Banner
अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)

भेडेटारः वि. सं. २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीतिक यात्रा शुरु गरेका जितेन्द्र रुम्दालीले २०५५ सालमा भएको स्ववियु निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । २०६४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका उनले धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।
नेपाली कांग्रेसको १२ औ महाधिवेशनबाट गाउँ कमिटी सचिव निर्वाचित भएका उनी क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्रीय कार्य समिति सचिवमा निर्वाचित भएका थिए । १३ औं महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित उनी १४ औं महाधिवेशनमा धनकुटा जिल्लाबाट प्रदेश सभा क को क्षेत्रीय कार्यसमिति सभापतिमा निर्वाचित भएका थिए ।
कोभिड माहामारीको समयमा लेउती खोलामा काम गर्ने मजदुरलाई राहत वितरण गरेका उनले कोभिडको महामारीमा पालिकाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यस्तै, पालिकाका १० वटै विद्यालयलाई खानेपानी टंकी वितरण गरेका उनले पालिकाका विद्यालयहरुमा शैक्षिक सामग्री पनि प्रदान गरेका थिए ।
ग्रामीण जनता उच्च माविलाई आर्थिक सहयोग गरेका उनले भेडेटारको शंख पार्क निर्माणमा पनि उल्लेख्य सहयोग गरेका थिए ।
२०६४ सालदेखि ६ वर्षसम्म पाथीभरा क्लब भेडेटारको अध्यक्ष भएका उनी नेपाल रेडक्रस सोसाइटी भेडेटारका सचिव हुन् । प्रथम भेडेटार महोत्सव २०६५ का सचिव उनी २०६९ सालमा स्थापना भएको होटल एसोसिएसन भेडेटारको संस्थापक सचिव रहेका थिए । हाल उनी सो संस्थाको अध्यक्षको रुपमा कार्यरत रहेका छन् ।
भिलेज रिसोर्ट, भेडेटारका सञ्चालक उनले आफ्नो प्राथमिकताका क्षेत्रमा सडक, विद्युत र खानेपानी गाउँ टोलमा पुर्याउने तथा युवा स्वरोजगारको अभियान चलाउने व्यक्ति हुन् ।
कृषिमा आधुनिकीकरण गर्ने, नमूना पर्यटकीय गाउँपालिका बनाउने, स्वास्थ्यमा सहुलियत प्रदान गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, गुणस्तरीय तथा प्राविधिक शिक्षामा जोड दिने उनका भावी योजना छन् ।
अस्पतालमा २४ सै घन्टा आपतकालीन सेवा प्रवाह गर्ने, वडा स्तरीय मन्टेश्वरी माध्यमको बालशिक्षा केन्द्र स्थापना गर्ने र दलित तथा एकल महिलाको लागि स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि उनले योजना बनाएका छन् ।
त्यस्तै, शाखारहित बैंकको सेवा वडास्तरसम्म बिस्तार गर्ने, महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी उद्यमशील बनाउने, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलालाई घरमै मासिक रुपमा स्वास्थ्य परीक्षण गर्ने, कृषि उत्पादनको बजारीकरणमा पालिकाले व्यवस्थापन गर्ने र कृषि तथा पशु बीमाको व्यवस्था गर्ने योजना पनि उनले अघि सारेका छन् ।
अघिल्लो पटक पनि गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिएका उनी थोरै मतान्तरले पराजित भएका थिए । सो निर्वाचनमा नेकपा एमालेका कुमारजंग याख्खा विजयी भएका थिए । यसपटक पनि उनै याख्खासँग उनी चुनावी मैदानमा होमिएका छन् । अघिल्लो पटक याख्खासँग पराजित उनी यसपटक याख्खालाई पराजित गर्ने गरी चुनावी मैदानमा खडा भएको बताउँछन् ।
तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login