Connect with us
Advertisement

सम्मान, नाटक प्रदर्शन र खेलकुदका साथ सुन्दरहरैंचा ११ मा मनाइयो लैङ्गिक हिंसाविरुद्धको अभियान

Published

on

विराटचोकः लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज सुन्दरहरैंचा ११ मा विविध कार्यक्रम गरिएको छ । जसअन्तर्गत लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने सन्देश बोकेको नाटक प्रदर्शन गर्नुका साथै सम्मान र खेलकुदका कार्यक्रम सम्पन्न भएका हुन् ।

हरेक वडाको आयोजनामा हुने फरकफक कार्यक्रमअन्तर्गत आज भएको कार्यक्रममा सो वडाका १२ जना कलाकारले जनचेतनामूलक नाटक प्रस्तुत गरी उपस्थितको मन जितेका थिए । नाटक प्रस्तुत गर्ने कलाकारलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

समयको माग शीर्षकको नाटक प्रस्तुत गर्ने कलाकारहरु चन्द्रकला पौडेल, मञ्जु घिमिरे, गंगा पौडेल, अर्चना ढकाल, रेजिना भट्टराई, करुणा मगर, पल्सन तामाङ, जीवन ढकाल, विजय लम्साल, निता ढकाल, अनुष्का पौडेल र कृति दाहाललाई प्रशंसापत्रले सम्मान गरिएको हो ।

वडाले ५ जना श्रमिक एकल महिलालाई सम्मान गरेको थियो । आफैँ स्वरोजगार बनी परिवार पाल्ने निचनकुमारी खवास, कर्मा उराउ, मीना उराउ, बुटनीदेवी दनुवार्नी र दुनिदेवी चौधरीलाई नगर ५ सय १० रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै उपस्थित सहभागी तथा अतिथिहरुबीच तातो आलु र हण्डीफोर प्रतियोगिता सञ्चालन गरिएको थियो । ती प्रतियोगिताका विजयी प्रतिष्पर्धीलाई पुरस्कार प्रदान गरिएको थियो । तातो आलु प्रतियोगितामा उर्मिला भट्टराई पहिलो र गीता घिमिरे दोस्रो भएका थिए । त्यस्तै, हण्डीफोर प्रतियोगितामा जन्नकुमारी माझी विजेता भएकी थिइन् ।

हिमालय आधारभूत विद्यालय बेलेपुरमा कक्षा ७ मा अध्ययनरत जेहेन्दार विद्यार्थी एलिना शेर्पा र सबिना कार्कीलाई शैक्षिक सामग्री पनि सो कार्यक्रममा प्रदान गरिएको थियो ।

नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा सदस्य सुष्मा चौधरी दनुवारको सभापतित्वमा सम्पन्न भएको थियो । अनिता बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्ष बिसनलाल चौधरीका साथै कविता शर्मा, अनिल पोखरेललगायतले मन्तव्य राखेका थिए ।

आज वडातर्फको अन्तिम कार्यक्रम रहेको सामाजिक शाखाले जनाएको छ । मंसिर २४ गते नगरपालिकाबाट र्याली निकालेर सुकुना माविको खेलमैदान सुन्दरहरैंचा १० मा विशाल कार्यक्रम गरी १६ दिने अभियानको समापन गरिने सामाजिक विकास शाखाका कर्मचारी अनिल पोखरेलले जानकारी दिए ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशीको लगानी सम्मेलन : डेढ खर्बको लगानी सम्झौता

Published

on

By

कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ ।

कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा १ खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियोजना सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।ती परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोडको थियो । समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

Continue Reading

Banner

विद्युत् प्राधिकरणसँग नगद मौज्दात शून्य, १० अर्ब ऋण लिँदै

Published

on

By

‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणको खातामा मौज्दा शून्य रहेकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको बताए ।

अहिले हामीले ६ खर्बको सम्पत्ति देखाउँदै गर्दा र नाफा पनि देखाउँदै गर्दा प्राधिकरणसँग नगद मौज्दात एक रुपैयाँ पनि रहेन छ,’ शाक्यले भने, ‘त्यही भएर हामीले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएका छौं । यदि हामीसँग नगद मौज्दात थियो भने अल्पकालीन ऋण लिने थिएनौं ।’

उनका अनुसार १० अर्ब अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकिएको छ । ‘संस्थासँग पैसा नभए नै ऋण लिने प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने, ‘अल्पकालीन ऋणको ब्याज महँगो हुन्छ, तै पनि लिनैपर्ने बाध्यता छ ।’

श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिए पनि चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो ।

यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ ।

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।

Continue Reading

Banner

रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने

Published

on

By

सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरिएको छ ।

रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको छ । सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले तयारी अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी गरिएको छ । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतसँग म्याद माग्ने छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending