Connect with us
Advertisement

विश्वकपको पहिलो खेलमा साना टोलीको रवाफ, ठूला टोलीहरुको ‘मोरल डाउन’

Published

on

साउदी अरबले मंगलबार दुईपटकको पूर्व विजेता र सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सी सम्मिलित अर्जेन्टिनालाई हराएर कतार विश्वकपमा शानदार सुरुवात ग¥यो । अर्जेन्टिनाले सहजै जित्ने अनुमान गरिएको यो खेलमा साउदी अरबले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

हारसँगै अर्जेन्टिना दबाबमा परेको छ । पहिलोपटक सहभागी हुने क्रममा सन् १९९४ को विश्वकपमा पहिलो चरण पार गर्न सफल साउदी अरबले त्यसयता चारपटक यो प्रतियोगिता खेले पनि समूहगत चरणमै सीमित भएको छ । अर्जेन्टिनामाथि प्राप्त जीतको खुसीयालीमा बुधबार साउदी अरबमा सार्वजनिक बिदाको घोषणा गरिएको थियो ।

छैटौँ पटक विश्वकप खेलिरहेको ट्युनिसियाले मंगलबार नै भएको अर्को खेलमा गत युरोकपको सेमिफाइनल पुगेको डेनमार्कलाई गोलरहित बराबरीमा रोक्यो । ट्युनिसिया विश्वकपमा हालसम्म पहिलो चरण पार गर्न सकेको छैन र १६ खेल खेल्ने क्रममा केवल दुई खेल मात्र जितेको छ । बिहीबार भएको खेलमा अफ्रिकी टोली मोरक्कोले साविक उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोक्न सफल भयो ।

छैटौँ पटक विश्वकप खेलिरहेको मोरक्कोले अन्तिमपटक सन् १९९८ को विश्वकपमा जीत हात पारेको थियो । त्यसयता अघिल्लो विश्वकप मात्र खेलेको उसले एउटा बराबरी र दुईवटा हारसहित समूहगत चरणबाटै बिदा हुनुप¥यो । मोरक्को विश्वकपमा एकपटक पहिलो चरण पार भएको इतिहास छ, सन् १९८६ को विश्वकपमा ।

सन् २०१८ को विश्वकपमा त्यतिबेलाको साविक विजेता जर्मनी पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको थियो । पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्यान्डले पहिलो खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो । अन्ततः जर्मनी ६० वर्षपछि पहिलो पटक विश्वकपको पहिलो चरण पार गर्न असफल भएको थियो । समूहगत चरणको अर्को खेलमा जर्मनीलाई दक्षिण कोरियाले पनि हराएको थियो । दक्षिण कोरिया पहिलो चरण पार गर्न भने असफल भएको थियो ।

सेनेगलले सन् २००२ को विश्वकपको पहिलो खेलमै त्यतिबेलाको साबिक विजेता फ्रान्सलाई स्तब्ध बनाएको थियो । त्यो सेनेगलको पहिलो विश्वकप सहभागिता थियो । अफ्रिकी टोली सेनेगेल क्वाटरफाइनलसम्म पुग्यो भने फ्रान्सले पहिलो चरण पार गर्न सकेको थिएन । सन् १९९० को विश्वकपमा पनि अफ्रिकी टोली क्यामरुनले पहिलो खेलमै त्यतिबेलाको साबिक विजेता अर्जेन्टिनालाई हराएको थियो । त्यो क्यामरुनको दोस्रो विश्वकप सहभागिता थियो ।

सन् १९८२ को पहिलो विश्वकप सहभागितामा समूहका तीनवटै खेलमा पराजित भएर पहिलो चरणबाट बाहिरिएको थियो । सन् १९९० मा क्यामरुन क्वाटरफाइनलसम्म पुगेर विश्वकपमा क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो । पहिलो खल हारे पनि अर्जेन्टिना भने फाइनलसम्म पुगेको थियो । – नेपाल प्रेसबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending