Banner
नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त शुल्क घटायाे

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त शुल्क घटाएको छ।
प्राधिकरणले सोमबार सुन्दर यातायातलाई पत्राचार गर्दै लिनुपर्ने शुल्कभन्दा अन्यथा पर्न गएको भन्दै नयाँ बिल पठाएको छ।
प्राधिकरणले यसअघि सुन्दर यातायातलाई पठाएको बिलमा प्रति युनिट ८ रुपैयाँ ६० पैसा र प्रति केभिए २२० रुपैयाँको दरमा शुल्क लगाइरहेको थियो।
तर हाल पठाइएको बिलमा त्यसलाई सच्याउँदै प्रति युनिट ५ रुपैयाँ ७५ पैसा र प्रति केभिए २०० रुपैयाँको दरमा शुल्क लगाएर पठाएको छ।
त्यस्तै, सुन्दर यातायातले डिमान्ड शुल्क हटाउन माग गर्दै आएकोमा यसको लागि प्रक्रिया सुरू भएको जानकारी प्राधिकरणले पत्रमा उल्लेख गरेको छ।
बिजुली खपत गरेबापत विभिन्न शीर्षकमा शुल्क बुझाउनु पर्ने हुन्छ।
यसमध्ये डिमान्ड शुल्क पनि एक हो। हाल विद्युत महसुल संकलन नियमावली–२०७८ अनुसार सरकारले चार्जिङ स्टेसनले डिमान्ड शुल्क तिर्ने वा ‘स्वाप’ सुविधा दिएर नतिर्ने दुवै विकल्प खुला राखेर महसुल तोकेको छ।
डिमान्ड शुल्क तिर्नेलाई स्टेसनको प्रतियुनिट इनर्जी चार्ज सस्तो हुन्छ भने नतिर्नेलाई महँगो पर्छ।
नियमावलीमा भनिएको छ, ‘कुनै पनि उपभोक्ताको स्वीकृत लोड २५ केभिए वा सोभन्दा बढी भएमा डिमान्ड मिटर ९थ्री फेज स्मार्ट अथवा टि।ओ।डी।मिटर० लगाउनु पर्नेछ।
स्वीकृत लोडभन्दा डिमान्ड मिटरले देखाएको डिमान्ड ५० प्रतिशतभन्दा कम भएमा स्वीकृत लोडको ५० प्रतिशतले हुने रकम उपभोक्ताले डिमान्ड शुल्क बापत बुझाउनु पर्नेछ।’
डिमान्ड मिटर जडान नभएका उपभोक्ताको हकमा पनि नियमावलीमा भनिएको छ–डिमान्ड मिटर जडान नभएका उपभोक्ताको हकमा स्वीकृत लोडको ८० प्रतिशतले हुन आउने रकम डिमान्ड शुल्क स्वरूप कायम गरिनेछ। सो बमोजिम हुन आउने डिमान्ड शुल्क उपभोक्ताले बुझाउनु पर्नेछ।
अर्को विकल्प स्वाप कार्ड सुविधाअन्तर्गत भने उपभोक्तालाई डिमान्ड शुल्क लाग्दैन। तर यसको लागि प्राधिकरणले छुट्टै महशुल दर कायम गरेको छ। जुन तुलनात्मक रूपमा बढी पर्छ। यसको लागि दिनको तीन अलग(अलग समय छुट्याएर शुल्क निर्धारण गरिएको छ।
स्वाप सुविधामा ३३ केभी प्रसारण लाइनअन्तर्गतको वैशाखदेखि मंसिरसम्मको बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा प्रति युनिट ६ रुपैयाँ ६० पैसा, साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट ८ रुपैयाँ ४० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट ४ रुपैयाँ ४५ पैसा लाग्ने व्यवस्था छ।
यही मौसममा ११ केभी प्रसारण लाइनअन्तर्गत बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा प्रति युनिट ६ रुपैयाँ ७० पैसा, साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट ८ रुपैयाँ ६० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट ५ रुपैयाँ ५ पैसा लाग्ने व्यवस्था छ।
त्यस्तै, तल्लो भोल्टेज ९२३० देखि ४०० भोल्ट० प्रसारण लाइनअन्तर्गत बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा प्रति युनिट ६ रुपैयाँ ९० पैसा, साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट ८ रुपैयाँ ७० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट ५ रुपैयाँ ५ पैसा लाग्ने व्यवस्था छ।
स्वाप सुविधामा ३३ केभी प्रसारण लाइनअन्तर्गतको पुस महिनादेखि चैत्रसम्मको साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रति युनिट ८ रुपैयाँ ४० पैसा र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रति युनिट ६ रुपैयाँ ६० पैसा लाग्ने व्यवस्था छ।
यही मौसममा ११ केभी प्रसारण लाइनअन्तर्गत साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रति युनिट ८ रुपैयाँ ६० पैसा र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रति युनिट ६ रुपैयाँ ७० पैसा लाग्ने व्यवस्था छ।
त्यस्तै तल्लो भोल्टेज ९२३०–४०० भोल्ट० प्रसारण लाइनअन्तर्गत साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रति युनिट ८ रुपैयाँ ७० पैसा र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रति युनिट ६ रुपैयाँ ९० पैसा लाग्ने व्यवस्था छ।
सुन्दर यातायातले भने स्वाप विकल्प अनुसार बढी मूल्य पनि नतिर्ने र डिमान्ड शुल्क नतिरी इनर्जी बिल अनुसार नै प्रति युनिट ५ रुपैयाँ ७५ पैसा दरमा मात्रै तिर्न माग राखेको छ।
सोमबार अतिरिक्त डिमान्ड शुल्क र बिलिङ गरेकोमा आपत्ति जनाउँदै सुन्दर यातायातले सबै चार्जिङ स्टेसन र विद्युतीय बसहरूको सञ्चालन बन्द गरेको थियो। आजदेखि भने सेवा फेरि सुरू गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।
कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।
निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।
Banner
विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।
श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।
अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’
उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।
यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।
त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
Banner
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।
रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login