शिक्षा / स्वास्थ्य
शिक्षा निकेतन माविको ३३ औँ वार्षिकोत्सव सम्पन्न २ विद्यालय समायोजनका विषयमा मन्त्री कार्कीद्वारा प्रशंसा

विराटचोकः ‘शिक्षा निकेतनको लक्ष्य, गुणस्तरीय शिक्षासहित सम्पूर्ण विद्यार्थी वर्गको उज्ज्वल भविष्य’ भन्ने नाराका साथ शिक्षा निकेतन माध्यमिक विद्यालय सलकपुरले आफ्नो ३३ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न गरेको छ ।
बुधबार विद्यालयको प्राङ्गणमा विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की लगायतका अतिथिले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । यस्तै बुधबार नै अभिभावक दिवसको अवसरमा प्रकाशित मुखपत्र २०६६ को विमोचन समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले देशको परिवर्तनसँगै सम्रग विकास र समृद्धिप्रति चासो व्यक्त गरेका थिए ।
उनले सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था, सामुदायिक सुरक्षा निकाय, सामुदायिक विभिन्न संस्थाहरू जबसम्म बलियो हँुदैनन् तबसम्म विकासको कुनै परिकल्पना गर्न नसकिने धारणा व्यक्त गरे । अहिलेसम्मको अभ्यास उल्टो दिशातर्फ लागेको बताउँदै सुल्टो बाटोतर्फ हिँडाउने कोशिस गरिरहेको उनले बताए । मन्त्री कार्कीले मूलभूत विकास भनेको जनशक्तिको उत्पादन हुने बताए ।
यसका लागि राज्यसँगै स्थानीय विद्यालय लागि पर्नुपर्ने धारणा उनले व्यक्त गरेका थिए । मन्त्री कार्कीले शिक्षा निकेतन र सूर्योदय आधारभूत विद्यालय समायोजन हुनुले प्रदेशकै नमुना काम भएको बताउँदै प्रशंसा गरेका थिए । मन्त्री कार्कीले विद्यालयलाई आवश्यक रहेको भवन बनाउन प्रदेश सरकारको साथ र सहयोग हुने समेत उल्लेख गरे ।
सो कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, समाजसेवी कृष्णप्रसाद भट्टराई, उद्धव रिजाल, कृष्ण लामिछानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्ष न्यौपानेले मन्तव्य व्यक्त गर्दै विद्यालयलाई शिक्षाको क्षेत्रमा उचाइमा पु¥याउन नगरपालिकाको तर्फबाट आवश्यकता अनुसार सहयोग गर्ने बताए ।
२०४४ सालमा सेउलाको छाप्रोबाट शुरु भएको सो विद्यालय आधुनिक भवन निर्माण, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, अहिलेको परिवेशमा सीसी क्यामेराबाट विद्यार्थी तथा विद्यालयको गतिविधि नियाल्दै प्रविधिमैत्री शिक्षामा यस विद्यालयले जोड दिएको प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीले बताएका छन् ।
वार्षिकोत्सवको अवसरमा गरीब तथा जेहेनदार बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको थियो । बज्रमोहन आचार्य स्मृतिबाट ५ जना, कुमार राई स्मृतिबाट ४ जना, कृष्णप्रसाद पोखरेल स्मृतिबाट ३ जना र चुडामणि ढकाल स्मृतिबाट २ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको थियो । यस्तै माछापुच्छ«े बैंक विराटचोक शाखाले पनि ५ जना जेहेनदार तथा गरीब विद्यार्थीलाई पुरस्कार र नगद प्रदान गरेको थियो । मङ्गलबार सञ्चालित आनन्दप्रसाद रिजाल स्मृति हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
सो हाजिरीजवाफ प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सुकुना माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी, साजीलाल मावि दोस्रो, पञ्चायत मावि तेस्रो र महेन्द्र मावि चौथो भएका थिए । हाजिरीजवाफमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान ल्याउने विद्यालय तथा सहभागी विद्यालयलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष रिजालले समाजको नेतृत्व वर्ग राजनीतिकर्मी, शिक्षाप्रेमलगायतको सहयोगले विद्यालय आजको अवस्थामा आएको बताए ।
वर्तमान जनप्रतिनिधिहरूको सक्रियता, लगनशीलता र दूरदर्शिताले शिक्षामा आमूल परिवर्तन ल्याउन सहयोग पुगेको समेत बताए । अध्यक्ष रिजालले विद्यालयका उल्लेख्य कार्यहरू समेत अवगत गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक घनश्याम ढकालले गरेका थिए ।
यो पनि पढ्नुहाेस्
सुन्दरहरैंचाका २ विद्यालयको समायोजन गर्ने नगरकार्यपालिकाको बैठकको निर्णय
सुन्दरहरैंचामा शिक्षा क्षेत्रको अवस्था भयावह : एउटा कक्षामा १ जना विद्यार्थी
एउटा कक्षामा २ विद्यार्थीका भरमा पढाइ हुँदैछ सुन्दरहरैंचामा
मन्त्री कार्कीले यसरी गरे समायोजन हुने विद्यालयको प्रशंसा भिडियो
Banner
शिक्षकका माग मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार सहमत

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
‘मन्त्रिपरिषद्बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।
वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।
Banner
सरकार-शिक्षक वार्ता जारी,

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।
वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।
वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्
आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।
Banner
शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।
वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।
आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।
शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।
शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।
यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: सुन्दरहरैंचामा पहिलो पटक समायोजन भएको विद्यालयले गति लिँदै - निष्पक्षखबर