Connect with us
Advertisement

प्रहरीले १३ थान मोबाइल फेला पारी बुझायो सम्बन्धित व्यक्तिलाई

Published

on

बेलबारीः विभिन्न समयमा हराएका तथा चोरिएका १३ थान मोबाइल फेला पारी इलाका प्रहरी कार्यालय बेलबारीले सम्बन्धित मोबाइलधनीलाई जिम्मा लगाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले ती मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे । विभिन्न मितिमा हराएका ती मोबाइल झापाको काँकरभिट्टादेखि पर्साको वीरगञ्जसम्मका स्थानमा फेला पारिएको उनले बताए । उनका अनुसार ती मोबाइल वीरगञ्ज, रुपनी, लहान, चतरा, गोविन्दपुर, झोराहाट, विराटचोक, रामपुर ठोक्सिला तथा काँकरभिट्टालगायतका स्थानमा फेला परेका थिए ।

अधिकारीले आफ्नो सामानको सुरक्षा गर्नु सबैभन्दा पहिले आफ्नो जिम्मेवारी भएको बताए । त्यसपछि परिवार, साथीभाइ र समाज हुँदै प्रहरीसम्म घटनाको बारेमा जानकारी आइपुग्ने हुनाले सुरक्षाको पहिलो जिम्मेवारी व्यक्ति स्वयम् हुने उनको भनाइ थियो ।

आफ्नो मोबाइल फेला पारेर कार्यक्रम नै गरी प्रहरीले फिर्ता दिएपछि खुशी हुँदै सुन्दरहरैंचा– १२ की कमला राई श्रेष्ठले प्रहरीलाई धन्यवाद दिइन् । उनले गत मंसिर २५ गते हराएको सामसुङ ग्यालेक्सी जे सिक्स मोबाइल प्रहरीले सुनसरीको चतरामा फेला पारी आइतबार उनलाई बुझाएको थियो ।

प्रहरीले रतुवामाई–६ का बबिन डाँगी, बेलबारी–१० का भीमबहादुर नेपाली, बेलबारी–११ का मोहन राई, मनिषा राई र सबिता शिवा, सुन्दरहरैंचा–३ का रमित बर्देवा र बेलबारी–३ की देवलक्ष्मी राईको मोबाइल फेला पारी आइतबार सम्बन्धित धनीलाई बुझाएको हो ।

त्यस्तै, सुन्दरहरैंचा– १२ की कमला राई श्रेष्ठ, सुन्दरहरैंचा– ८ की सिर्जना नेपाली, सुन्दरहरैंचा– ३ का हरि बास्तोला, केराबारी– १ का शुक्रबहादुर राई, कानेपोखरी– १ खेमराज कार्की र सुन्दरहरैंचा–४ का केशव बुढाथोकीको मोबाइल फेला पारी प्रहरीले बुझाएको हो ।

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत पक्राउ

Published

on

By

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा लगिएको सर्वोच्च अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

Continue Reading

Banner

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति

Published

on

By

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा  प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडाैंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।

Continue Reading

Banner

त्रिविमा प्राध्यापक कुटपिटमा संलग्न रावल पक्राउ

Published

on

By

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न योगेन्द्र रावल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले २२ माघमा सदर गरेको थियो।

तर, क्षतिपूर्तिको रकम भने चार लाख रुपैयाँ घटाएको थियो ।

 

काठमाडौं जिल्ला अदालतले ७ मंसिर २०८० मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज राना मगर, रुपेश शाह, रविनकुमार लामा र सयुस भनिने सयुज श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।

आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन्

ज्यान मार्ने उद्योगको कसुरमा अदालतले उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

त्यसबेला अदालतले उपप्राध्यापक चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझाले भने सफाइ पाएका थिए । उनलाई सफाइ दिने आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ ।

उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो । आक्रमणका मुख्य योजनाकार हरिप्रसाद आचार्य हालसम्म फरार छन् । उनी हाल अमेरिकामा छन् भने अर्का आरोपी निरज राना मगर अष्ट्रेलिया छन् ।

रावल पनि फरार थिए । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका हुन् । उनी आफूलाई त्रिवि नेविसंघको विद्यार्थी नेताका रुपमा चिनाउँथे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending