Connect with us
Advertisement

बाल यौन हिंसाका घटना न्यूनीकरण नगरको प्राथमिकतामाः मेयर गुरागाईँ

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले बाल यौन हिंसाका घटना न्यूनीकरण गर्न नगरपालिका कटिबद्ध रहेको जनाएका छन् । सहायता सामाजिक संस्थाको आयोजनामा आज सुन्दरहरैंचाको वडा नम्बर ७ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बाल यौन हिंसाका घटनाका दोषीलाई कारवाही गर्न नगरपालिका पछि नपर्ने बताए ।

‘हाम्रो ठाउँमा पनि यौन हिंसाका घटना भएका छैनन् भन्न हामी भन्न सक्दैनौँ’, उनले भने, ‘प्रकट भएका छैनन् होला । तर, भित्रभित्रै छात्राहरुले महसुस गर्नुभएको होला । यस्ता कार्यक्रम गर्दा जोखिममा पर्न सक्ने उमेर समूहका बालिका वा किशोरीलाई समावेश गर्न सकियो भने उपलब्धिपूर्ण हुनेछ ।

बाल यौन हिंसाका घटना भित्रभित्रै गुम्सिएर बसेका धेरै हुन सक्छन् भन्ने ठानेर आगामी आर्थिक वर्षदेखि नगरले ‘छात्रासँग उपमेयर’ कार्यक्रम लागू गर्ने उनले जनाए । सो शीर्षकमा नगरभित्रका हरेक विद्यालयमा वर्षमा कम्तीमा एक पटक उपमेयर पुगेर छात्रासँग अन्तरक्रिया गर्ने उनले जनाए । विद्यालयका शिक्षक वा अभिभावकलाई भन्न नसकेका कुरा विद्यार्थीले उपमेयरसँग भन्ने र दोषीलाई कारवाही गर्न सहज हुने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले वडाले विनियोजन गरेको बजेट उपलब्धिपूर्ण काममा खर्च नहुने देखिएमा खर्च नगरिने बताए । वडा नम्बर ७ ले सामाजिक विकासका कुनै पनि काम गर्न सकेन भन्ने आरोप लागिरहेको आफूले सुनेको भन्दै उनले प्रतिफल नदिने कार्यक्रमको औचित्य आफूले नदेखेको उल्लेख गरे ।

‘कार्यक्रम गरिसकेपछि कमसेकम त्यसको केही उपलब्धि होस्’, वडाध्यक्ष मगरले भने, ‘त्यसको इफेक्ट यहाँनिर पर्याे भनेर वडावासीले भन्न सक्नुहोस् । तबमात्र कार्यक्रम र खर्च गरेको सुहाउँछ । त्यसैले वडावासीलाई सहयोग नपुग्ने खालका कार्यक्रममा वडाले खर्च नगर्ने भएको हो ।’

कार्यक्रममा सिर्जना सामुदायिक वनका अध्यक्ष भक्तिप्रसाद सिटौला, आशा नेपालका उपाध्यक्ष अनुरोध साह र पञ्चायत माध्यमिक विद्यालयका शिक्षक अम्बिकाप्रसाद सापकोटाले आफ्ना भनाइ राखेका थिए ।

मनोपरामर्शकर्ता सुशीला पाठकले सहजीकरण गरेको कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ७ का विभिन्न विद्यालयमा अध्ययनरत करीब १ सय जना बालिका तथा किशोरी सहभागी भएका थिए ।

संस्थाकी अध्यक्ष शर्मिला आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी केसीले गरेकी थिइन् । संस्थाकी उपाध्यक्ष तुलसा आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक तथा स्थानीयको उपस्थिति रहेको थियो ।

संस्थाले वडा नम्बर ७ का सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बाल यौन हिंसाका घटना भएमा उजुरी दिन सक्ने गरी उजुरी पेटिकाको व्यवस्था गरिएको जनाएको छ । उजुरी पेटिकामा पीडित विद्यार्थीले उजुरीपत्र खसाउन सजिलो होस् भनेर उजुरी पेटिकाको व्यवस्था गरिएको संस्थाकी अध्यक्ष आचार्यले बताइन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending