Connect with us
Advertisement

जनता समाजवादी इटहरीका २७ जनाले त्यागे पार्टी

Published

on

इटहरीः विभिन्न तहमा जिम्मेवारी लिएका जनता समाजवादी पार्टीका २७ जनाले पार्टी परित्याग गरेका छन् । पार्टी जनताको मर्म र भावना विपरीत अघि बढेको निष्कर्ष निकाल्दै जनता समाजवादी पार्टीको सुनसरी जिल्ला कार्यसमिति सदस्य तथा समाजवादी उद्योग वाणिज्य महासंघ इटहरी उपमहानगर कार्यसमिति संयोजक इन्द्रमाया आङ्गबुहाङ्ग सहित २७ जनाको समूहले पार्टी परित्याग गरेको घोषणा गरेको हो ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नेहरुमा इटहरी उपमहानगर महिला समिति सचिव मीना शेर्पा पनि छिन् । पार्टीमा लैङ्गिक समानता र उत्पीडनमा परेका जाति समुदायलाई उत्थान गर्ने तथा समतामूलक समाज निर्माण गर्ने केन्द्रीय नीति भए पनि व्यवहारमा नभएको उनीहरुको आरोप छ ।

व्यक्तिवादी चरित्र हावी भएको हुँदा पार्टी परित्याग गर्नुपर्ने अवस्थामा आउनु परेको उनीहरुले बताएका छन् । पार्टीले महिलां हिंसालाई निस्तेज पार्नुको सट्टा आफ्नै संगठनभित्रका महिलामा हिंसा हुँदा समेत न्याय दिनुको सट्टा बिभिन्न बहानामा अन्याय गरिरहेको पनि उनीहरुको आरोप छ ।

स्थानीय निर्वाचनमा केन्द्रको निर्णय बमोजिम लोकतान्त्रिक गठबन्धन गरेर प्रतिमगनलाई परास्त गर्नुपर्नेमा तमाम कार्यकर्ताको भावना र पार्टी केन्द्रको निर्णय विपरीत आफुखुशी निर्णय गरेर मेयर उपमेयर लगायतका पदहरुमा उम्मेद्वारी दिएको समेत असन्तुष्ट कार्यकर्ताको आरोप छ ।

जनता समाजवादी पार्टीले इटहरी उपमहानगरमा मेयर र उपमेयरको उम्मेद्वारी दिएको भए पनि त्यो निस्क्रिय राख्ने र वडा तहमा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

यस्तो छ उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिः

                                                                   प्रेस विज्ञप्ती                                                                           मितिः     २०७९ बैशाख २१

हामी जनता समाजवादी पार्टीको बिभिन्न तह र तप्कामा आवद्ध तपशिलका व्यक्तिहरु पार्टी मर्म र भावना विपरित अघि बढेको निष्कर्ष निकाल्दै पार्टी परित्याग गरेर स्वतन्त्र जिवन विताउने निर्णयमा पुगेका छौँ ।

लैगिंक समानता, उत्पीडनमा परेका जाती समुदायलाई उत्थान गर्दै समतामुलक समाज निर्माण गर्ने महान उद्देश्य लिएर अघि बढेको पार्टीको केन्द्रिय नीति भएता त्यसो नभएको हामीले महशुस गरेका छौँ । पार्टीले समतामुलक समाजको निर्माणमा सबैमा समान व्यवहार गर्नुपर्नेमा त्यो नगरी आफु निकट र परका व्यक्ति छुटाउने गरी व्यक्तिबादी चरित्र हावी भएको पाइएको छ ।

जातजाती, लैंगिक, क्षेत्रिय वर्गिय समानताका साथै सबै क्षेत्रको समान प्रतिनिधित्व निर्माण भएको पार्टीले महिलां हिंसालाई निस्तेज पार्नुको सट्टा आफ्नै संगठनभित्रका महिलामा हिंसा हुँदा समेत न्यान दिनुको सट्टा बिभिन्न बहानामा अन्याय गरिरहेको र पार्टीमा भएको अन्याय विरुद्ध आवाज उठाउन समेत नदिँदा अन्यायको विरुद्ध आवाज बन्नुपर्ने पार्टीको नेतृत्वमा रहेकाहरु नैे आफै अन्याय गर्न उदत्त देखिएको पाईयो ।

स्थानीय निर्वाचन आउँदै गर्दा समेत पार्टी केन्द्रको निर्णय बमोजिम लोकतान्त्रिक गठबन्धन गरेर प्रतिमगनलाई परास्त गर्ने नीतिमा समेत पार्टीले इटहरी उपमहानगरमा लोकतान्त्रिक गठबन्धन गरेर जानुपर्नेमा तमाम कार्यकर्ताको भावना र पार्टी केन्द्रको निर्णय विपरित आफुखुशी निर्णय गरेर मेयर उपमेयर लगायतका पदहरुमा उम्मेद्वारी दिँदा पार्टीको निकाय कति इमान्दार छ भन्ने प्रष्ट भइसकेको छ ।

पार्टीको इटहरी उपमहानगर कमिटीले मेयर, उपमेयर पदमा गठबन्धन गर्ने र वडा तहमा चाहिँ गठबन्धन नगरी आफ्नै उम्मेद्वारलाई भोट दिने गरी मित्रवट प्रतिस्पर्धा गर्ने भन्ने निर्णयबाट समेत हामीलाई आघात पर्न गएको छ । अन्यायमा परेकाहरुलाई न्याय दिनमा पार्टी चुक्नुका साथै पार्टी केन्द्र र कार्यकर्ताको भावना विपरित अगाडी बढ्दा हामी तमामको मनोभावनामा ठेस पुगेको छ । यीनै कारणले हामी जनता समाजवादी पार्टीको तपसिलका व्यक्तिहरु आज कै मिती बाट पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछौं । अव उप्रान्त स्वतन्त्र रहने निर्णय समेत गरेका छौँ ।
तपशिल
१, इन्द्रमाया आङ्गबुहाङ्ग – जिल्ला कार्यसमिति सदस्य, सुनसरी, समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति संयोजक
२, सरिता आले – नगर समिति सदस्य , इटहरी उपमहानगर समिति, महिला समिती सदस्य इटहरी उपमहानगरपालिका
३, जंग लिम्बु – नगर समिति सदस्य , इटहरी उपमहानगरपालिका
४, दिल कुमारी थलङ्ग –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
५, दुर्गा लिम्बु –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
६, अम्बिका मगर –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
७, जमुना गुरुङ्ग–समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
८, राधिका लिम्बु –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
९, कमली चौधरी –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१०, सिता अधिकारी –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
११, रनेश घिमिरे –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१२, वृजा राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१३, सुमित्रा राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१४, राजु राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१५, जानुका राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१६, गीता सुव्वा –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१७, प्रेम बहादुर लिम्बु – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
१८, रमेश श्रेष्ठ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
१९, दिल कुमारी साँवा – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२०, सन्तोष आङबुहाङ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२१, सन्तोष न्योङ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२२, अमृता याक्खा, –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
२३, अस्मिता खड्का राई – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२४, धन कुमार लिम्बु – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२५, मिना शेर्पा –इटहरी उपमहानगर महिला समिति सचिव
२६, सविना राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
२७ नविन कला राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending