Connect with us
Advertisement

मोरङका ७ पालिकामा वाईसीएलले सक्यो सम्मेलन

Published

on

विराटनगरः नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एकमहिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ ।

वाइसिएल मोरङका सचिव मोहम्मद रिहानले दिएको जानकारी अनुसार यस अवधिमा मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेलाहरु सम्पन्न भएका छन् । उक्त भेला तथा सम्मेलनबाट नयाँ समिति गठन भएको छ । उनका अनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालिकामा सम्मेलन तथा भेला गरिएको थियो ।

वाइसिएलको मोरङ जिल्ला समन्वय समितिको विस्तारित बैठक सलकपुरमा गरेर वाइसिएल सङ्गठन विस्तारमा लागेको हो । वाइसिएलले लेटाङ नगरपालिकामा जमिन मंग्राती अध्यक्ष र देबेन्द्र बनेम लिम्बू सचिव रहेको समिति गठन गरेको छ ।

यस्तै, पथरीशनिश्चरे नगरपालिकामा रोशन माझीको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन भएको जिल्ला सचिव रिहानले बताए । अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा कृतिका खनाल, सहसचिवमा हिमाल सेन्चुरी, कोषाध्यक्षमा पवित्रा खनाललाई चयन गरेको छ । सदस्यहरूमा अभिषेक मगर, सन्जोग याक्खा राई, भूमिराज अधिकारी, दिपेश खड्का, सन्तोषकुमार विश्वकर्मा, मदन खड्का, दिलिप चौधरी, आइतबहादुर राई, गोविन्द मण्डल, हेमराज लामिछाने र सन्तोष विक लगायत रहेका छन् ।

यस्तै मिक्लाजुङ गाउँ समितिको दोस्रो अधिवेशनबाट अध्यक्ष सुसन खड्का चयन भएका छन् । सचिवमा दीप पोखरेल (दीपक) रहेको समिति गठन भएको वाइसिएल मोरङका सचिव रिहानले बताए ।

बेलबारीको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा किरण कार्की चयन भएका छन् । उपाध्यक्षमा सुवास राई, समीर सुनुवार र अमिर खड्का, सचिवमा सन्तोष लोहोरुङ, सहसचिवमा प्रकाश राउत, नेपाल राई, बैजनाथ खवास, अजय चौधरी, राजेन्द्र राई, रोमन लुइँटेल, सम्झना लिम्बू र कोषाध्यक्षमा सुमन धिमाल चयन भएका छन् ।

यस्तै रतुवामाई नगरपालिकाको भेलाबाट अध्यक्षमा कमल गुरागाईं चयन भएका छन् । उपाध्यक्षमा नन्दु अधिकारी, पन्चलाल अमात्य र ब्रहम्देव शाह, सचिवमा लक्ष्मी मैनाली, सहसचिवमा कमल नेपाली, सुनिल चौधरी र कोषाध्यक्षमा कमला पाण्डे चयन भएका छन् ।

यता सुन्दरहरैंचा नगरपालिकामा भएको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पृथ्वीमान शिवा चयन भएका छन् । उपाध्यक्षमा कुमार परियार, प्रमोद घिमिरे र दीपा विक, सचिवमा प्रदीप परियार, सहसचिवमा सर्बन कबिरथ, कोषाध्यक्षमा विनोद सुन्दास चयन भएका छन् ।

वाइसिएलले जिल्लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेका सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै सङ्गठन निर्माण अभियान शुरु गरेको जनाएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending