Connect with us
Advertisement

मोरङका ११ स्थानीय तहमा १ वर्षमा ६० ओटा हिंसाका घटना

Published

on

विराटनगरः मोरङका ११ ओटा स्थानीय तहमा १ वर्षको अवधिमा ६० ओटा हिंसाका घटना भएको पाइएको छ । ओरेक नेपालले सार्वजनिक गरेको अभिलेख अनुसार सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ ।

सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्ममा मानव बेचबिखन तथा ओसारपसारका १२ ओटा, जबरजस्ती करणीका १२ ओटा, बाल प्रेम विवाहका ४ ओटा, अलपत्र बेसहाराका ६ ओटा, यौन हिंसाका ५ ओटा, सामाजिक हिंसाका ३ ओटा, सामुहिक जबरजस्ती करणीको प्रयास र लुटपाटका १÷१ ओटा घटना भएका छन् ।

ओरेकको सुरक्षा आवास गृहबाट ६४ जनाले लाभ लिएको ओरेक मोरङका प्रमुख दीपक सेन्चुरीले जानकारी दिए । ओरेक मोरङको कार्यक्षेत्र विराटनगर, सुन्दरहरैचा, बेलबारी, लेटाङ, उर्लाबारी, पथरी शनिश्चरे, रतुवामाई, रङ्गेली, सुनवर्षी, केराबारी र कानेपोखरी रहेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले अझै पनि घरभित्रको हिंसाको घटना बाहिर नआएको बताए । सचेतनाको कमीले घरेलु हिंसाको घटनामा वृद्धि आएको उनले बताए । पछिल्लो समय बालप्रेम विवाह बढेको हुनाले बाल विवाह रोक्न जागरण अभियान सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए । ओरेकले सार्वजनिक गरेको प्रगति कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारी, मोरङ अदालतका स्रेस्तेदार इश्वरमणि ओझा, विभिन्न स्थानीय तहका उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

Published

on

By

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

Continue Reading

Banner

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति

Published

on

By

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा  प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडाैंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।

Continue Reading

Banner

त्रिविमा प्राध्यापक कुटपिटमा संलग्न रावल पक्राउ

Published

on

By

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।

तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको थियो ।

 

काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन्

ज्यान मार्ने उद्योगको कसुरमा अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

त्यसबेला अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।

रावल पनि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका हुन् । उनी आफूलाई त्रिवि नेविसंघको विद्यार्थी नेताका रुपमा चिनाउँथे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending