चितवन : भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको प्रथम चितवन जिल्ला भेला शनिबार पारसनगरमा सम्पन्न भएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न भेलाले भीमप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा हेमराज पोखरेल र नेत्रबन्धु पोखरेल, सचिवमा इन्द्र पोखरेल, सह सचिवमा सुलभबन्धु पोखरेल र कोषाध्यक्षमा सुमित्रा पोखरेललाई चयन गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी कार्यसमितिको सदस्यहरुमा खेमराज पोखरेल, उमा पोखरेल, ज्ञानेन्द्र पोखरेल, टीकादत्त पोखरेल, रामचन्द्र पोखरेल, चोलाकान्त पोखरेल, माधव पोखरेल, मेघनाथ पोखरेल, नमकला पोखरेल, धनपति पोखरेल र रामचन्द्र पोखरेल चयन भएका छन् ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ओमप्रसाद पोखरेल
निर्वा्चित समितिलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ओमप्रसाद पोखरेलले सबै समुदायले आफ्नो ईतिहास खोजेर संगठित भईरहेका बेला प्रतिष्ठानको यो कार्यमा समाहित हुन सबैलाई अनुरोधसमेत गरे । अब यो संगठित अभियान परिष्कृत भई देशकै समृद्धितर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा उपाध्यक्षहरु शंकरराज पोखरेल र माधवप्रसाद पोखरेल, महासचिव हरिप्रसाद पोखरेल, कोषाध्यक्ष रेखा पोखरेल, सह कोषाध्यक्ष धनप्रसाद पोखरेल र सदस्यहरु भीमप्रसाद पोखरेल, रामप्रसाद पोखरेलले महायज्ञबारे जानकारी गराउँदै हालसम्मका गतिविधिसम्बन्धमा जानकारी गराएको थिए ।
प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष शंकरराज पोखरेल
केन्द्रीय कार्यालय निर्माण सहयोगार्थ पोखरेलहरुले आगामी माघ ११ गतेदेखि १८ गतेसम्म चितवनको पारसनगरमा वृहद् महायज्ञ सञ्चालन गर्दैछन् ।
चितवनको देवघाटमा पोखरेलहरुको केन्द्रीय प्रतिष्ठान निर्माण गर्न स्व. चुणामणि पोखरेलले दिएको करिब डेढ कठ्ठा जमिनमा भारद्वाज ऋषिको मूर्ति सहित विश्राम गृह र मन्दिर निर्माण गरिने प्रतिष्ठानको तयारी छ ।
चितवन जिल्ला भेलामा सहभागि पोखरेल बन्धुहरु
यसैगरी महायज्ञबाट संकलित रकमले धार्मिक पुस्तकालय निर्माण, एम्बुलेन्स सञ्चालन गर्ने पनि प्रतिष्ठानले जनाएको छ । महायज्ञ कार्यक्रम सम्पन्न गर्न ओमप्रसाद पोखरेलको संयोजकत्वमा मूल समिति निर्माण गरिएको छ । महायज्ञकै लागि विभिन्न ३२ वटा विषयगत उपसमितिसमेत निर्माण गरिएको छ ।
You must be logged in to post a comment Login