Connect with us
Advertisement

संस्थागत विद्यालयले सीपमूलक र व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड

Published

on

विराटचोकः संस्थागत विद्यालयहरुको संस्था नेसनल प्याब्सन सुन्दरहरैंचाको पहिलो अधिवेशन शुक्रबार गोठगाउँमा सम्पन्न भएको छ । कार्यक्रका वक्ताले डिग्री होइन सीपमूलक शिक्षा दिन नसके संस्थागत विद्यालयको भविष्य नरहेको बताए ।

कार्र्यक्रमलाई सम्बोधन गर्दै नेसनल प्याब्सनका प्रदेश अध्यक्ष जयबहादुर श्रेष्ठले प्याब्सनका केही नेतृत्वकर्ताले समग्र संस्थागत विद्यालयको हितमा निर्णय लिन नसकेको बताए । सामाजिक सुरक्षा कोषमा सबै विद्यालय सहभागी हुने अवस्था नहुँदानहुँदै पनि सो कार्यक्रमको स्वागत गर्नुले त्यसको पुष्टि गर्ने उनको भनाइ थियो । विद्यार्थी सङ्गठन, राजनीतिक दल, अभिभावक सङ्घ, सरकार कोही पनि संस्थागत विद्यालयको पक्षमा नहुनु विडम्बनापूर्ण भएको उनले बताए ।

‘हामी अङ्क होइन, संस्कार दिऔँ,’ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘डिग्री होइन सीप दिन सक्यौँ भने मात्रै हाम्रा विद्यार्थीले संसारभर जहाँ गएर पनि सीप बेच्न सक्छन् ।’ संस्थागत विद्यालयले स्टुडेन्ट क्वालिफिकेसन सर्कल (एसएसी) र इन्टरनेसनल स्कुल अवार्ड (आईएसए) कार्यक्रममा सहभागी हुन ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

मोरङ जिल्ला अध्यक्ष सुनिलदत्त अधिकारीले सामाजिक सुरक्षा कोषमा जम्मा गरेको रकम फिर्ता गर्ने ग्यारेण्टी नहुँदासम्म सो कोषमा सहभागी हुन नसकिने बताए । संस्थागत विद्यालयले घोकन्ते शिक्षामा मात्रै जोड दिए अब विद्यार्थी सामुदायिक विद्यालयतिर जाने खतरा रहेको उनले औँल्याए । पहिले प्याब्सनले पेलेर अघि बढ्न खोजे पनि अहिले अवस्था फेरिएको र अब बिस्तारै प्याब्सनमा आबद्ध विद्यालय नेसनल प्याब्सनमा आबद्ध हुने उनले बताए ।

पूर्व केन्द्रीय सदस्य राजन छाराहाङले संस्थाको अध्यक्षले आफूलाई सेवक ठानेर काम गरे मात्रै संस्थाको हित हुने उल्लेख गरे । कार्यक्रममा नेसनल प्याब्सनका उर्लाबारी, बेलबारी, पथरीशनिश्चरेलगायतका स्थानीय तहका नेसनल प्याब्सनका अध्यक्षले सम्बोधन गरेका थिए । सञ्चार माध्यमले पनि नेसनल प्याब्सनका गतिविधिलाई कम महत्व दिएको उनीहरूको भनाइ थियो । नेसनल प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष कमल खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विनोद फुयलले गरेका थिए ।

याे पनि पढ्नुहाेस् 

नेसनल प्याब्सन सुन्दरहरैंचाकोे अध्यक्षमा महेन्द्रकुमार राई

   

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत

Published

on

By

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।

‘मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।

‘मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।

Continue Reading

Banner

सरकार-शिक्षक वार्ता जारी,

Published

on

By

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।

शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।

वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।

वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्

आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।

Continue Reading

Banner

शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

Published

on

By

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।

वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।

आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’,  वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।

शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।

शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending