पर्यटन
सङ्घीय राजधानीसहित सातै प्रदेशमा हुँदैछ नेपाल भ्रमण वर्षको उद्घाटन

विराटचोकः‘नेपाल भ्रमण वर्ष २०२०’ पुस १६ गते काठमाडौंको दशरथ रङ्गशालामा विशेष समारोहसहित शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
दशरथ रङ्गशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्ने र पुस २२ गते विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने भएको छ । दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत् उद्घाटन गरिने पर्यटन मन्त्रालयको भनाइ छ ।
उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको र तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास, विविध सांस्कृतिक प्रस्तुति हुने भएका छन् ।
भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकाङ्क्षी लक्ष्य सरकारको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
Facebook Comment
Banner
कोशीको लगानी सम्मेलन आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।
लगानी सम्मेलनमा सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ ।
पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।
लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।
सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।
Banner
मंसिरमा विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने

काठमाडौंः भर्खर विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने घोषणा गरेको छ । एयरलाइन्सले विवाहपञ्चमीभित्र विवाह गरेका नयाँ जोडीलाई दुईतर्फी उडान टिकट उपहार स्वरूप दिने भएको हो ।
बुद्ध एयरले काठमाडौं–पोखरा रूटको दुईतर्फी उडानका लागि टिकट उपहार दिन लागेको जनाएको छ । बुद्धले यो उपहार १० जोडीलाई दिने बताएको छ ।
यस उपहारका लागि भने बुद्ध एयरमार्फत् नै टिकट काट्नुपर्ने र विवाहको दिन बेहुलाबेहुलीले यात्रा गरेको तस्बिर अनिवार्य हुनुपर्नेछ । टिकट पाउन बुद्ध एयरको विमानसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । यसका लागि मंसिर १ गतेदेखि मंसिर ३० सम्म विवाह गरिएको र बुद्ध एयरको प्रयोग गरिएको हुनुपर्ने बताइएको छ ।
Banner
नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल घुम्न आए

काठमाडौंः अध्यागमन विभागका अनुसार नेपालमा नोभेम्बर महिनामा १ लाख ८ हजार ६ सय ३० जना पर्यटक नेपाल भित्रिएका छन् ।
विभागले पर्यटन बोर्डलाई बुझाएको विवरणअनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४ सय ४३ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट ११ हजार ४ सय ६१ जना, चीनबाट ७ हजार ६ सय १, बेलायतबाट ६ हजार १ सय ३८ जना र अष्ट्रेलियाबाट ५ हजार ६० जना पर्यटक नेपाल आएका छन् ।
सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ९ लाख १८ हजार ३ सय ८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ पर्यटक नेपाल आएका थिए ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login