शिक्षा / स्वास्थ्य
कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने, यस्तो छ सुन्दरहरैंचाले ल्याएको शिक्षासम्बन्धी नीति

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ५ वटा मूलभूत नीति अघि सारिएको कार्यक्रमको पहिलो नीति स्थानीय सामाजिक विकाससम्बन्धी नीति छ । त्यसअन्तर्गत पहिलो नीति शिक्षा नीति लिइएको छ । शिक्षानीति अन्तर्गत २५ वटा कार्यक्रम अघि सारिएको छ ।
यी हुन् सुन्दरहरैंचाले अघि सारेका शिक्षासम्बन्धी कार्यक्रमः
१. आधारभूत विद्यालयलाई मुख्य प्राथमिकतामा राखेर प्रत्येक आर्थिक वर्षमा कम्तीमा २ ओटा आधारभूत सामुदायिक विद्यालयलाई नमुना आधारभूत विद्यालयको रूपमा विकास गर्दै ५ वर्षभित्रमा सबै वडामा कम्तीमा एक नमुना आधारभूत विद्यालय निर्माण गरिने,
२. शिक्षासम्बन्धी कानुननिर्माण गरी नगरभित्रका शैक्षिक कार्यक्रमलाई व्यवस्थित गरिने,
३. नगर शिक्षा समितिको गठन गरी शैक्षिक सुधारका लागि व्यवस्थापन समितिलगायत समग्र शिक्षा प्रणाली सुधारका लागि आवश्यक निर्णय लिइने,
४. विद्यालयको चल अचल सम्पत्तिको एकीकृत लगत सङ्कलन गरी अभिलेखीकरण गरिने,
५. सार्वजनिक विद्यालयहरूको क्षमता विकास गरी सार्वजनिक विद्यालयप्रति विद्यार्थीको आकर्षणलाई बढाइने,
६. सामुदायिक शिक्षालाई प्रविधिमैत्री, गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाइने, विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बाल विकास तथा आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुँच पु¥याइने तथा नगरभित्र सञ्चालित बालविकास केन्द्रको स्तरउन्नति गरिने
७. आधारभूत तथा माध्यमिक विद्यालयको शिक्षालाई थप गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी बनाउन नगरभित्रका सेवानिवृत्त शिक्षक तथा कर्मचारीहरूको विषयगत अभिलेख तयार गरी उनीहरूलाई नगरको शिक्षा क्षेत्रको विकासका लागि विज्ञका रूपमा उपयोग गर्ने,
८. विद्यालयहरूको पर्याप्त कोठा पुस्तकालय र विज्ञान तथा कम्प्युटर प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, तालिमप्राप्त शिक्षकमार्फत् अध्यापन गराइने,
९. बालबालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण, बालिका छात्रवृत्तिको व्यवस्था, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्री जस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने,
१०. नगरक्षेत्रका नागरिकहरूलाई साक्षर बनाई पूर्ण साक्षर नगर बनाउन प्रौढ शिक्षा कार्यक्रम र साक्षरोत्तर कार्यक्रम सञ्चालन गरिने,
११. सामुदायिक विद्यालयमा अध्ययनरत उत्पीडित असाहय, सीमान्तीकृत तथा आर्थिक अवस्था कमजोर भएका अल्पसङ्ख्यक तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिने,
१२. नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने,
१३. पूर्वको पहिचानको रूपमा रहेको सुकुना बहुमुखी क्याम्पसलाई विकास र विस्तार गरी अनुसन्धान केन्द्रको रूपमा विकास गरिने,
१४. सबै सामुदायिक विद्यालयहरूमा आवधिक रूपमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण, खानेपानी विद्युत् तथा इन्टरनेटको सुनिश्चितता गरी शिक्षक कर्मचारीको इ हाजिरी लागू गरिने,
१५. सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा स्काउट कक्षा सञ्चालन यसै आर्थिक वर्षबाट चार ओटा सामुदायिक विद्यालयका स्काउटमा आबद्ध विद्यार्थीहरूलाई पोशाक उपलब्ध गराइने,
१६. संस्थागत विद्यालयहरूको वर्गीकरण गरी व्यावहारिक तथा वैज्ञानिक शुल्क प्रणाली लागू गर्ने तथा नियमन र व्यवस्थापन गर्न सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने,
१७. संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत तर्फका शिक्षक र कर्मचारीहरूलाई श्रम ऐनमा व्यवस्था भए बमोजिमको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल गरिने,
१८. नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा पहिचान तथा प्रस्फुटनका निमित्त वार्षिक रूपमा अतिरिक्त क्रियाकलापहरू समेट्ने गरी सुन्दरहरैँचा खेल मेला ( सुन्दरहरैँचा स्पोर्ट्स मिट) सञ्चालन गरिने,
१९. नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा इएमआइएस लागू गरी शैक्षिक तथ्याङ्कलाई सुदृढ तथा प्रभावकारी बनाइने,
२०. पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज र ३ सय बेडको अस्पताल सञ्चालन गर्न पहल गर्ने,
२१. वृन्दावन गौशाला तथा शेषनारायण दिव्य धामका साथै धार्मिक, भाषिक, सांस्कृतिक तथा जातीय पहिचान बोकेका नगरभित्रका सबै गुरुकुल, गुम्बा तथा मदरसामा उपयुक्त शिक्षा सञ्चालन गर्न पहल गर्ने,
२२. सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई कोभिड –१९ विरुद्धको खोप अभियान सञ्चालन गरी पूर्ण खोपयुक्त विद्यालय निर्माण गर्ने नीति लिइने,
२३. प्राविधिक जनशक्ति उत्पादनका लागि सङ्ख्या र प्रकृतिको अध्ययन गरेर नगरपालिकाले आवश्यक छात्रवृत्तिमार्फत जनशक्ति उत्पादन गरी नगर क्षेत्रभित्र सेवामा लगाउने,
२४. प्रणामी मन्दिर सुन्दरहरैँचा –९ मा सञ्चालित अनाथालयमा रहेका बालबालिकाहरूका लागि शिक्षा तथा पोषणका लागि सहयोग गर्ने,
२५. विभिन्न विद्यायल, विश्वविद्यालय, प्रतिष्ठान तथा शैक्षिक केन्द्रहरूमा स्थानीय छात्रवृत्ति कोटा थपका लागि आवश्यक व्यवस्था मिलाउने ।
सुन्दरहरैंचा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, ५ वटा मूलभूत नीतिका आधारमा बजेट ल्याइने
Facebook Comment
Banner
शिक्षकका माग मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार सहमत

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
Banner
सरकार-शिक्षक वार्ता जारी,

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।
वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।
वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्
आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।
Banner
शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।
वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।
शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।
शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।
यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login