो नम्बरमा स्वास्थ्य र शिक्षा, पाँचौँ नम्बरमा वन,वातावरण तथा जैविक विविधता, छैटौँ नम्बरमा भौतिक पूर्वाधार, सातौँ नम्बरमा पर्यटन तथा उद्योग र आठौँ नम्बरमा महिला सशक्तिकरणका मुद्दामा ध्यान दिने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रले वडा नम्बर १ र ११ को अध्यक्षमा महिला उम्मेद्वारलाई अघि सारेको छ ।

यस्तो छ उनको प्रतिबद्धता
(१) अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार
∙ कृषिको आधुनिकीकरणसहित रुपान्तरणका लागि भूमिको उचित व्यवस्थापन,
.सिँचाइको उचित व्यवस्था,
.कृषिको यान्त्रिकीकरण र व्यावसायीकरण,
.साना मझौला किसानहरुको सहकारी सङ्गठन र समूहहरुको निर्माण,
.ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिवृद्धि शृङ्खलामा जोड,
वडामा रहेका माछापालन, मौरीपालन, कुखुरापालन, पशुपालन, बागबानी लगायतका अन्य कृषि उत्पादनलाई विशेष अनुदानका लागि पहल,

(२) उद्यमशीलताको विकास–रोजगारीको विस्तार
▪ वडाका बेरोजगारहरुको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रमहरु शुरु गरिने,
सीपमूलक तालिम, परियोजना वा प्रमाण–पत्र धितो राखी सहुलियत ऋणको व्यवस्थाको लागि स्थानीय तहसँग सहजीकरण गरिने, उत्पादन वृद्धि र बजारीकरणको निम्ति प्रोत्साहित गरिने,

(३) आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता
निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि
∙ आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने,
∙ हरैँचा नगर अस्पतालको स्तर वृद्धिका लागि विशेष पहल गरिने,
∙ आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन ११० प्रकारका औषधी निःशुल्क वितरण गरिने,
वडाका सुत्केरी महिलाहरुको लागि विशेष सुत्केरी प्याकेज कार्यक्रम लागू गरिने,
. सम्बन्धित घरमा नै गएर नवजात शिशुहरुको जन्मदर्ताको व्यवस्था गरिने,
∙ विशेषज्ञ सेवाको लागि स्थानीय तहको समेत सहभागितामा प्रत्येक वर्ष विपन्न पारिवारका १०० जनालाई निःशुल्क स्वास्थ्य बीमा सेवाको प्रबन्ध गरिने,

(४) शिक्षा तथा खेलकुद
.निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा
∙ संविधानमा उल्लेख भए बमोजिम आधारभूत तह अनिवार्य र माध्यमिक तह (१२ कक्षासम्म) निःशुल्क शिक्षाको व्यवस्था गरिने,
∙ दरबन्दी अनुसार शिक्षकको व्यवस्था गरिने,
∙ वडाका सबै विद्यालयलाई भौतिक पूर्वाधार र सूचना प्रविधिसँग जोड्ने व्यवस्था मिलाइने,
. हरैँचा खेल मैदानलाई रङ्गशालाको अवधारणामा विकसित गरिने,
. पचाम खेल मैदानको स्तरोन्नति गरिने,
. वडामा रहेका खेलाडीहरुको लगत सङ्कलन गरी उनीहरुको क्षमता विकास गर्ने, प्रशिक्षण गर्ने, सम्मान गर्ने लगायतका काम गर्ने,

(५) वन, वातावरण तथा जैविक विविधता
▪ प्रदुषण नियन्त्रण, हरियाली प्रवद्र्धन र फोहोरमैला व्यवस्थापनको लागि स्वच्छ वातावरण अभियान चलाइने,
. लोहोन्द्रा खोला उत्खननलाई व्यवस्थित बनाउने, साथै बर्सेनि हुने बाढी कटानको लागि संघ तथा प्रदेशसँग समन्वयकारी भूमिका खेल्ने,
– एक घर १० फलफूल बिरुवा कार्यक्रम चलाइने,

(६) भौतिक पूर्वाधारः वातावरण मैत्री पूर्वाधार, दिगो विकासको आधार !
.सबै मौसममा यातायात चल्न सक्ने सडकको निर्माणको लागि पहल गरिने साथै मुख्य तथा सहायक सडकहरुको स्तरोन्नति गरिने,
∙ सबै वडावासीको घरमा विद्युतीकरणको व्यवस्था मिलाइने,
∙सञ्चार सुविधाको विस्तार गरिने,
∙ नेपालको पानी जनताको लगानीको नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गरिने,
∙ एल.पी. ग्यासको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युतको उपभोग बढाउन स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउन विशेष पहल गरिने,

(७) पर्यटन तथा उद्योग
.प्रर्यटन प्रवद्र्धनका लागि किच्चकगढीलाई व्यापक प्रचारप्रसार गरिने, साथै प्रदेश तथा संघीय सरकारसँग विशेष पहल गरिने,
. प्रत्येक बैशाख १४ गतेलाई किच्चकगढी महोत्सवको रुपमा मनाइने,
. अन्य ग्रामथानहरुको स्तरवृद्धि गरिने,

(८) महिला सशक्तिकरण
. हरेक प्रकारका महिला हिंसा, घरेलु हिंसा, लैङ्गिक भेदभावलाई न्यूनीकरण गर्नका लागि महिला स्वरोजगार कार्यक्रम चलाइने,
. प्रत्येक घरलाई घरेलु तथा महिला हिंसारहित घर बनाउने ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending