Connect with us
Advertisement

सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच विधाका गीत सार्वजनिक

Published

on

काठमाडौंः सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेका अवार्डमा ३२ विधामा उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । टोखा नगरपालिकासँगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागिता जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् । खल्ती एपमार्फत् भोट गर्न सकिने जनाइएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय भाव
१, निशा देशार – राष्ट्र देवो भवः
२, कुश्मा महरा ‘प्रगति’ – कहाँ छ स्वर्ग
३, डिजराज पौडेल – नेपाली भाइ
४, हरिकृष्ण बखुन्छ – पूर्वै बग्ने
५, नरेश प्रधान– आऊ साथी

सर्वोत्कृष्ट गायक (चलचित्र)
१, जगदीश समाल –रुमालै बाटेर (तिम्रो मेरो साथ)
२, कालिप्रसाद बाँस्कोटा – चरी बस्यो दिलैमा (जारी)
३, बबुल गिरी – सिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)
४, किरण भुजेल – ए साथी सुन (ए साथी सुन )
५, सिडि विजय अधिकारी– नाच सुवानाच (बुलाकी)

सर्वोत्कृष्ट गायिका चलचित्र
१, मिलन नेवार – मार्सी धानको भात (प्रसाद–२)
२, मीना निरौला– धरहरा हैलियो (ह्यारी कि प्यारी)
३, सहिमा श्रेष्ठ – दर्शन सलाम (छक्का पञ्जा– ४)
४, अन्जु पन्त– ए साथी सुन (ए साथी सुन)
५, बानिका प्रधान – उडी छुनु छ आकाश (बगान)

 सर्वोत्कृष्ट गीतकार (चलचित्र)
१, रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
२, सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान)
३, रमेश पौडेल – के बर मागी (परदेशी–२)
४, राम अविरल विष्ट – अब गुडौं हामी (महापुरुष)
५, राजु सेन्चुरी – तिम्रो इशारा कापी (मिलन)

 सर्वोत्कृष्ट संगीतकार चलचित्र
१, दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)
२, सुवास भुषाल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
३, हरि लम्साल – उडी छुनु छ आकाश (बगान)
४, कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)
५, गोविन्द मधुर आचार्य– खाली छैन मेरो मुटु (विहे पास)

 सर्वोत्कृष्ट पप–आधुनिक गायक
१, युवराज चौलागाई – छुटेपछि
२, बादल थापा– करिमै खोटो
३, विष्णु भट्ट– केशरी
४, रमण रेग्मी– मुखै चिलाउने
५, प्रताप दास – ए आकाश

सर्वोत्कृष्ट पप–आधुनिक गायिका
१, अनु चौधरी– म त मर्छु होला
२, झुमा निरौला– तिम्रो माया
३, रचना रिमाल– यो धोके बाजको राज्यहो
४, एन्जिला रेग्मी– चस्मा लगाउली
५, अनुस्का पाठक– भो मलाई चाहिन्नँ

सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार
१, भीम विसी– चश्मा लगाउने
२, कन्काइष्ट राई –तिमी सागर
३, ज्ञानेन्द्र गिरी – परिचय
४, निम संगीत– मेरो प्रेम
५, चेतन राई – तिमी धुन बन

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष
१, सुमन कुमार धिताल– फरक भो
२, राजेश अर्याल – मेरो माया
३, भुपेन्द्र बुढाथोकी– मुटु टुट्दा
४, सुरेश घमाल सेन्चुरी– मेरो प्रेम
५, एच.के.धिताल– बाटो हेर्दाहेर्दै

 सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला
१, पद्मा लिंखा मगर – अम्मली पो भएँ
२, देवी पराजुली– हामी नारी
३, राधिका अधिकारी – मनमा के छ
४, नमिता दवाडी – परिचय
५, शान्ता अधिकारी – के दोष

सर्वोत्कृष्ट पप–आधुनिक नवप्रतिभा गायन
१, संगम थपलिया– हावा सगैं
२, रिज्योना कार्की –मजा बेग्लै छ
३, कैलाश भट्टराई – धेरै माया गर्छु
४, किशोर विश्वकर्मा– तिमी मेरै हौ क्या
५, निमा शेर्पा – भन आज

सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन
१, विशाल निरौला÷प्रविशा अधिकारी– मुटु मेरो तिमीसँगै छ
२, नरेश विसी÷एलिना चौहान – राम साइँली २
३, डेविड शंकर÷वेनिश ापौडेल– सधैँ यस्तै मिठा कुरा
४, रामकृष्ण ढकाल÷मेलिना राई – तिमी सागर
५, रोशन सिंह÷प्रविशा अधिकारी– म कसरी हाँसौं

सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला
१, एलिसा बास्तोला– लुकी छिपी
२, निशा कार्की –सधंै यस्तै मिठा कुरा
३, सनिसा भट्टराई – ए हो र माया
४, समीक्षा क्षेत्री – किन मरिनँ म – २
५, रेनुका कुमारी – श्रेष्ठ (एन्जल) नाता तोड्यौ

सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष
१, राज कटवाल– मेसो मिलाएर
२, आर.के. परियार – घृणा
३, जिम्मे राई – आमा– २
४, चिरञ्जीवि सापकोटा– मेरो माया मजाक भयो
५, सुशान्त आर.टी.– दिल रुन्छ जब

सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला
१, दिया जीसी – चुन्नी (ऐ हावा)
२, साइना श्रेष्ठ– म त मर्छु होला
३, खुशी कार्की –चश्मा लगाउली
४, कविता विष्ट– कान्छी नानी
५, चाहना श्रेष्ठ– छुट्टि गो बरै

सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष
१, अमित शर्मा– धोकेबाज रै’छौ
२, गौरव हमाल– पूरा भयो सपना मेरो
३, भरत कठायत – मेरो दोष
४, युवराज खतिवडा – छुटी गो बरै
५, अभि मल्ल– चोटमाथि चोट

सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन
१,जनक सिंह– जिन्दगीमा हाँस्नै भुलेँ
२, माइकल चन्द– मेसो मिलाएर
३, सिर्जन बराल (ऋषि)– मेरो माया मजाक भो
४, लक्ष्मण सुनार– रेलको बाटो–२
५, दिपशिखा खड्का – तिमी सँगसँगै

सर्वोत्कृष्ट लोक पपगायन
१, सौगातजंग थापा – माया बराबरी
२, रोशनी रसाइली – फुर फुर पुतली
३, काव्या आचार्य – तिम्रै यादमा
४, चिरञ्जीवी भण्डारी – तिमी सँगै हुन
५, समीक्षा अधिकारी – मायाको रोग

सर्वोत्कृष्ट लोकदोहोरी गायक
१, खुमन अधिकारी – पिरती घाटामा
२, सागर गुरुङ –सोल्टिनी
३, सरोज लामिछाने– मुसौरी
४, कुमार कार्की –मनको चाहना
५, हेमन्त कान्छा रसाइली– पिरती

सर्वोत्कृष्ट लोक दोहोरीगायिका
१, रमिला न्यौपाने पिरती घाटामा
२, सम्झना लामिछाने मगर– तिम्रो सम्झना आउँछ
३, जुना श्रीष मगर– हुन्छ भन
४, सपना रोक्का– राजाजी
५, रेजिना परियार – भयो भेट रोधीमा

 सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१, सागर रेग्मी – अतीत तिम्रो मेरो
२, विपिन केसी. – केही हुँदैन मेरो राजालाई
३, अर्जुन थापा मगर– मनमति
४, विक्रमबाबु परियार– राजाजी
५, पवित्रा न्यौपाने– किन आ’को छेउ

सर्वोत्कृष्ट लोक दोहोरी लय
१, ऋषि खड्का– तिम्रै सम्झना
२, सागर विरही– जालीमायाको
३, जय देवकोटा – केही हुँदैन मेरो राजालाई
४, प्रकाश पराजुली– मनले खाएको
५, खेम सेन्चुरी – काँचो बेलाउती

सर्वोत्कृष्ट लोक दोहोरी नवप्रतिभा गायन
१, टेक अधिकारी– माछी लेउमा
२, विक्रान्त पोखरेल– भीरमा टुनी छ
३, राजेन्द्र श्रीपाली संगीत– तिमी बस्यौ यो मेरो नजरमा
४, नवराज बस्नेत– सम्झिए मन दुख्छ
५, रेनुका भट्टराई – म त ठिटो गाउँले

 सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१, सागर लम्साल– केही हुँदैन मेरो राजालाई
२, निक्स शर्मा –सम्पत्ति
३, ओवी रायमाझी– क्या छ खबर रातो चुगी
४, शरद एजी– भरै लाएन
५, कृष्ण बिसी– सम्झिए मन दुख्छ

सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१, जुना गुरुङ– अभागी त म हुँ
२, अस्मिता पुरी– जामा
३, सविना आचार्य – बैंशको गोली
४, एन.जेड. सालु – जाममाया सुनौली
५, रविना भण्डारी – पोखराको बस

 सर्वोत्कृष्ट लोक दोहोरी नवमोडल पुरुष
१, शंकर चन्द– बाँच्छु कि बाँच्दिनँ
२, दिनेश बस्नेत – हुरी
३, गणेश भट्ट – मै साप
४, उमाकान्त आचार्य –रतनचणी इजु
५, मुकुन्द भट्ट– डाँडा पारी गाउँ

सर्वोत्कृष्ट लोक दोहोरी नवमोडल महिला
१, मुना भुर्तेल – मेरो माया साहै्र चुलबुले
२, कुसुम शर्मा – सकम्बरी
३, रेनुका खड्का – तिमी र म जाममाया
४, काव्या खड्का – आउँ है लजाउँदै
५, प्रीति तामाङ – सिमसिम पानी

 सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
१, निशान बानियाँ– छुन मन छ
२, मदन खड्का– मायामा नभुल
३, एकेन्द्र सारा शंकर– सिरिरि
४, प्रविन थापा– च्याप्प पर्वते माया
५, मौसम हिमाली– कहाँको साइनो

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार
१, नवराज उप्रेती– साइँली
२, राम के.सी. – म त मर्छु होला
३, उत्सव दाहाल– किन मरिनँ म –२
४, दीपक गिरी– सधैँ यस्तै मिठा कुरा
५, अनिल कटवाल – लास्सो

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१, रविन वि.क.– दङ्ग परेँ
२, सुजन कोइराला– ए ठुली
३, अमृत चापागाईं –म त मर्छु होला
४, विकास दाहाल– सधैंँ यस्तै मिठा कुरा
५, मिलन विश्वकर्मा –चश्मा लगाउली

सर्वोत्कृष्ट नवगीतकार
१, आभा निरु – रित्तिँदैन आँशु
२, शिरिषा पौडेल– तिमी सँगसँगैं
३, नवराज भट्टराई –कलेजी
४, डिल्ली फँुयाल– प्यारी आमा
५, पुरन राउत–असली रुप

 गजल गायन
१, आनन्द कार्की –झेली ग¥यो नियतिले
२, कन्हैया सिंह परियार– अचानक
३, प्रमोद खरेल – नसोधी देऊ बिन्ती
४, थानेश्वर गौतम– मिलनको अर्थ
५, अस्मिता अधिकारी– फेरि साथ मेरै

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending