Connect with us
Advertisement

बेलबारी प्याब्सनको पहिलो साधारणसभा सम्पन्न

Published

on

बेलबारीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बेलबारीको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले बेलबारीलाई मोरङको मात्र नभएर सिङ्गो प्रदेशकै उत्कृष्ट नगरपालिका बनाउने कामका लागि आफूहरु लागि परेको बताए ।

प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले नयाँ सरकार बनेसँगै निजी स्कुलको भविष्य के हुने भन्ने अन्योल रहे पनि शिक्षा ऐन बनेसँगै त्यो अन्योल हटेर गएको बताए ।

प्याब्सन बेलबारीका अध्यक्ष भुपाल बस्नेतको अध्यक्षतामा भएको साधारण सभामा युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत, एन प्याब्सन मोरङका सचिव नारायण दाहाल, शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजङ्ग थापालगायत सहभागी थिए ।

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत

Published

on

By

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।

‘मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।

‘मन्त्रिपरिषद्‌बाट  हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्म र सहमति नजिक पुगेको बताए ।

Continue Reading

Banner

सरकार-शिक्षक वार्ता जारी,

Published

on

By

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् ।

शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।

वार्तामा सहभागी भएका छौं,’ बर्तौलाले भने ।

वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन्

आजको वार्ता निर्णायक हुने नेताहरूले दाबी गरेका छ।

Continue Reading

Banner

शिक्षक-सरकार वार्ता : आज सहमति गर्ने तयारी

Published

on

By

शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन।

वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुन: बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।

आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’,  वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।

शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताइन् । ‘सहमति नभएसम्म आन्दोलन रोकिंदैन । मंगलबारसम्म सहमति भयो भने बुधबार आन्दोलनको मोडालिटी फेरिन्छ’, उनले भनिन् ।

शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending