अवर्गीकृत
सामाजिक विकास मन्त्री भन्छन्, ‘अभिभावकलाई पनि कम्प्युटर शिक्षा दिइनेछ’

विराटचोकः सामुदायिक विद्यालयले प्राविधिक शिक्षणमा जोड दिनुपर्ने आवश्यकता महसुस गरी प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।
शिक्षकले पनि कम्प्युटर चलाउन अनिवार्य रूपमा जान्नुपर्ने नीति लिइने उद्देश्यअनुरूप पहिलो चरणमा १ सय ओटा विद्यालयमा कम्प्युटर शिक्षा शुरु गरिएको उनको भनाइ थियो । विद्यार्थीसँगै अभिभावकलाई पनि कम्प्युटर शिक्षा दिन थालिएको र बुढीगंगा गाउँपालिकाकै नरग्राम माविमा अभिभावकले पनि कम्प्युटर शिक्षा लिन शुरु गरेको उनको भनाइ थियो ।
बुढीगंगा गाउँपालिकाको वडा नम्बर ७ डंग्राहा कमलपुरमा आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । वल्र्ड भिजन इन्टरनेशनलको ४० लाख ७५ हजार ८ सय ७९ रुपैयाँको आर्थिक सहयोग तथा बहुउद्देश्यीय विकास व्यवस्थापन सेवा नेपालको सहकार्यमा बनेको सर्वहितैषी आधारभूत विद्यालयको २ कोठे भवनको घिमिरेले हस्तान्तरण गरेका हुन् ।
शिक्षासेवी सत्यनारायण चौधरीले ऐतिहासिक महत्व बोकेको सो विद्यालयको जग्गाको सही उपयोग गरी लाभ लिन सक्नुपर्ने बताए । २७ बिघा जग्गा रहेको सो विद्यालयले आफ्नो जग्गालाई उत्पादनशील काममा उपयोग गर्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वल्र्ड भिजनका क्षेत्रीय फिल्ड म्यानेजर राजकुमार दुलालले समुदायसँग मिले जाने वल्र्ड भिजनको लक्ष्यअनुसार बालमैत्री तथा अपाङ्गमैत्री भुकप्प प्रतिराेधात्मक भवन निर्माण गरी हस्तान्तरण गरिएको बताए । मोरङमा वल्र्ड भिजनको कार्यक्रम समाप्त हुने चरणमा रहेकाले वल्र्ड भिजनको सहयोगको प्रभावकारिता रहिरहोस् भन्ने इच्छा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, वडा नम्बर ७ का अध्यक्ष मुरारीलाल विश्वास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम विश्वासले पनि आफ्नो धारणा राखेका थिए । विद्यालयका प्रधानाध्यापक विशेश्वर विश्वासले स्वागत मन्तव्य राखेको कार्यक्रम एमडीएमएस (५५) का स्काइ कोच भुवन बजगाईंले सञ्चालन गरेका थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्ति र सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।
Facebook Comment
नयाँ वर्षको अवसर पारेर भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालित त्रिवेणी रिसोर्टमा सञ्चालकहरू परिवर्तन भएसँगै नाम परिवर्तन गरेर रिसोर्ट सञ्चालन हुने भएको हो ।
रिसोर्ट सञ्चालनको पूर्व सन्ध्यामा आज रिसोर्ट परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आउने भएको हो । १० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रकृति र मनोरञ्जनको उत्कृष्ट संयोजन रहेको हुनाले अतिथिलाई आरामदायी वातावरणमा अद्वितीय अनुभव दिने लक्ष्य राखेको रिसोर्ट सञ्चालक रमेश खड्काले जानकारी दिनुभयो ।
रिसोर्ट परिसरको रेष्टुरेन्टमा नेपाली तथा विदेशी परिकारको स्वाद लिन सकिने तथा लजमा आरामदायी कोठाहरु रहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा बाल उद्यान, बोटिङ तथा सेमिनार हल पनि उपलब्ध रहेका छन् ।
कोशी प्रदेश सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८२ लाई प्रवर्द्धन गर्न रिसोर्टले भूमिका खेल्ने सञ्चालकको भनाइ छ ।
अवर्गीकृत
दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्याइयो

२९ चैत, काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
अवर्गीकृत
हङकङ इन्टरनेसनल म्याराथन : नेपाली दिदीबहिनीले रचे कीर्तिमान

हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाले हात पारेको जित नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बन्यो ।
पछिल्ला केही दिन सुनमाया र राममाया बुढा दिदीबहिनीका लागि विशेष रह्यो । यी दुई दिदी बहिनीले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै चर्चा पाउने काम गरे ।
हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाको कोर्स रेकर्डसहित जित हात पारे । यो उनीहरूको लागि मात्र नभई नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बनेको छ ।
हिनी राममायाको लागि भने यो विदेशमा सहभागी भएको पहिलो अल्ट्रा रेस हो र त्यसमै उनले ऐतिहासिक स्वर्ण जितेकी हुन् । ‘एकदमै खुसी लागेको छ । अझ दिदी बहिनीले नै एकैपटक जित्नु रमाइलो संयोग भयो ।’ राममायाले अनलाइनखबरसँग भनिन् ।
हङकङ १०० अल्ट्रा म्याराथनअन्तर्गत सुरुमा भएको ५० किमिमा राममायाले महिलातर्फ कीर्तिमानी समयमा स्वर्ड जितेकी हुन् । त्यसपछि जित्ने पालो दिदी सुनमायाको थियो । उनले पनि कीर्तिमानी समयमै स्वर्ण जितिन् ।
दिदी सुनमायाले पनि दुवैजनाले एकसाथ जित्दा एकदमै रमाइलो भएको बताइन् । ‘रेस धेरै प्रतिस्पर्धात्मक थियो, तर हामी दिदी बहिनीले नै जित्दा खुसी लागेको छ ।’
जुम्लाको पातारासी गाउँपालिका– २ पेरेगाउँका जन्मिएकी यी दिदीबहिनीको उमेर अन्तर तीन वर्ष मात्र छ । स्कुलदेखि नै दौड सुरु गरेकी दुवैजना अहिले अन्तर्राष्ट्रियस्तरमै चर्चित हु पेरेगाउँकै लागि पनि खुसीको माहोल बनेको छ ।
सुनमायाको व्यवस्थापन हेर्दै आएको एसिया प्यासिफिक एड्भेन्चरले आइतबार साँझ दिदीबहिनीको फोटो पोस्ट गर्दै यो ऐतिहासिक क्षण रहेको उल्लेख गरेको छ । ‘यी दुई विशेष नेपाली महिलाहरूका लागि ऐतिहासिक सप्तान्ह । इभेन्टमा र अनलाइनमा हौसला र समर्थनको लागि सबैलाई धेरै धेरै धन्यवाद । समुदायको माया र साथले सुनमाया र राममायाका साथै नेपालका सबै प्रतिभाशाली पर्वतीय खेलाडीहरूका लागि जीवन परिवर्तन गर्ने ढोका र अवसरहरू खोल्न मद्दत गर्दछ ।’
फोटोमा बुढा दिदीबहिनीको मुस्कान निकै लोभलाग्दो थियो । जसरी दुवैले लोभलाग्दो तरिकाले स्वर्ण जितेका थिए । दिदीबहिनीले एकै प्रतियोगिताको दुई फरक इभेन्टमा स्वर्ण जितेको जित्दा निकै उत्साहित बनेका थिए ।
कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोज शाहीले दिदीबहिनीले नै कोर्स रेकर्डसहित पहिलो हुनु ऐतिहासिक उपलब्धी भएको बताए । ‘यो ऐतिहासिक क्षण नै हो । यस्तो उपलब्धी निकै कम मात्र हुन्छ,’ जुम्ला अल्ट्रा रारा म्याराथन आयोजकसमेत रहेका शाहीले अनलाइनखबरसँग भने, ‘सुनमाया त अल्ट्रा रेसमै चर्चित नै भइसकिन् । तर राममायाको अल्ट्रा ट्रेलमा रेसमा यो पहिलो सहभागिता हो र त्यसमा पनि उनले कीर्तिमान बनाइन् ।’ शाहीले राममाया ट्रयाक एण्ड फिल्डमा जमिरहेको खेलाडी भएको बताए ।
पहालमा उकालो, ओरालोदेखि समथर भू–बनोटमा दौडनुपर्ने हङकङ १०० अल्ट्रा म्याराथको रुट छिचोल्नु सहज थिएन । यसका लागि शारीरिक र मानसिक दुवैमा बलियो हुनुपर्छ र दबाबसमेत झेल्न सक्ने हुनुपर्छ । बुढा दिदीबहिनीले गरेको मिहिनेत र परिश्रमले गर्दा उनीहरू इतिहास रच्न सफल भएका हुन् ।
सुनमायाले मारेको बाजी
सुनमायाले ११ घण्टा ११ मिनेट ४७ सेकेण्डसहित पहिलो स्थान हात पारेकी हुन् । उनले सन् २०२० मा चिनकी जियाङ फुझाओले बनाएको ११ घण्टा २८ मिनेट २१ सेकेण्डको कोर्स टाइम ब्रेक गरेकी हुन् ।
शनिबार बिहान सुरु भएको रेसमा २ हजार २ सय एथ्लेटले भाग लिएका थिए । जसमा स्लोभाकियाकी भेरोनिका लेङले ११ घण्टा २५ मिनेट २२ सेकेण्ड समय निकाल्दै रजत जित्दा भियतनामकी हाउ हाले १२ घण्टा ९ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य जित्न सफल भइन् ।
सुनमाया र भेरोनिकाबीच कडा टक्कर भएको थियो । तर, अन्तिममा सुनमायाले बाजी मारिन् । ‘मैले एकदमै खुसी महसुस गरिरहेको छु । तर, मैले आराम गर्नुपर्छ । यो कडा ब्याटल थियो । सुनमायाले कोर्स रेकर्डसहित स्वर्ण जितेपछि भनिन् ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login